बधाइ छ बधाई !

धेरैले भन्छन्, सरकार केवल गफ गरिरहेको छ, काम गरिरहेको छैन । तर त्यसो होइन । भर्खर त नयाँ सरकार बनेको छ । नयाँ सरकार भएपछि दौरासुरुवाल पनि नयैं सिलाउनु पर्‍यो । अलि सास फेर्न त दिनुस् । अनि जत्ति गर्न मन लाग्छ, गर्नुहोला नि गाली, हुन्न ? हुन त तपाईंको गालीले सरकारको न दाल गल्नेवाला छ, न बाल नै झर्ने वाला छ । झिँगाको सरापले डिँगा मर्दैन क्यारे । बरु गाली छाडेर ताली बजाउनुस्, आफ्नो भाग्य सपार्नुस् । राजनीतिक स्थिरताका लागि पनि राम्राभन्दा हाम्रा मान्छे नियुक्ति गर्नुपर्ने हुन्छ । राणा शासन १०४ वर्ष टिकेको पनि त्यही दाजुभाइ र नातेदारलाई खोजी खोजी राखेरै त हो । काम पनि गरिराखेकै छ त हो । राष्ट्रपतिकोमा नयाँ नयाँ सिफारिस पठाएको पठायै छ । सत्तामा फेरि आएदेखि नै सरकारले विभिन्न पदमा युद्धस्तरमा नियुक्ति गरिरहेकै छ त ।  देख्नुभएन, सरकारले तीन वर्षमा राजदूत नियुक्त गर्न सकिरहेको थिएन, अहिले तीन दिनमै ११ देशमा राजदूत नियुक्ति गर्नु कम ठूलो काम हो त ? अब फालिएका ७ मन्त्रीका ठाउँमा नयाँ मन्त्री पनि तु नियुक्त गर्ला । काम गरेन पनि भन्ने अनि ग¥यो भने ‘काम पाइनस् ....के गर’ भन्याजस्तो टीकाटिप्पणी शुरू गरिहाल्ने ? आलोचना र टिप्पणी पनि कस्ता अमिल्दा । राजदूत सिफारिश गर्दा ५० प्रतिशत परराष्ट्र सेवाबाटै हुनुपर्ने प्रावधानलाई सरकारले कुल्च्या कुल्च्यै छ रे । अनुभव र योग्यताको धज्जी उडाइयो रे । ‘राजनीतिकेन्द्रित’ बनाइयो रे । परराष्ट्र सेवाबाट दुईजना मात्र र बाँकीमा एमालेका कार्यकर्ता, त्यो पनि आफ्नै खल्तीका व्यक्तिलाई चयन गरियो रे । यसले राजदूत पदको मर्यादाकै बर्खिलाप भयो रे । यो सिफारिश आफैमा हास्यास्पद र कूटनीतिक दृष्टिकोणबाट अशोभनीय भयो रे । सरकारले चाकडी–चाप्लुसीको प्रवृत्तिलाई प्रश्रय दिएको प्रस्टै देखियो रे । राजदूत त बौद्धिक, प्राज्ञिक र सामाजिक चिनारी भएको हुनुपथ्र्याे रे । विषयगत जानकारी भएको हुनुपथ्र्याे रे । परराष्ट्र मन्त्रालयसमेत पद्धतिभन्दा लहडले मात्रै काम गर्न थालेको पनि स्पष्ट भयोे रे । कूटनीति संवेदनशील र गम्भीर मामिला पो हो रे । यस्तो लहडले देशको छविमै दूरगामी असर पर्छ रे । सही व्यक्तिको सही समयमा नियुक्ति नभएकाले नै नेपालमा संघीयताको बाली फस्टाउन नसकेको हो रे । ल ! भयो त अब । यस्तो अरेका कुरा पछि लागेर पनि हुन्छ ? सरकारले जाबो १०/११ राजदूत नियुक्तिको सिफारिश के गर्‍याथ्यो, यत्रो विरोध ? ‘त्यो पर्दैन’ नि । अब फेरि नियुक्ति समावेशी भएन भनेर मुद्दै पर्न बेर छैन । होइन, राजदूतको काम के नै हुन्छ र हो ? हाम्रो देशमा बेलायत, अमेरिका, भारत, चीनबाट आएका राजदूतले पो उनीहरूका आआफ्ना देशका खातिर थुप्रै काम गर्नुपर्छ । त्यसैले उनीहरू हाम्रा मन्त्री, प्रधानमन्त्री, न्यायाधीश, नेताजीहरूका बेडरूमसम्मै पुग्न सक्नेगरी प्रत्युत्पन्न मति, अनुभवले खारिएका, तर युवाहरू नियुक्त भएर आएका हुन्छन् । त्यै भएर उनीहरूले आआफ्ना काम सजिलै फत्ते गराउन पनि सकिरहेका छन् । हाम्रा देशबाट जाने राजदूतको काम भनेको त नेताजीहरू विदेश जाँदा दालभात, ह्विस्की र गाडीको प्रबन्ध गर्ने त हो । यदाकदा नेपाली युवालाई यसो कतै लेबरसेबर काम पाइन्छ कि भनेर खोज्दिनेसम्म न हो । अँ, अर्को, काम भनेको कतिओटा कफिन बाक्सा नेपाल जाँदै छ भन्ने तथ्यांक राख्ने त हो । यीबाहेक नेपाली दूतहरूको काम के नै पो हुन्छ र त्यहाँ एकदम योग्य, पढालिखा, चतुर, कूटनीतिमा अनुभवी मान्छे छानेर पठाउनलाई ? अनि योग्य व्यक्ति पाउन पनि कहाँ सजिलो छ र ? आफ्नै पार्टीको हुनुपर्‍यो, त्यो पनि आफ्नै गुटभित्रको । त्यसमा पनि सालीपट्टिका सात पुस्तासम्म भए नि नातागोताभित्रैको चाहियो, नभए निर्वाचन क्षेत्र वा जिल्लासम्म त मिल्नैपर्‍यो । यी सबैभन्दा त मालदार वा मसलदार नै सबै दृष्टिले योग्य हुन्छन् । तपाईंले भनेजस्तो योग्य नै खोज्न त आफू पनि योग्य हुनुपर्‍यो नि ? सजिलो छ त राजदूत छान्न ? आर्थिक कूटनीतिको अर्थ र आन्तर्य बुझेका, बलियो कूटनीतिक सम्पर्क स्थापित गरेर द्विदेशीय र बहुदेशीय सम्बन्धका आयाम विस्तार गर्न सक्ने मान्छे पाउनै कस्तो गाह्रो । पाइहालियो र उसलाई पठायो भने उसले नियुक्तिकर्तालाई नै टेर्दैन । एउटा कोरा कार्यकर्ता खोजेर उसलाई राजदूतको पगडी गुथाइदियो भने उसले निगाह मानेर जयजयकार त गर्छ । बरु विरोधीको पनि एकाध मान्छे, अझ विरोधी दलका नेताका सासु वा बुहारी पारिदिएपछि त विरोध पनि सामसुम हुन्छ । राजनीतिक स्थिरताका लागि पनि राम्राभन्दा हाम्रा मान्छे नियुक्ति गर्नुपर्ने हुन्छ । राणा शासन १०४ वर्ष टिकेको पनि त्यही दाजुभाइ र नातेदारलाई खोजी खोजी राखेरै त हो । त्यसैले, यो बहस गर्ने बेलै होइन । यो त अनिकालमा बीउ जोगाउने, महामारीमा जीउ जोगाउने बेला हो । यो समय कुन नियुक्ति कसको पकेटभित्र र कसको बाहिर भनेर बहस गर्ने बेला पनि होइन । कुनै योजना बनाउने र यो वा त्यो गर्ने बेला पनि हैन यो । यो त सबै कुरालाई जति टाल्न सकिन्छ, त्यति टाल्दै जाने हो । किनकि जसले यो समयलाई टाल्न सक्छ, त्यसैले भोलि चुनावमा विपक्षीलाई पछाडि फाल्न सक्छ । त्यसकारण सरकारले गरिरहेको प्रत्येक काममा हाम्ले विरोध गर्ने होइन, मुद्दा हाल्ने पनि होइन, बरु टुलुटुलु हेरेर बस्ने हो । गाली होइन, ताली ठोक्ने हो । त्यसैले आउनोस् ताली ठोकौं । अहिलेलाई भने ठाउँमा आफ्ना भएका बेला राजदूत पड्काउन सफलहरूलाई बधाई ! हजारौं श्रद्वाञ्जलीहरूबीचबाटै नवनियुक्त माननीय र सम्माननीय ज्यूूहरूलाई बधाई ! यो शोकको घडीमा सामाजिक सञ्जालमा छाएका तपाईं भाग्यमानीहरूका हँसिला, कसिला, जोशिला तस्वीरहरूका लागि बधाई ! अक्सिजन, शय्या, आईसीयू, भेण्टिलेटर र औषधि नपाए पनि अहिलेसम्म सास फेरिरहन पाएकामा तपाईं हामी सबैलाई बधाई ! हाम्रो आर्तनाद सुन्ने फुर्सद नभए पनि महामहिम, माननीय, ताननीय र सम्मानीयज्यूहरूले कमसेकम हाम्रो बधाईलाई चैं कृपा गरेर स्वीकार गरिदिनुहोला है ! धन्यवाद !

सम्बन्धित सामग्री

देउवाले प्रचण्डलाई दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिनुभएको छ । देउवाले सोमबार बिहान नेकपा (माओवादी केन्द्र) पदाधिकारी बैठक चलिरहेका बेला फोन गरेर बधाई दिनुभएको उपाध्यक्ष कृष्णबहादुर महराले बताउनुभयो । उनका अनुसार कांग्रेसका अन्य नेताले पनि फोन गरेर प्रचण्डलाई बधाई दिएका छन् ।

देउवाले दिए प्रचण्डलाई बधाई

काठमाडौं, पुस ११ । निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई तथा शुभकामना दिएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक चलिरहेका बेला देउवाले प्रचण्डलाई फोन गरेर बधाई तथा शुभकामना दिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए । उनका अनुसार अन्य कांग्रेस नेताहरूले पनि फोनमार्फत प्रचण्डलाई बधाई दिएका छन् […]

मेस्सीलाई बधाई दिदै नेयमारले लेख ‘बधाई ब्रदर’

काठमाडौं, पुस ४ । आईतबार कतारमा सम्पन्न फिफा विश्वकप–२०२२ को उपाधि जितेपछि पेरिस सेन्ट जर्मेन (पीएसजीका सहकर्मी नेयमारले लियोनल मेस्सीलाई बधाई दिएका छन्। नेमारले इन्स्टाग्राममार्फत मेस्सीलाई ‘बधाई ब्रदर’ को छोटो सन्देश लेख्दै बधाई दिएका हुन्। फ्रान्सलाई पेनाल्टी किकमा पराजित गर्दै अर्जेन्टिनाले तेस्रो पटक फिफा विश्वकपको उपाधि जितेको छ। निर्धारित समय र थप गरिएको समयमा ३–३ […]

बधाई

मेरो नाम सिफारिसमा परेकोमा किन बधाई ? के पायौ तिमीले ? त्यो पनि छैन । तिमीलाई दिन केही सकिन र पनि बधाई मलाई म पार्टीमा छानिएँ त किन बधाई ? तिम्रो योगदानलाई माटोमा मिलाएर ख्वामितको चाकडी गरेको मात्र हुँ फेरि बधाई किन ? मलाई चुनाव जितेकोमा बधाई किन ? मैले जित्दा तिमीले हारेका छौ बरू […]

बधाई किन ?

मेरो नाम सिफारिसमा परेकोमा तिमीले के पायौ र बधाई भन्यौ ? अँह केही पाएको छैनौ  तिमीलाई दिन केही सकिन र, पनि बधाई मलाई किन ? तिम्रो योगदानलाई माटोमा मिलाएरख्वामितको चाकडी गरेको मात्र हुँ म पार्टीमा छानिएँ फेरि बधाई किन ? मलाई चुनाव जितेकोमा बधाई किन ?मैले जित्दा तिमीले हारेका छौ कहिल्यै भनेनौ– जिम्मेवारी पुरा गर ममाथि साङ्लो लगाउनु पथ्र्यो नीतिको  सिसिफसलाई जस्तै कठोर सजाय दिएर ।म मन्त्री भएकोमा बधाई किन ?यो जित हैन नीति जिम्मेवार भ

प्रचण्डलाई अमेरिकाको बधाई

अमेरिकाले नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चुनिएकोमा पुष्पकमल दाहल प्रचण्डलाइृ बधाई तथा शुभकामना दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले प्रचण्डलाई बधाई दिएको हो ।अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले जनाएको छ ।

प्रचण्डले दिए देउवालाई बधाई

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित हुनुभएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।प्रचण्डले बुधबार बिहान देउवालाई बधाई दिएका हुन् ।  अध्यक्ष प्रचण्डले सभापति देउवालाई टेलिफोन गरि बधाई दिनुभएको उनको सचिवालयले जनाएको छ ।

अमेरिकाले दियो ओलीलाई बधाई

काठमाडौं, १५ मंसिर । अमेरिकाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएको छ । ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएको हो । अमेरिकी राजदूतावासले ट्वीट गर्दै ओलीलाई बधाई दिदै लोकतन्त्र, पारदर्शीता, उत्तरदायितव र स्वतन्त्र र धाँधलीरहित चुनावलाई साथ दिने जनाएको छ । मङ्गलबार अध्यक्षमा निर्वाचित भएका ओलीलाई अमेरिकाले सुरुमै बधाई दिनु […]

देउवालाई मोदीको बधाई

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । उनले देउवालाई सफल कार्यकालको शुभकामनासहित बधाई दिएका हुन् । आज साँझ देउवाले विश्वासको मत लिएलगत्तै मोदीले ट्वीटमार्फत् बधाई दिएक हुन् । उनले देउवासँग दुई देशको पृथक मित्रतासहित विभिन्न क्षेत्रमा मिलेर काम गर्ने उल्लेख गरेका छन् । मोदीले दुई देशको प्रगाढ […]