नवीकरण गर्न नआउने १७८ क्याम्पसको सम्बन्धन खारेज गर्दै त्रिवि

त्रिभुवन विश्वविद्यालयले एक सय ७८ क्याम्पसको सम्बन्धन खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । डेढ वर्षदेखि नवीकरण नगरेका र पटक–पटक ताकेता गर्दा पनि सम्पर्कमै नआउने ती क्याम्पसको सम्बन्धन खारेजीका लागि प्रक्रिया...

सम्बन्धित सामग्री

कोरोना महामारीले बढे मानसिक रोगी

ललितपुरको सानेपा बस्दै आएका प्रमोद पाण्डे (नाम परिर्वतन) गते चैतको अन्तिम साता दुई हप्तासम्मको उपचार पछि कोरोना सङ्क्रमणमुक्त भए । ३१ वर्षीय पाण्डे सङ्क्रमण मुक्त भएपछि पनि धेरै रातहरू ननिदाइ काटे । उनले निद्राको मात्र समस्या नभएर शरीर गल्ने, डर लाग्ने, थाहा भएका कुरा झट्ट भन्न खोज्दा याद नआउने समस्या महसुस गर्न थाले । यो समस्या करिब डेढ महिनासम्म देखिएपछि उनी अस्पताल पुगे । अस्पतालले पोष्ट कोभिडको आशङ्कामा त्रिवि शिक्षण अस्पतालको मानसिक विभागमा देखाउन सुझाव दिए । विभागका चिकित्सकले उनलाई ए

अधिकांश अस्पताल आइतवार खुल्ने

काठमाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भए पनि उपत्यकाका अधिकांश ठूला अस्पताल आइतवार सञ्चालनमा आउने भएका छन् । लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने बताउँदै ती अस्पताल आइतवार सञ्चालन हुन थालेका हुन् । उपत्यकाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, शहीद गंगालाल हृदय रोग केन्द्र, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललगायतका ठूला अस्पतालले बिरामीको उपचारलाई दृष्टिगत गर्दै आइतवार अस्पताल सञ्चालन गर्ने निर्णय गरेका हुन् । यसअघि जेठ १ गते आइतवारका दिनसमेत ती अस्पताल खुलेका थिए । तर, वीर अस्पतालले भने सरकारको दुई दिन बिदा दिने निर्णयलाई कार्यान्वयन गर्दै आइतवार बन्द गर्ने गरेको छ ।   सरकारले यही जेठ १ गतेदेखि शनिवार र आइतवार बिदा दिने निर्णय गरेको थियो । सरकारले सोमवारदेखि शुक्रवारसम्म कार्यालय समय बिहान ९:३० देखि अपराह्न ५:३० बजेसम्म तोकेको छ । वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले सरकारले गरेको निर्णयानुसार नै अस्पताल आइतवार बिदा हुने बताए । ‘सरकारको निर्णयानुसार हामी अस्पताल सञ्चालन गर्दछौं,’ उनले भने, ‘तर अस्पतालको आकस्मिक सेवा २४ घण्टा नै सञ्चालन भइरहेको छ । बहिरंग विभागमा त्यति गम्भीर बिरामी नआउने भएकाले आइतवार बन्द गर्ने निर्णय गरेका हौं ।’ कार्यालय समय बढेकाले बिरामीको उपचार गर्न सकिने तर्क उनको छ ।   यस्तै गंगालाल हृदयरोग केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले बिरामीको उपचारलाई दृष्टिगत गर्दै आइतवार पनि अस्पताल खुल्ने बताए । उनका अनुसार केन्द्र स्वायत्त स्वास्थ्य संस्था भएकाले सरकारको निर्णय माने पनि बिरामीको उपचारलाई ख्याल गर्दै आइतवार पनि खुल्नेछ । उक्त केन्द्रमा दैनिक ६०० बिरामी उपचारका लागि आउने गर्दछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. मनीषा थापाले सार्वजनिक बिदाका दिन आइतवार पनि बहिरंग सेवालगायत सम्पूर्ण सेवा नियमित सञ्चालन हुने बताइन् । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले पूर्ववत् अवस्थामा नै अस्पताल सञ्चालन भइरहने जानकारी दिए । रासस

प्रधानमन्त्री नगएपछि अन्तिम समयमा त्रिवि सभा स्थगित - Naya Patrika

त्रिभुवन विश्वविद्यालय सभा अन्तिम समयमा स्थगित भएको छ । त्रिवि पदाधिकारी तथा सभा सदस्य कुलपति तथा प्रधानमन्त्री केपी ओलीलाई स्वागत गर्न लाइनमा बसिरहेका वेला उनी सभामा नआउने खबर आएपछि बैठक...पूरा पढ्नुहोस् »