काठमाण्डाै - मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी मुद्दा (टीआरसी) लाई छिटो टुङ्ग्याउने विषयमा आज छलफल हुँदैछ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलको लागि माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट जाँदै हुनुहुन्छ । ओली अस्वस्थ रहनुभएकाले उहाँकै निवासमा पुगेर छलफल गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । यसअघि गएकाे चैत २५ गते सभामुखको कार्यकक्ष सिंहदरबारमा...