विश्वकपमार्फत कतारले लिएको नाकाबन्दीको बदला : शालीन तर बेहिसाब

२०१७ जुन ५ तारिखका दिन बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स र इजिप्टले कतारसँग कूटनीतिक सम्बन्ध तोडेको घोषणा गर्दा कतार हतोत्साहित बनेको थियो । त्यसलगत्तै मध्यपूर्वको सानो देश कतारसँग जोडिने जमिन, समुद्र र आकाश सबैतिरबाट साउदी लगायत अन्य देशहरूले नाकाबन्दी शुरू गरे ।२ डिसेम्बर २०१० मै विश्वकप फूटबलको २१ औं संस्करण कतारमा हुने घोषणा फिफाले गरिसकेको थियो । कतारमाथि नाकाबन्दी गर्नुपर्ने अन्य धेरै कारण साउदीले देखाएको भएपनि एउटा कारण कतारलाई विश्वकपको आयोजना गर्नुबाट पछि हटाउनु थियो । यसको नेतृत्व साउदी अरबले गरेको थियो भने अमेरिका र युरोपियन देशहरूले नाकाबन्दीको पक्षपोषण गरेका थिए ।त्यसपछिका घटनाक्रमहरूलाई कतारले आफ्नो पक्षमा माहोल सिर्जना गर्ने गरी उपयोग गर्यो । कतारमाथिको नाकाबन्दीको कुनै अर्थ नभेटिएपछि पछिल्लो समय साउदी अरब लगायत नाकाबन्दी लगाउने अन्य देशहरूले कतारसँगको सम्बन्ध सुदृढिकरण गर्न प्रयास गरिरहेका छन् । यो टिप्पणी लेख्दै गर्दा कतारको लुसाली स्टेडियममा साउदी अरब र अर्जेन्टिनाबीचको खेल सकिएको छ । साउदीले विश्वकपको दाबेदार मानिएको लियोनल मेस्सीको टीम अर्जेन्टिनालाई २ गोलले हरायो । खुसीले चिच्याइरहेका साउदी खेलाडी र समर्थकहरूले पक्कै पनि त्यतिबेलाको नाकाबन्दी स्मरण गरे होलान् । जुन देशमाथि अमानवीय नाकाबन्दी गरियो, त्यही देशको भूमिमा विश्वकपको दाबेदार अझ मेस्सीको टीम अर्जेन्टिनालाई हराउन पाउनु साउदी अरबका लागि सौभाग्य थियो ।नाकाबन्दी, त्यसपछि कतारले भोगेको पीडा र त्यसलाई जित्न गर्नुपरेको आर्थिक र कूटनीतिक संघर्ष, विश्वकपका लागि कतारले गरेको अन्तर्राष्ट्रिय लबिङ र खर्चलाई एकातिर राखौं । तर आफ्नो धर्म, संस्कृति र सामाजिक मूल्य मान्यतासँग कुनै सम्झौता नगरिकन पनि विश्वकप आयोजना गर्न सकिन्छ भन्ने अर्को उदाहरण कतारले पेश गरेको छ ।प्रत्येक चार वर्षमा हुने विश्वकप फुटबललाई विश्वभरका मानिसलाई एक ठाउँमा जोड्ने खेलको रुपमा मात्र नभई थप आर्थिक उन्नतिको ढोका खोल्ने अवसरका रुपमा पनि लिने गरिन्छ । सन् १९३० मा उरुग्वेको आयोजनाबाट शुरू भएको विश्वकप फुटबललाई आयोजक राष्ट्रले आफ्नो देशको संस्कृतिलाई चिनाउन मात्र नभई आर्थिक लाभ गर्ने उद्देश्यका साथ आयोजना गर्ने गरेका छन् ।हालसम्म युरोप र अमेरिकालगायतका देशमा विश्वकप फूटबलको २१ औं संस्करण आयोजना हुँदा पनि खाडी राष्ट्रमध्ये कुनैले पनि त्यो सौभाग्य प्राप्त गरेका थिएनन् । यद्दपि उदाउँदो मुलुकको रुपमा आफूलाई अगाडि सारेको सानो भूभाग मात्र भएको मरुभूमिको देश कतारले पनि विश्वकप फुटबल आयोजना गर्न सक्ने रहेछ भन्ने उदाहरण पेश मात्र गरेको छैन, आफ्नो देशको मौलिक सामाजिक मूल्य मान्यतासँग कुनै सम्झौता नगरीकन पनि विश्वकप फुटबलको आयोजना गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पेश गरेको छ ।युरोप, अमेरिका लगायतका केही मुलुकले समलिङ्गीलाई स्वतन्त्रता नदिएको,  उच्च तापक्रम भएको,  युरोपियन लिगको खेल तालिका प्रभावित भएको,  विदेशी कामदारमाथि ज्यादती गरिएको, पूर्वाधार पनि तयार नभएको जस्ता आरोप लगाउन छाडेनन् । तर कतारले आफ्नै हिसाबले इस्लामिक नीति नियम र कानूनभित्र रहेर विश्वकप सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दियो र अहिलेसम्मको विश्वकपका लागि यो बिल्कुल नयाँ प्रयोग हो ।यसबाट कतारले आफू अन्तर्राष्ट्रिय हिसाबले कमजोर नरहेको पुष्टि गरेको छ । संसारकै सबैभन्दा धेरै प्रतिव्यक्ति आय रहेको कतारमाथि यो वा त्यो बहानामा युरोप, अमेरिका र खाडी क्षेत्रकै अन्य सहयात्री मुलुकहरूबाट बेलाबेलामा पाउने गरेको दुखको बदला कतारले निकै शालीन, नरम तर बेहिसाब ढंगले लिएको छ ।प्यालेस्टाइनको अस्तित्व नै स्वीकार्न नसक्ने युरोप र अमेरिकाका लागि कतारले अर्को दह्रो झापड हान्यो । यस अगाडिका विश्वकपमा कुनै न कुनै चर्चित अनुहारलाई फिफाले विश्वकपको ब्राण्ड एम्बेसडर बनाउने गर्थ्यो भने यस पटक प्यालेस्टाइनका शरणार्थी वासिम कुतुबलाई ब्राण्ड एम्बेसडर बनाएर प्यालेस्टाइनप्रति कतारले सम्मान प्रकट गरेको छ ।गत हप्ता, कतारका सहायक विदेशमन्त्री लोल्वाह अल-खाटरले मिडियासँग कुरा गर्दै प्यालेस्टाइन सधैं कतारको विवेकमा रहने कुरामा जोड दिएकी थिइन् । उनले भनेकी थिइन्, 'हामी प्यालेस्टाइनका हाम्रा हजारौं दाजुभाइ तथा दिदीबहिनीहरूसँग अहिलेजस्तै सधैं उत्सव मनाउने आशा गर्दछौं र हामी यहाँ प्रतिज्ञा गर्दछौं कि, प्यालेस्टाइन उनीहरूकै कारण हाम्रो अन्तस्करणमा सधैं उपस्थित रहनेछ ।'विश्वकप उद्घाटनको दिन मध्यपूर्व र अन्य देशका फूटबल फ्यानहरूले 'हामी हाम्रो आत्मा र रगतले प्यालेस्टाइनका लागि बलिदान दिन्छौं' भन्दै नारासमेत लगाएका थिए ।विगतमा विश्वकप फुटबलको उद्घाटन विश्वभरका चर्चित पात्रबाट नाच, गान र बाजा बजाएर गरिन्थ्यो भने यस पटक त्यस्तो केही भएन । बरु कतारले  सन् २००२ मई महिनाको ५ तारीखमा जन्मिएका एक फरक क्षमता भएका कतारी बालक घानिम अल मुफ्ताहमार्फत पवित्र कुरआनको अध्याय सुरह हुजरातको श्लोक नम्बर १३ वाचन गरेर विश्वकप फुटबल २०२२ उद्घाटन गर्यो ।अर्धनग्न महिलाको नाचगानलाई हटाएर एक अपाङ्ग बालकद्वारा विश्वकप उद्घाटन गरिनु जति अर्थपूर्ण थियो त्यो भन्दा बढी अर्थपूर्ण कुरानको उक्त अध्यायले दिन खोजेको सन्देश थियो । उक्त अध्यायमा भनिएको छ, 'हे मानिसहरू ! हामीले तिमीहरू सबैलाई एउटै पुरुष र स्त्रीबाट सृष्टि  गर्यौ र तिमीलाई जात समुदाय र कबिलाहरू (गोत्रहरू) को रूप दियौ, ताकि तिमीहरुले एक अर्कालाई पहिचान गर्न सक । (वास्तवमा) अल्लाहकहाँ तिमीमध्ये सर्वाधिक प्रतिष्ठित उ हो जो तिमीहरूमध्ये (अनुचित कर्मबाट) बढी भय गर्नेवाला हुन्छ । निश्चय नै अल्लाह सबै कुरा जान्दछ, ऊ सर्वज्ञाता छ।'सामान्यतया विश्वकपको बहानामा यौन व्यापार, खुलमखुल्ला मादक पदार्थको सेवन हुने गर्थ्यो भने विदेशबाट फूटबल हेर्न आउने  दर्शकहरू उत्ताउलो र भड्किलो व्यवहारको शिकार हुने गर्थे । तर कतारले यी सबै कुरालाई प्रतिबन्ध लगाएर आफ्नो संस्कृतिको रक्षा मात्र गरेको छैन बरु विश्व समुदायलाई अनुशासित भएर पनि खेलकुदको मनोरन्जन लिन सकिन्छ भन्ने सन्देश दिएको छ ।

सम्बन्धित सामग्री

यौन शोषणको बदला लिन २५ वर्षीय युवकको हत्या गर्ने तीन जना किशाेरी पक्राउ

भारतकाे दिल्ली प्रहरीले १६ देखि १७ वर्षका तीन जना किशाेरीले याैन शाेषणकाे बदला लिन एक २५ वर्षीय युवकको हत्या गरेको बताएको छ ।

संकटाविरुद्ध पुलिसको बदला

पहिलो लेगमा व्यहोरेको ३–० हारको बदला लिँदै दोस्रो लेगमा संकटाविरुद्ध २–१ को जितसहित पुलिस रेलिगेसन क्षेत्रबाट बाहिरियो  संकटा क्लबविरुद्ध नेपाल पुलिस क्लबले बदला लिएको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग ०७९/०८० को...

राशिदसँग मार्कोले लिए आइपिएलको बदला

एजेन्सी – दक्षिण अफ्रिका तीव्र गतिका बलर मार्को यानसनले अफगानिस्तानका स्पिनर राशिद खानसँग गत वर्ष आइपिएलमा खाएको छक्का वर्षाको बदला लिएका छन् । दक्षिण अफ्रिकामा जारी एसए टि२० क्रिकेट प्रतियोगितामा सनराइजर्स इस्टर्न केपले एमआई केप टाउनलाई दुई विकेटले पराजित गर्दा यान्सनले पुरानो पिडाको बदला लिएका हुन् । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य […]

पहिले हार अहिले बदला

प्रतिनिधिसभा निर्वाचनमा जितहारको यति लामो शृंखला नचले पनि यसपटक अघिल्लो पटकको हारको बदला लिनेहरूको सूची भने लामै छ।...

कुटपिटकाे बदला लिन भुटानी शरणार्थी गुरुङको हत्या

कुटपिटकाे बदला लिनलाई दमकस्थित भुटानी शरणार्थी शिविरका लालबहादुर गुरुङको हत्या भएको खुलेको छ। बुधबार झापा र इलामको सीमाना इलाम चुलाचुली–५ स्थित रतुवा खोलाको झोलुङ्गे पुलमा धारिलो हतियार प्रयोग गरी गुरुङको...

५ विकेटको रोमाञ्चक जितसहित पाकिस्तानले लियो भारतसँग बदला

२० भदौ, काठमाडौं । एसिया कप क्रिकेटको सुपर चारको खेलमा पाकिस्तानले भारतसँग बदला लिएको छ । समूह चरणमा भारसँग पराजित भएको पाकिस्तानले सुपर चारमा भने रोमाञ्चक जित निकाल्दै बदला लिएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार राति भएको खेलमा पाकिस्तानले भारतमाथि पाँच विकेटको रोमाञ्चक जित हासिल गर्‍यो । १९.४ ओभरको खेल सकिंदा पाकिस्तानलाई जितका […]

पूर्वप्रेमीसँग बदला लिनका लागि गर्भवती बनिन् युवती ! रचिन् यस्तो योजना…

एक युवतीले आफ्नो पूर्वप्रेमीलाई बदला लिनका लागि सताएको घटना अहिले भाइरल भइरहेको छ ।  ती युवती र उनको प्रेमीबीच केही महिनाअघि मात्रै ‘ब्रेकअप’ भएको थियो ।  आफ्नो प्रेमी अर्को युवतीसँग नजिकिन थालेपछि ती युवतीले सम्बन्ध तोडेकी थिइन् । द सनको एक रिपोर्ट अनुसार आफ्नो प्रेमीले अन्य युवतीसँग 'डेट' गरेको थाहा पाएपछि उनले ब्रेकअप दिएकी थिइन् । ब्रेकअपपछि ती युवतीले पूर्वप्रेमीसँग बदला लिने योजना रचिन् ।  उनले सामाजिक सञ्जाल टिकटकमा बताएकी छिन् की, ६ महिनापहिले प्रेमीको अर्कै यु...

‘बदला रिटर्नस्’ प्रदर्शनका लागि तयार

फिल्म ‘बदला रिटर्नस्’ प्रदर्शनका लागि तयार भएको छ । निर्देशक घनश्याम तिमल्सिना ‘एन्टिना’ले फिल्म सम्पूर्ण काम सकाएर प्रदर्शनको लागि तयार रहेको जानकारी दिए ।  ‘फिल्मको सबै काम सकिएको छ’ निर्देशक घनश्यामले भने,‘प्रदर्शनका लागि वितरकसँगको छलफलमा छौ । छिट्टै रिलिज मिति घोषणा हुनेछ ।’ घनश्यामले केही वर्ष अगाडि फिल्म ‘छापामार’  निर्देशन गरेका थिए ।प्रेमकथा, एक्सन र सन्देश सबै समेटिएको फिल्म संखुवासभाका विभिन्न रमणीय ठाउँमा छायाङ्कन

फ्रान्सलाई बदला लिने राम्रो मौका

एजेन्सी। फ्रान्सका गोलकिपर ह्युगो लोरिसले आज पोर्चुगलविरुद्ध खेल्दा पाँच वर्षअघि फाइनलमा खाएको त्यो गोल अवश्य सम्झनेछन्। थप समयको १९औं मिनेटमा इडरले हानेको गोलमा पोर्चुगलले पहिलोपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो। आज फ्रान्सलाई उक्त हारको बदला लिने मौका राम्रो अवसर छ। फ्रान्सले फराकिलो अन्तरमा जित्यो भने पोर्चुगलको यात्रा समाप्त हुन पनि सक्छ। प्रशिक्षक डिडियर डेसच्याम्पले जित्नका लागि खेल्ने प्रष्ट पारेका छन्।