कर उठाउन पञ्चैबाजा अभियान, एक हप्ता पर्खेर फेरि बाजा बजाउने तयारी

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाले कर नतिर्ने ठूला करदाताको घरघरमा गएर दबाब दिन पञ्चैबाजा अभियान सुरु गरेको छ । घरजग्गा, सम्पत्तिलगायत व्यावसायिक कर नतिर्ने र अटेर गर्ने ठूला करदातालाई दबाब दिन महानगरको टोली बाजागाजासहित घरघरमा पुग्न थालेको हो । पहिलो चरणमा महानगरले हिजो न्युरोड, नयाँ बजार, सोल्टीमोडलगायतका ठाउँमा पञ्चैबाजासहित करदाताको घरदैलो अभियान सुरु गरेको हो । अब केही दिन पर्खने र त्यसपछि पनि कर तिर्नेको सङ्ख्या नबढेमा अरु ठाउँमा पञ्चैबाजा बजाउने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले आउ...

सम्बन्धित सामग्री

विश्वकपमार्फत कतारले लिएको नाकाबन्दीको बदला : शालीन तर बेहिसाब

२०१७ जुन ५ तारिखका दिन बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स र इजिप्टले कतारसँग कूटनीतिक सम्बन्ध तोडेको घोषणा गर्दा कतार हतोत्साहित बनेको थियो । त्यसलगत्तै मध्यपूर्वको सानो देश कतारसँग जोडिने जमिन, समुद्र र आकाश सबैतिरबाट साउदी लगायत अन्य देशहरूले नाकाबन्दी शुरू गरे ।२ डिसेम्बर २०१० मै विश्वकप फूटबलको २१ औं संस्करण कतारमा हुने घोषणा फिफाले गरिसकेको थियो । कतारमाथि नाकाबन्दी गर्नुपर्ने अन्य धेरै कारण साउदीले देखाएको भएपनि एउटा कारण कतारलाई विश्वकपको आयोजना गर्नुबाट पछि हटाउनु थियो । यसको नेतृत्व साउदी अरबले गरेको थियो भने अमेरिका र युरोपियन देशहरूले नाकाबन्दीको पक्षपोषण गरेका थिए ।त्यसपछिका घटनाक्रमहरूलाई कतारले आफ्नो पक्षमा माहोल सिर्जना गर्ने गरी उपयोग गर्यो । कतारमाथिको नाकाबन्दीको कुनै अर्थ नभेटिएपछि पछिल्लो समय साउदी अरब लगायत नाकाबन्दी लगाउने अन्य देशहरूले कतारसँगको सम्बन्ध सुदृढिकरण गर्न प्रयास गरिरहेका छन् । यो टिप्पणी लेख्दै गर्दा कतारको लुसाली स्टेडियममा साउदी अरब र अर्जेन्टिनाबीचको खेल सकिएको छ । साउदीले विश्वकपको दाबेदार मानिएको लियोनल मेस्सीको टीम अर्जेन्टिनालाई २ गोलले हरायो । खुसीले चिच्याइरहेका साउदी खेलाडी र समर्थकहरूले पक्कै पनि त्यतिबेलाको नाकाबन्दी स्मरण गरे होलान् । जुन देशमाथि अमानवीय नाकाबन्दी गरियो, त्यही देशको भूमिमा विश्वकपको दाबेदार अझ मेस्सीको टीम अर्जेन्टिनालाई हराउन पाउनु साउदी अरबका लागि सौभाग्य थियो ।नाकाबन्दी, त्यसपछि कतारले भोगेको पीडा र त्यसलाई जित्न गर्नुपरेको आर्थिक र कूटनीतिक संघर्ष, विश्वकपका लागि कतारले गरेको अन्तर्राष्ट्रिय लबिङ र खर्चलाई एकातिर राखौं । तर आफ्नो धर्म, संस्कृति र सामाजिक मूल्य मान्यतासँग कुनै सम्झौता नगरिकन पनि विश्वकप आयोजना गर्न सकिन्छ भन्ने अर्को उदाहरण कतारले पेश गरेको छ ।प्रत्येक चार वर्षमा हुने विश्वकप फुटबललाई विश्वभरका मानिसलाई एक ठाउँमा जोड्ने खेलको रुपमा मात्र नभई थप आर्थिक उन्नतिको ढोका खोल्ने अवसरका रुपमा पनि लिने गरिन्छ । सन् १९३० मा उरुग्वेको आयोजनाबाट शुरू भएको विश्वकप फुटबललाई आयोजक राष्ट्रले आफ्नो देशको संस्कृतिलाई चिनाउन मात्र नभई आर्थिक लाभ गर्ने उद्देश्यका साथ आयोजना गर्ने गरेका छन् ।हालसम्म युरोप र अमेरिकालगायतका देशमा विश्वकप फूटबलको २१ औं संस्करण आयोजना हुँदा पनि खाडी राष्ट्रमध्ये कुनैले पनि त्यो सौभाग्य प्राप्त गरेका थिएनन् । यद्दपि उदाउँदो मुलुकको रुपमा आफूलाई अगाडि सारेको सानो भूभाग मात्र भएको मरुभूमिको देश कतारले पनि विश्वकप फुटबल आयोजना गर्न सक्ने रहेछ भन्ने उदाहरण पेश मात्र गरेको छैन, आफ्नो देशको मौलिक सामाजिक मूल्य मान्यतासँग कुनै सम्झौता नगरीकन पनि विश्वकप फुटबलको आयोजना गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पेश गरेको छ ।युरोप, अमेरिका लगायतका केही मुलुकले समलिङ्गीलाई स्वतन्त्रता नदिएको,  उच्च तापक्रम भएको,  युरोपियन लिगको खेल तालिका प्रभावित भएको,  विदेशी कामदारमाथि ज्यादती गरिएको, पूर्वाधार पनि तयार नभएको जस्ता आरोप लगाउन छाडेनन् । तर कतारले आफ्नै हिसाबले इस्लामिक नीति नियम र कानूनभित्र रहेर विश्वकप सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दियो र अहिलेसम्मको विश्वकपका लागि यो बिल्कुल नयाँ प्रयोग हो ।यसबाट कतारले आफू अन्तर्राष्ट्रिय हिसाबले कमजोर नरहेको पुष्टि गरेको छ । संसारकै सबैभन्दा धेरै प्रतिव्यक्ति आय रहेको कतारमाथि यो वा त्यो बहानामा युरोप, अमेरिका र खाडी क्षेत्रकै अन्य सहयात्री मुलुकहरूबाट बेलाबेलामा पाउने गरेको दुखको बदला कतारले निकै शालीन, नरम तर बेहिसाब ढंगले लिएको छ ।प्यालेस्टाइनको अस्तित्व नै स्वीकार्न नसक्ने युरोप र अमेरिकाका लागि कतारले अर्को दह्रो झापड हान्यो । यस अगाडिका विश्वकपमा कुनै न कुनै चर्चित अनुहारलाई फिफाले विश्वकपको ब्राण्ड एम्बेसडर बनाउने गर्थ्यो भने यस पटक प्यालेस्टाइनका शरणार्थी वासिम कुतुबलाई ब्राण्ड एम्बेसडर बनाएर प्यालेस्टाइनप्रति कतारले सम्मान प्रकट गरेको छ ।गत हप्ता, कतारका सहायक विदेशमन्त्री लोल्वाह अल-खाटरले मिडियासँग कुरा गर्दै प्यालेस्टाइन सधैं कतारको विवेकमा रहने कुरामा जोड दिएकी थिइन् । उनले भनेकी थिइन्, 'हामी प्यालेस्टाइनका हाम्रा हजारौं दाजुभाइ तथा दिदीबहिनीहरूसँग अहिलेजस्तै सधैं उत्सव मनाउने आशा गर्दछौं र हामी यहाँ प्रतिज्ञा गर्दछौं कि, प्यालेस्टाइन उनीहरूकै कारण हाम्रो अन्तस्करणमा सधैं उपस्थित रहनेछ ।'विश्वकप उद्घाटनको दिन मध्यपूर्व र अन्य देशका फूटबल फ्यानहरूले 'हामी हाम्रो आत्मा र रगतले प्यालेस्टाइनका लागि बलिदान दिन्छौं' भन्दै नारासमेत लगाएका थिए ।विगतमा विश्वकप फुटबलको उद्घाटन विश्वभरका चर्चित पात्रबाट नाच, गान र बाजा बजाएर गरिन्थ्यो भने यस पटक त्यस्तो केही भएन । बरु कतारले  सन् २००२ मई महिनाको ५ तारीखमा जन्मिएका एक फरक क्षमता भएका कतारी बालक घानिम अल मुफ्ताहमार्फत पवित्र कुरआनको अध्याय सुरह हुजरातको श्लोक नम्बर १३ वाचन गरेर विश्वकप फुटबल २०२२ उद्घाटन गर्यो ।अर्धनग्न महिलाको नाचगानलाई हटाएर एक अपाङ्ग बालकद्वारा विश्वकप उद्घाटन गरिनु जति अर्थपूर्ण थियो त्यो भन्दा बढी अर्थपूर्ण कुरानको उक्त अध्यायले दिन खोजेको सन्देश थियो । उक्त अध्यायमा भनिएको छ, 'हे मानिसहरू ! हामीले तिमीहरू सबैलाई एउटै पुरुष र स्त्रीबाट सृष्टि  गर्यौ र तिमीलाई जात समुदाय र कबिलाहरू (गोत्रहरू) को रूप दियौ, ताकि तिमीहरुले एक अर्कालाई पहिचान गर्न सक । (वास्तवमा) अल्लाहकहाँ तिमीमध्ये सर्वाधिक प्रतिष्ठित उ हो जो तिमीहरूमध्ये (अनुचित कर्मबाट) बढी भय गर्नेवाला हुन्छ । निश्चय नै अल्लाह सबै कुरा जान्दछ, ऊ सर्वज्ञाता छ।'सामान्यतया विश्वकपको बहानामा यौन व्यापार, खुलमखुल्ला मादक पदार्थको सेवन हुने गर्थ्यो भने विदेशबाट फूटबल हेर्न आउने  दर्शकहरू उत्ताउलो र भड्किलो व्यवहारको शिकार हुने गर्थे । तर कतारले यी सबै कुरालाई प्रतिबन्ध लगाएर आफ्नो संस्कृतिको रक्षा मात्र गरेको छैन बरु विश्व समुदायलाई अनुशासित भएर पनि खेलकुदको मनोरन्जन लिन सकिन्छ भन्ने सन्देश दिएको छ ।

करम पूर्वसन्ध्या कार्यक्रम सम्पन्न

इनरुवामा पाँचौँ करम पूर्वसन्ध्या तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। यहाँ बसोबास गर्ने उराँव समुदायले आफ्नो महान् पर्व करम पूजाको अवसरमा पूर्वसन्ध्या तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो। नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाको आयोजनामा करम पूर्वसन्ध्या कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो। भाद्र पूर्णिमाको दिन करम पूजा मनाइने भएकाले त्यस अघि नै जमरा राखेको र सोही जमरा लगाएर करम पूजासहित सांस्कृतिक कार्यक्रम गरेको जनाएको छ । करम पूजा मनाउनलाई एक हप्ता अगाडि बाजा–गाजासहित स्थानीय नदीबाट जमरा राख्न बालुवा ल्याएर जमरा राखिएको र शनिबार जमरा लगाएर पूजासँगै पाँचौँ करम पूर्वसन्ध्या तथा सांस्कृतिक कार्यक्रम गरेको उराँवले जानकारी दिनुभयो। कार्यक्रमको उद्घाटन गर्दै सङ्घीय सांसद सीताराम मेहताले उराँव प्रतिष्ठान निर्माणमा आधा करोड बजेटदेखि प्रत्येक वर्ष करम पूजामा समेत आफू र आफ्नो पार्टीले सहयोग गर्दै आएको बताउनुभयो।

एनिमेसन गर्ने हातमा खड्ग : ९ वर्षदेखि जो दैत्य बनेर युद्ध लडिरहेछन्

दृश्य १ किलागलको बिज्यापू ननि। इन्द्रजात्रा सुरु हुनुभन्दा एक हप्ता अघिदेखि हरेक रात चोकमा मानिसको भिड लाग्नेगर्छ। बाहिर चोकमा सुकुल ओछ्याएर वृद्धहरु विभिन्न राग निकाल्न बाजा बजाउने तयारी गरिरहेका हुन्छन्। बालबालिका नृत्य हेर्न सुकुलको अघिल्लो भागमा गएर बस्छन्। इन्द्रजात्रा सुरु हुनु दुई दिन अघिसम्म यस्तो क्रम निरन्तर चल्छ। तयारी –…

फोहोरमा गैरजिम्मेवारी

काठमाडौं उपत्यकाका विगत २ हप्तादेखि नउठेको फोहोर कहिलेदेखि उठ्न थाल्ने हो अत्तोपत्तो छैन । फोहोर व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाको हो तर उसले अझै १ हप्ता फोहोर नउठ्ने सूचना जारी गरेर आफ्नो जिम्मेवारी पूरा भएको ठानेको छ । जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने तथा कोराना महामारीका कारण जनस्वास्थ्य झनै संवेदनशील बनेको अवस्थामा महानगरपालिकाले आफ्नो जिम्मेवारी पूरा गर्न सकेको छैन । ल्यान्डफिल साइट नभएको भनेर महानगरको जनप्रतिनिधिहरू दायित्वबाट भाग्न कुनै पनि हालतमा पाउँदैनन् । जैविक र अन्य फोहोर गरेर स्रोतमै संकलन गर्न थाल्ने हो भने फोहोरको आधाभन्दा बढी समस्या समाधान हुन्छ । तर, यति महानगरले यति कामसमेत गर्न सकेको छैन । यसै पनि काठमाडौं प्रदूषित र फोहोर शहर भनेर कुख्यात नै छ । तैपनि मेट्रो र मोनोरेलको कथा सुनाएर जनतालाई फोहोर दुर्गन्धमा बस्न बाध्य पार्ने काम नगरपालिकाले गर्दै आएको छ । अब केही दिन फोहोर नउठे स्थिति भयावह हुने देखिन्छ किनभने रोग फैलने मौसम नै यही हो । यो समस्या यस वर्षको मात्र होइन, प्रत्येक वर्ष हुने गरेको छ । सिसडोलको ल्यान्डफिल साइटमा वर्षाका कारण फोहोर गाडी गुड्नै नसक्ने समस्या हरेक वर्षजसो भइरहेको छ । तर, त्यसको समाधान खोज्न मेयर र अन्य जनप्रतिनिधिले आवश्यक नै ठानेका छैनन् । ल्यान्डफिल साइटको जिम्मेवारी केन्द्र सरकारको हो भनेर महानगर उम्किन पाउँदैन । फोहोर व्यवस्थापनको काम पालिकाहरूको नै हो । उनीहरूको यही मुख्य काम हो । अन्य देशमा खानेपानी, टेलिफोनलगायतको व्यवस्थापनको जिम्मेवारी नगरपालिकालाई हुन्छ । तर, नेपालमा त्यस्तो पाइँदैन । फोहोर व्यवस्थापनमा समेत चुक्नु भनेको निकम्मापन नै हो । काठमाडौं महानगरसँग बजेट अभाव छैन तर अत्यावश्यक कार्यमा बजेट खर्च गर्ने गरिएको छैन । रिसोर्टमा गएर मिटिङ गर्ने तर जनस्वास्थ्यसँग सरोकारका विषयमा केन्द्रलाई दोष दिएर बस्ने काम कुनै पनि हालतमा उपयुक्त मान्न सकिँदैन । महानगरपालिकाले कर तिरेनन् भनेर बाजा बजाउँदै हिँडेको छ । कर तिर्न १ दिन ढिला भए जरीवाना लिने गरेको छ । फोहोर व्यवस्थापन पनि गर्न नसके यसलाई कर तिर्नुको प्रयोजन के ? जसरी समयमा कर नतिरे नागरिकलाई जरीवाना लिने गरिएको छ त्यसैगरी समयमा फोहोर नठाए नगरपालिकाका प्रमुखमाथि कारबाही किन नगर्ने ? नयाँ मेयर भएको भए विचारणीय पनि हुन सक्थ्यो । तर, ४ वर्षदेखि जनप्रतिनिधिले के हेरेर बसे ? यो प्रश्न हरेक नगरवासीले जनप्रतिनिधिसँग गर्नुपर्छ । सिद्धान्ततः नगरवासीलाई उनीहरूमाथि कारबाही गर्ने अधिकार हुन्छ । यस्तो बेथितिमा सहने भए संघीयता के काम ? ल्यान्डफिल साइटको समस्या आजको होइन । सिसडोलको विकल्पमा बञ्चरे डाँडा तयार हुँदै पनि छ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समस्यालाई कचल्ट्याउँदै ल्याइएको हो । केन्द्रको केही दोष होला तर नितान्त नगरपालिकाकै दोष हो । ल्यान्डफिल साइट बनाउन स्थानीय जनताले दिँदैनन् । त्यो त्यहाँका नागरिकको अधिकार हो । त्यस्तो ठाउँ नगरपालिकाले किन्ने हो । खानेपानी पनि किन्ने हो । तर, संघीय सरकारले गरेर सित्तैमा पाएको हो । मेलम्चीकै पानी पनि यसरी सित्तैमा ल्याउन नपाइनुपर्ने हो । त्यसैले महानगरले स्थानीयसँग जग्गा किनेर फोहोर व्यवस्थापन गर्नुपर्छ । स्थानीयका माग पूरा नगरेर पनि कैयौं पटक फोहोर नउठ्दा समस्या भएको तथ्य यहाँनेर स्मरणीय छ । फोहोरलाई स्रोतका रूपमा उपयोग गर्न सकिन्छ । अर्बौं रुपैयाँको आम्दानी गर्न सकिने तथ्य विभिन्न अध्ययनले देखाएकै छन् । तर, त्यसतर्फ केन्द्रीय सरकार र स्थानीय सरकार दुवैले चासो दिएको पाइँदैन । केही विदेशी संस्थाले फोहोरलाई मोहर बनाउन ल्याएको प्रस्तावलाई बेवास्ता गरिएको छ । वास्तवमा फोहोर संकलन प्रणाली नै गलत भएका कारण बढी फोहोर संकलन भएको र ल्यान्डफिल साइटको समस्या भएको हो । फोहोरबाट बिजुली निकाल्ने, मल बनाउने, इन्सिनेटरमा जलाउनेलगायत अनेक विकल्प छन् । जैविक र अन्य फोहोर गरेर स्रोतमै संकलन गर्न थाल्ने हो भने फोहोरको आधाभन्दा बढी समस्या समाधान हुन्छ । तर, यति महानगरले यति कामसमेत गर्न सकेको छैन । जिम्मेवारी बोध नभएर नै यसो भएको देखिन्छ ।

पञ्चेबाजा बजाएर खरिदारको बिदाइ

बिरलै देखिने दृष्य गत हप्ता रोल्पाको थवाङमा देखियो। स्थानीयहरु स्वतस्फुर्त रुपमा बाजा लिएर आए अनि सरुवा भएर थवाङ छोड्न थालेका कर्मचारीको बिदाइमा पञ्चेबाजा बजाउदै गाउँ घुमाएर सम्मान साथ पठाए।

भुमेको भूमिमा सांस्कृतिक उत्सव (फोटोफिचर)

११ असार, दाङ । भूमे खामभाषी मगरहरुको मुख्य चाड हो । स्थानीय खाम भाषामा यसलाई ‘नाकोवाङे’ पनि भन्ने गरिन्छ । परापूर्व कालदेखि हरेक वर्ष असार १ गतेदेखि हप्ता १० दिनसम्म यो पर्व मनाउने चलन छ । त्यसको तयारी भने १ महिना अघिदेखि नै हुन्छ । जेठ १ गते बाजा फुकाएर सुरु …