कोरोना संक्रमणको जोखिम अझै जारी रहेको भन्दै दाङमा जारी निषेधाज्ञा असार ३१ गते सम्मलाई लम्ब्याइएको छ । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले लकडाउनलाई असार ३१ गते सम्म जारी राख्ने निर्णय भएको बताए ।यसअघि असार १५ गते बसेको केन्द्रको बैठकले गरेका निर्णयमा कुनै फेरबदल नगरिएको र लकडाउनलाई थप ९ दिन थपिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।बजार तथा व्यवसाय बिहान ६ बजे देखी बेलुका ६ बजे सम्म खुल्ने र सरकारी कार्यालय एवं बैंक तथा वित्तिय संस्थाहरु विहान १० देखी बेलुका ५ बजे