रसुवा– बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्ला आपतकालीन सञ्चालन केन्द्रलाई सामग्री हस्तान्तरण गरेको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय रसुवामा भएको विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा केन्द्रलाई आवश्यक पर्ने सामग्री हस्तान्तरण गरिएको हो। केन्द्रको सुदृढीकरणका लागि सामग्री खरिद गरेर हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ। केन्द्रलाई ४१ इन्चको स्मार्ट टेलिभिजन, डेस्कटप कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर, पावर ब्याकप सिस्टम […]