अमेरिकन चेम्बर अफ कमर्स र युएस एड ट्रेडबीच सहकार्य

काठमाडाैं  । अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एमच्याम) र युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालबीच व्यवसाय विस्तारमा सहजीकरणका लागि सहकार्य गर्ने सम्झौता भएको छ । एमच्यामका अध्यक्ष अजित शाह र युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालकी प्रमुख एग्नेस लुजले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार, युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेसले लगानी विस्तारका लागि एमच्यामलाई नीतिगत रुपमा सहजीकरण गर्नेछ […]

सम्बन्धित सामग्री

डियरवाक र डियरहोल्डमा अमेरिकन चेम्बर अफ कमर्सको 'सिकाइ शृङ्खला'

अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)ले आफ्ना सदस्य डियरहोल्ड नेपालमा 'इन्फर्मेटिभ लर्निङ' कार्यक्रम गरेको छ ।

सिएनआई र एमच्यामबीच लगानी बढाउन सहकार्य गर्ने सम्झौता

नेपाल उद्योग परिसंघ (सिएनआई) र अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)बीच लगानी अभिवृद्धि तथा नेपाल–अमेरिकाबीच व्यावसायिक वातावरण सुदृढ गर्न र सहकार्य गर्न सम्झौता भएको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र अमेरिकन...

अमेरिकन चेम्बर र युएस एड ट्रेडबीच सहकार्य

अमेरिकन चेम्बर अफ कमर्स नेपाल र युएस एड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालबीच व्यवसाय विस्तार गर्न सहजीकरणका लागि सहकार्य गर्ने सम्झौता भएको छ।...

अमेरिकन चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा अजित शाह पुनः अनुमोदित

अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरुको सञ्जाल अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एचाम) को पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

अमेरिकन चेम्बर अफ कमर्स नेपालको स्थापना

अमेरिकन चेम्बर अफ कमर्स नेपाल(एमच्याम) को सुरुवात गरिएको छ । नेपालभ्रमण्मा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उप–सहायक विदेशमन्त्री केल्ली किडरलिङ र उप– सहायक विदेशमन्त्री केल्ली किडरलिङले नेपालमा पहिलो अमेरिकन चेम्बर अफ कमर्स शुरुआतको घोषणा गरेका हुन् ।सो अवसरमा एमच्यामका अध्यक्ष अजित शाहले नेपालको युवा तथा जागरुक जनसंख्या आर्थिक बृद्धिको श्रोत भएको बताउँदै संसारभरका […]

अमेरिकन चेम्बर अफ कमर्स नेपालको स्थापना

मंसिर ४, काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स नेपाल(एमच्याम) को शुरुवात गरिएको छ । ह्यात रिजेन्सीमा भएको कार्यक्रममा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उप–सहायक विदेशमन्त्री केल्ली किडरलिङ र उप- सहायक विदेशमन्त्री केल्ली किडरलिङले नेपालमा पहिलो अमेरिकन चेम्बर अफ कमर्स शुरुआतको घोषणा गरेका हुन् ।  उक्त अवसरमा एमच्यामका अध्यक्ष अजित शाहले नेपालको युवा तथा जागरुक जनसंख्या आर्थिक बृद्धिको श्रोत भएको बताउँदै संसारभरका व्यवसायीहरूलाई नेपालमा व्यवसाय गर्नको लागि प्रोत्साहित गर्न चाहेको बताएका थिए । उनीहरुले नेपालमा रहेका अमेरिकन कम्पनीहरूको प्रतिनिधित्व गर्ने व्यापारिक अगुवाहरूसँग भेटघाट गर्दै अमेरिकन चेम्बर अफ कमर्स नेपालको स्थापना गरेका हुन् ।  अमेरिकन चेम्बर अफ कमर्स नेपालका लागि १३ जना प्रारम्भिक संस्थापक सदस्यहरूको घोषणा गरिएको छ । अजित शाह(लोटस होल्डिङ्स) को अध्यक्षतामा गठित एमच्याममा निर्मल श्रेष्ठ(मेटलाइफ), अतुल्य रिसाल, कैलाश बियानन्द(कम्प्लाएन्स क्वेस्ट), आकाश गोल्छा(फोर्ड वितरक), राज शाह(बडवाइजर वितरक), जयदिन श्रेष्ठ(हायात), मङ्गेश श्रेष्ठ(फ्रस्ट एन्ड सुलिभान), ओस्कर बतास(क्याटरपिल्लर वितरक), असीम सिंह(पठाओ राइड शेयरिङ), सञ्जय गोल्छा(डेल वितरक), साकार पुडासैनी(कारखाना) र सेमन्त दाहाल(कानूनी सल्लाहकार) सदस्य रहेका छन् । विश्वभर रहेका अमेरिकन चेम्बर अफ कमर्सका शाखाहरू संयुक्त राज्य अमेरिकाको चेम्बर अफ कमर्सका सदस्य हुने अमेरिकी दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सो अवसरमा संस्थापक सदस्यहरूले  आफ्ना विचार तथा आकांक्षाहरू एकआपसमा आदान–प्रदान गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकन चेम्बर अफ कमर्स नेपालको घोषणा

दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उप–सहायक विदेशमन्त्री केल्ली किडरलिङले नेपालमा पहिलो अमेरिकन चेम्बर अफ कमर्स सुरुआतको घोषणा गरेका छन् । उनीहरुले नेपालमा रहेका अमेरिकी कम्पनीहरूको प्रतिनिधित्व गर्ने व्यापारिक अगुवाहरूसँग भेटघाट गर्दै अमेरिकन चेम्बर अफ कमर्स नेपालको सुरुआत गरेका हुन् ।

अमेरिकी कूटनीतिज्ञद्वारा 'अमेरिकन चेम्बर अफ कमर्स नेपाल'को स्थापना

काठमाडौँ । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु र उपसहायक विदेश मन्त्री केल्ली किडरलिङको नेपाल भ्रमणका क्रममा अमेरिकन चेम्बर अफ कमर्स(एएमसीएचएएम-AmCham)को स्थापना घोषणा भएको छ ।

अमेरिकी कूटनीतिज्ञद्वारा 'अमेरिकन चेम्बर अफ कमर्स नेपाल'को स्थापना

काठमाडौँ । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु र उपसहायक विदेश मन्त्री केल्ली किडरलिङको नेपाल भ्रमणका क्रममा अमेरिकन चेम्बर अफ कमर्स(एएमसीएचएएम-AmCham)को स्थापना घोषणा भएको छ ।