११ दलले बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ११ दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । १ बजेसम्म नेपाली कांग्रेस (बीपी), जनता प्रगतिशील पार्टी, राष्ट्रिय जनमोर्चा, एकीकृत शक्ति नेपाल लगायतले बन्द सूची बुझाएका छन् । समानुपातिकको बन्दसूची बुझाउन आयोगले तोकेको दोस्रो दिन प्रतिनिधिसभा निर्वाचनका लागि दलहरू बन्दसूची लिएर निर्वाचन आयोग पुगेका हुन्। प्रतिनिधिसभा निर्वाचनमा […]

सम्बन्धित सामग्री

३२ दलले सच्चाए समानुपातिक बन्दसूची

काठमाडौं : आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि ३२ राजनीतिक दलले प्रतिनिधि सभातर्फको समानुपातिकको बन्दसूची परिमार्जन गरेका छन्। निर्वाचन आयोगले आइतबारसम्म बन्दसूची संशोधन गर्न अवधि दिएकोमा आइतबार साँझसम्म ३२ दलले पहिले प्रस्तुत गरेको सूची संशोधन गरी आयोगमा बुझाएका छन्। निर्वाचन आयोग राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आइतबार साँझसम्ममा ३२ वटा राजनीतिक दलले समानुपातिकको बन्दसूची सच्याएर बुझाएका हुन्।आयोगले मङ्सिर ४ गते हुने

समानुपातिकको बन्दसूची संशोधन आजसम्म

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची संशोधनको समयसीमा आज आइतबार सकिँदैछ। असोज २ र ३ गते निर्वाचन आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि दलहरूले...

बन्दसूची सच्याउन माग गर्दै कांग्रेसइतर समूहले गर्‍याे आन्दोलनको घोषणा

समानुपातिकको बन्दसूची सच्याउन माग गर्दै कांग्रेसइतर समूहले आन्दोलनको घोषणा गरेको छ।  कांग्रेसइतर समूहले असोज १२ र १३ मा समानुपातिकको बन्दसूची सच्याउन दबाब दिने उद्धेश्यले आन्दोलनका कार्यक्रमकाे घोषणा गरेको हो।  काठमाडौंकाे ठमेलस्थित एक होटेल जारी असन्तुष्ट...

समानुपातिकको बन्दसूची बुझाएपछि प्रत्यक्षतर्फको सिट बाँडफाँटमा जुट्यो गठबन्धन

काठमाडौँ- आसन्न निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाएपछि सत्तारुढ गठबन्धन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फको सिट बाँडफाँटमा जुटेको छ । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सोमबार निर्वाचनमा आयोगमा बुझाएका गठबन्धन आबद्ध दलहरु मंगलबार प्रत्यक्षतर्फको सिट बाँडफाँटमा जुटेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यसहित शीर्ष […]

नेमकिपाले बुझायो समानुपातिकको बन्दसूची

काठमाडौँ- नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएको छ । नेमकिपा नेता प्रेम सुवालले सोमबार अपराह्न आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन् । आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय […]

एकीकृत समाजवादीले बुझायो समानुपातिकको बन्दसूची

काठमाडौं। नेकपा एकीकृत समाजवादीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएको छ । निर्वाचन आयोगमा सोमबार अपरान्ह पुगेर एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले पार्टीको तर्फबाट समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएको हो । निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । सोमबार अन्तिम दिन भएकाले अन्य दलहरुले पनि […]

एकीकृत समाजवादीले बुझायो समानुपातिकको बन्दसूची

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएको छ । निर्वाचन आयोगमा सोमबार अपराह्न पुगेर एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले  पार्टीको तर्फबाट समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएको हो । निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । सोमबार अन्तिम दिन भएकाले अन्य दलहरूले पनि […]

राष्ट्रिय जनमोर्चाले बुझायो समानुपातिकको बन्दसूची

काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध दल राष्ट्रिय जनमोर्चा (राजमो)ले समानुपातिकतर्फको बन्दसूची पेस गरेको छ । राजकोले सोमबार निर्वाचन आयोग प्रदेशसभा र प्रतिनिधि सभाको समानुपातिकतर्फको बन्दसूची पेस गरेको हो । राजमोका महासचिव हिमलाल पुरीका अनुसार प्रतिनिधि सभातर्फ कूल ११० जनाको नामावली बुझाइएको छ । वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ जना र […]

समानुपातिकको बन्दसूची पेस गर्ने कार्यतालिका सार्वजनिक

काठमाण्डाै - निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिकको बन्दसूची पेस गर्ने कार्यतालिकाबारे स्पष्ट पारेको छ । आयोगले यसअघि नै असोज २ र ३ गते बन्दसूची पेस गर्ने गरी तालिका सार्वजनिक गरिसकेको छ । सूची पेस गर्दा समानुपातिक समावेशी सिद्धान्त र कानुन बमोजिम आवश्यक कागजात अनिवार्य रुपमा पेस गर्न आयोगले दलहरुलाई आग्रह गरेको छ । कागजात अपुग भएका सूची दर्ता नहुने स्पष्ट गर्दै आयोगले आवश्यक प्रक्रिया र कागजातको चेकलिष्ट आयोगको वेबसाइटमा समावेश गरिएको जनाएको छ । बन्दसूचीमाथि आयोगले ज...