काठमाडौं : लिखित तथा प्रयोगात्मक परीक्षा बिना नै पास गराउने यातायात व्यवस्था कार्यालय धनगढी कैलालीका ३ कर्मचारी अख्तियारको फन्दामा परेका छन्। कार्यालयका तत्कालीन प्रमुख लक्ष्मण शाही तत्कालीन सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया र कम्प्युटर अपरेटर पवनकुमार रावलले आर्थिक वर्ष ०७८/७९ मा प्रयोगात्मक परीक्षामा फेल भएका परीक्षार्थीलाई उत्तीर्ण गराएको र लिखित परीक्षामा उत्तीर्ण नभएका तथा परीक्षामा समावेश नभएका सयौं परीक्षार्थीलाई प्रयोगात्मक परीक्षामा सामेल गराई लाइसेन्स वितरण गरेका थिए।उनी