जेठ ३०, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज (आइतवार) बैंकिङ समयसम्म रहेको छ ।
कम्पनीले ८० हजार कित्ता संस्थापक शेयर जेठ १६ गतेदेखि लिलामीमा विक्री विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार २२ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गनुपर्ने हुन्छ ।
उक्त शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि हुने हद नलाग्ने कम्पनीले जानकारी गराएको छ ।
बोलपत्र जेठ ३१ गते अपरान्ह ३ बजे एनआइबिएल एस क्यापिटपल लाजिम्पाटमा खाल्ने कम्पनीले जानकारी गराएको छ । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।