दाङ। दाङमा १ असारसम्मको निषेधाज्ञालाई लम्ब्याउने तयारी भएको छ। मंगलबार बस्ने डीसीसीएमसीको बैठकमा निषेधाज्ञाको मोडल कस्तो बनाउने विषयमा छलफल गरिने जिल्लाका सूचना अधिकारी चिरञ्जिवी रानाले जानकारी गराए। निषेधाज्ञा खुकुलो बनाई केही समयका लागि लम्ब्याउन विषेश पहल हुनसक्ने उनले बताए।