नेपालमा अमेरिकी लगानी प्रवर्द्धन गर्न अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल र उद्योग परिसंघबीच सम्झौता

काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल र नेपाल उद्योग परिसंघबीच नेमालमा अमेरिकी लगानी प्रवर्द्धनका लागि व्यापारिक वातावरण निर्माणमा सहकार्य गर्ने सम्झौता भएको छ । परिसंघको सचिवालयमा मंगलवार आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र अमेरिकन चेम्बर अफ कमर्श इन नेपालका अध्यक्ष निर्मलकाजी श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा अमेरिकन चेम्बरका अध्यक्ष श्रेष्ठले अमेरिकी लगानी प्रवर्द्धनगरी देशको अर्थतन्त्रको विकासका लागि परिसंघसँगको सहकार्य प्रभावकारी हुने बताए ।  परिसंघका अध्यक्ष अग्रवालले यो सहकार्यले नेपाल र अमेरिकालाई व्यावसायिक रूपमा जोड्ने पुलको काम गर्ने बताए । यो सहकार्यले ज्ञान, आविष्कार र नयाँ सहकार्यको आदानप्रदान, विश्व बजारमा प्रतिस्पर्धा, वैदेशिक लगानी आकर्षित र औद्योगिक विकास गर्न टेवा पुग्ने उनको भनाइ छ । सम्झौताअनुसार दुवै संस्थाले नेपाली र अमेरिकी उद्यमीबीच सम्पर्कको विन्दुको रूपमा काम गर्ने, नेपालमा लगानी गर्न इच्छुक अमेरिकी लगानीकर्तालाई लगानीसम्बन्धी जानकारी उपलब्ध गराउने, आपसी उद्देश्य पूरा गर्न नीतिगत सुधारको वकालत गर्न सहयोग गर्ने र अमेरिकी लगानी वृद्धि गर्न रणनीतिक गतिविधि सञ्चालन गर्नेछन् ।  समझदारीमा बजारमा आधारित वित्तीय र गैरवित्तीय सेवाहरूमा पहुँच बढाएर सूचना प्रविधि (आईटी) क्षेत्रका लागि लगानी बढाउने र व्यावसायिक वातावरणमा सुधार गर्ने प्रयासलाई प्राथमिकता दिइने उल्लेख छ ।

सम्बन्धित सामग्री

विद्युतीय व्यापार विधेयकमा जेल सजायको प्रावधान नराख्न निजी क्षेत्रको सुझाव

१६ फागुन, काठमाडौं । विद्युतीय व्यापार विधेयकमा जेल सजायको प्रावधान नराख्न निजी क्षेत्रले सुझाव दिएका छन् । नेपाल उद्योग परिसंघ, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस् कम्पनीले विद्युतीय व्यापार विधेयकमा गरिनुपर्ने सुधार सम्बन्धी सुझाव सरकार र संसदीय समितिमा पेस गरेका हुन् । विधेयकमा दुई वर्षदेखि तीन वर्षसम्मको कैद […]

सिएनआई र एमच्यामबीच लगानी बढाउन सहकार्य गर्ने सम्झौता

नेपाल उद्योग परिसंघ (सिएनआई) र अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)बीच लगानी अभिवृद्धि तथा नेपाल–अमेरिकाबीच व्यावसायिक वातावरण सुदृढ गर्न र सहकार्य गर्न सम्झौता भएको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र अमेरिकन...