दाङ : दाङमा निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ। शुक्रवार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना माहामारीको संक्रमण दर अझै तीव्र गतिमा फैलिरहेको भन्दै जारी लकडाउनलाई जेठ १ गते बेलुका ६ बजेसम्म थप गरेको हो।यसअघि वैशाख १७ गते बिहान ६ बजेदेखि वैशाख २५ गते बेलुका ६ बजेसम्म निषेधाज्ञा लगाइएको थियो। लकडाउन थपिएपछि बैंकहरु साताको दुई दिन पालोअनुसार दुई घण्टा मात्र खुला गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए। बैंक बिहान ११ देखि दिउँसो १ बजे