आज एमाले कार्यकर्ताको स्कर्टिङमा बालकोट जाँदै ओली

एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाड्दै छन् । बिहान उनी आफ्नै निजी निवास बालकोट सर्न लागेका हुन् । एमाले नेता महेश बस्नेतले ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्टिमिङ्ग र स्वागत गर्दै बालकोट लग्ने बताए । यसका लागि बस्नेतले बालुवाटारमा भेला हुन आह्वान गरेका छन् । ‘बालुवाटार प्रधानमन्त्री कार्यालयदेखि नेकपा एमालेका श्रद्धेय अध्यक्ष क.केपी शर्मा ओलीलाई हजारौँ बाइक, गाडीले स्कटिङ्ग र स्वागत गर्दै भक्तपुरक

सम्बन्धित सामग्री

महायज्ञ उद्घाटन गर्न आज राैतहट जाँदै ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज बिहान राैतहट जाँदैछन् । माैलापुरमा आयाेजना हुन लागेकाे मधानी महायज्ञको उद्घाटन गर्न ओली रौतहट जान लागेका हुन् ।मौलापुरका मेयर रिनाकुमारी साहकाे नेतृत्वमा बालकोट पुगेको टोलीले मौलापुरमा हुने महायज्ञको प्रमुख अतिथिका रूपमा आएर उद्घाटन गर्न अनुरोध गरेको थियो ।मौलापुर-५ पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरमा महाशिवरात्रिको अवसरमा नगरपालिकाको आयोजनामा महायज्ञ हुन लागेको हो ।महायज्ञमा नायक राजेश हमाल लगायत कलाकारको प्रस्तुति रहनेछ ।

ओली ७ महिनापछि बालुवाटार जाँदै

काठमाडौं, २३ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज अपरान्ह बालुवाटार जाने तय भएको छ । उनी प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी गर्न बालुवाटार जान लागेका हुन् । प्रधानमन्त्रीबाट हटेपछि ओली ७ महिना अघि सिधै बालकोट गएका थिए । त्यसपछि उनी बालुवाटार पसेका थिएनन् । उनी आज बालुवाटार गएमा आइसब्रेक हुनेछ । देउवा र […]

ओली भेट्न बालकोट जाँदै बारका पदाधिकारी, प्रधानन्यायाधीश हटाउन अनुरोध गर्ने

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । ओली भेट्न नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा अधिवक्ताहरु रामशाहपथस्थित बार एसोसिएसनको कार्यालयबाट बालकोटतिर प्रस्थान गरेका छन् । ओलीले १बजेपछिको समय भेटका […]

एमाले कार्यकर्ताको स्कर्टिङमा आज बालकोट जाँदै ओली

ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कर्टिङ र स्वागत गर्दै लैजाने तयारी गरेका छन्। सयौं मोटरसाइकल र गाडीले स्कर्टिङ र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दन गरिने एमालेका एक नेताले बताए।...