रसुवा – लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक हप्तासम्म निरन्तर सरसफाइ गरिएको छ । निकुञ्ज क्षेत्रमा पर्यटकीय स्थलहरूको संख्या धेरै रहेको र फोहोरका कारण नकारात्मक सन्देश जाने भएकाले सरसफाइ गरिएको हो ।
२७ औं वन्यजन्तु दिवसको अवसरमा बैशाख १ गतेदेखि ७ गतेसम्म सरसफाई कार्यक्रम गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो । निकुञ्जका अनुसार बैशाख १ मा धुन्चे गाेसाइकुण्ड पदमार्ग, बैशाख २ मा हेलम्बु क्षेत्र, बैशाख ३ मा शिखरबेसी रेञ्जपोष्ट, बैशाख ४ मा कालिकास्थान रेञ्जपोष्ट, बैशाख ५ मा स्याफ्रुबेसी ...