वालिङ । नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले आफ्नो उम्मेदवारी निष्क्रिय भएको जनाउनुभएको छ । वामलोकतान्त्रिक गठबन्धनबाट स्याङ्जा जिल्लाको क्षेत्र नं २ (१) मा उम्मेदवारी दिनुभएका भट्टराईले पार्टीको केन्द्रीय अध्यक्षको निर्देशन बमोजिम उम्मेदवारी निष्क्रिय पारेको आज एक विज्ञप्ति जारी गरी सार्वजनिक गर्नुभएको हो । गठबन्धनमा रहेका दलमध्ये दुई दलबाट उम्मेदवारी परेपछि पार्टीका केन्द्रीय अध्यक्ष […]