चोरीका गाडी र नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ

नेपाल प्रहरीले चोरीका गाडी र नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई पक्राउ गरेको छ । भारतबाट गाडी चोरी गरी नेपाल भित्र्याउने र नक्कली कागजात ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । भन्सार छली चोरी पैठारी गरी काठमाडौँमा गाडी ल्याई नक्कली सवारी दर्ता किताबलगायतका कागजातहरु तयार गरी कारोबार हुने गरेको सूचनाको आधारमा प्रहरीले दुईवटा हुन्डाइको क्रेटा गाडी नियन्त्रणमा लिएको जनाएको छ । उक्त गाडी प्रयोग गर्ने व्यक्तिबाट अनुसन्धान गर्दै जाँदा ब्लु बुक बनाउनेलाई पनि पक्राउ गरिएको महाशाखाका एसएसपी चन्द्र कुबेर खापुङले बताउनुभयो ।

सम्बन्धित सामग्री

साहुको रकम पचाउन खोज्ने गाडी चालक पक्राउ

साहुको पैसा पचाउने उद्देश्यले कपिलवस्तुको बुद्धुभूमिमा नगरपालिका १० स्थित गोरुसिंगे जंगलमा लुटपाट भएको भन्दै प्रहरीलाई झुटो खबर दिने एक गाडी चालकलाई पक्राउ गरिएको छ।...

स्थानीयले गरे हुलाकी बाटो बन्द, गाडी र चालक पक्राउ गर्न माग गर्दै प्रदर्शन

घटना भएको तीन दिन बित्दा पनि गाडी र चालक पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दाले आज बिहानदेखि बाटो बन्द गर्दै विरोध प्रदर्शन गरेका छन्।...

गाडी चोरी धन्दामा संलग्न दुईजना पक्राउ

प्रहरीले गाडी चोरी धन्दामा संलग्न दुई अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्ने मकवानपुर इन्द्रसरोवर गापा–२ का २८ वर्षीय अशोक लामा र मकवानपुर थाहा नपा–१२ का २३ वर्षीय किरण स्याङ्तान छन् ।  जिल्ला...

मापसे गरेर गाडी चलाएको अभियोगमा अमेरिकी सभामुख पेलोसीका श्रीमान् पक्राउ

अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीका पति पल पेलोसी पक्राउ परेका छन् । मदिराको नशामा गाडी चलाएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

मध्यरातमा गाडी रोकी तोडफोड गर्ने पक्राउ

दमौली, २४ फागुन । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा मध्यरातमा गाडी रोकेर तोडफोड गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास –५ स्थायी घर भई व्यास–४ बस्ने २२ वर्षीय अभिषेक श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका–३ स्थायी घर भई हाल व्यास–३ का १८ वर्षीय अन्जन पुलामी र व्यास –५ का २२ वर्षीय रोशनकुमार श्रेष्ठ रहेको जिल्ला […]

तस्करसँग झडपपछि अवैध काठसहितको गाडी र चालक पक्राउ

रौतहटमा वन सुरक्षा टोली र तस्कर समूहबीच झडपपछि अवैध काठसहितको गाडी र चालकलाई गस्ती टोलीले नियन्त्रणमा लिएको छ । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको गस्ती टोलीले ६ र ४ को ४२ तान चिरान सालको काठसहितको  गए राति ना ३ च ९६७५ नम्बरको महिन्द्रा पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा गाडी चालक वृन्दावन नगरपालिका विश्रामपुर बलेरिका नवीन बजगाईं रहेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएफओ अमरदेव यादवले बताएका छन् । राष्ट्रिय वनबाट अवैधरूपमा उक्त चिरानकाठ लो

दाङको लमहीमा गाडी तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

दाङ – दाङको लमहीमा गाडी तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । लमही नगरपालिका ५ का २६ वर्षका रोशन भेटवाल र वडा नम्बर ६ का २७ वर्षका सुदन केसी पक्राउ परेका वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिनुभयो । पक्राउ परेका भेटवाल र केसीले जाँड रक्सीको नसामा तोडफोड गरेको बताएका पनि प्रहरी निरीक्षक पौडेलले बताउनुभएको छ । लमहीका विभिन्न ठाउँमा गरी ८ वटा गाडी तोडफोड भएको पाइएको प्रहरीले जनाएको छ ।

आठ लाख घुस फ्याँकेर गाउँपालिका अध्यक्ष फरार, गाडी र चालक पक्राउ

घुस लिएर भाग्दै गरेको धनुषा बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीको गाडी र चालकलाई अख्तियारले पक्राउ गरेको छ।