अधिकांश अस्पताल आइतवार खुल्ने

काठमाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भए पनि उपत्यकाका अधिकांश ठूला अस्पताल आइतवार सञ्चालनमा आउने भएका छन् । लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने बताउँदै ती अस्पताल आइतवार सञ्चालन हुन थालेका हुन् । उपत्यकाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, शहीद गंगालाल हृदय रोग केन्द्र, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललगायतका ठूला अस्पतालले बिरामीको उपचारलाई दृष्टिगत गर्दै आइतवार अस्पताल सञ्चालन गर्ने निर्णय गरेका हुन् । यसअघि जेठ १ गते आइतवारका दिनसमेत ती अस्पताल खुलेका थिए । तर, वीर अस्पतालले भने सरकारको दुई दिन बिदा दिने निर्णयलाई कार्यान्वयन गर्दै आइतवार बन्द गर्ने गरेको छ ।   सरकारले यही जेठ १ गतेदेखि शनिवार र आइतवार बिदा दिने निर्णय गरेको थियो । सरकारले सोमवारदेखि शुक्रवारसम्म कार्यालय समय बिहान ९:३० देखि अपराह्न ५:३० बजेसम्म तोकेको छ । वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले सरकारले गरेको निर्णयानुसार नै अस्पताल आइतवार बिदा हुने बताए । ‘सरकारको निर्णयानुसार हामी अस्पताल सञ्चालन गर्दछौं,’ उनले भने, ‘तर अस्पतालको आकस्मिक सेवा २४ घण्टा नै सञ्चालन भइरहेको छ । बहिरंग विभागमा त्यति गम्भीर बिरामी नआउने भएकाले आइतवार बन्द गर्ने निर्णय गरेका हौं ।’ कार्यालय समय बढेकाले बिरामीको उपचार गर्न सकिने तर्क उनको छ ।   यस्तै गंगालाल हृदयरोग केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले बिरामीको उपचारलाई दृष्टिगत गर्दै आइतवार पनि अस्पताल खुल्ने बताए । उनका अनुसार केन्द्र स्वायत्त स्वास्थ्य संस्था भएकाले सरकारको निर्णय माने पनि बिरामीको उपचारलाई ख्याल गर्दै आइतवार पनि खुल्नेछ । उक्त केन्द्रमा दैनिक ६०० बिरामी उपचारका लागि आउने गर्दछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. मनीषा थापाले सार्वजनिक बिदाका दिन आइतवार पनि बहिरंग सेवालगायत सम्पूर्ण सेवा नियमित सञ्चालन हुने बताइन् । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले पूर्ववत् अवस्थामा नै अस्पताल सञ्चालन भइरहने जानकारी दिए । रासस

सम्बन्धित सामग्री

ब्याजदर घट्दा पनि सेयर बजारमा उच्च गिरावट

५ मंसिर, काठमाडौं । मंसिर महिनामा अधिकांश वाणिज्य बैंकहरुले कात्तिकको तुलनामा निक्षेपको ब्याजदर घटाए । निक्षेपको ब्याजदर घट्दा तिहारपछि खुल्ने सेयर बजारले बढोत्तरीको लय समात्ने धेरैको अनुमान थियो । सामान्यतः ब्याजदर घट्दा सेयर बजार बढ्ने सिद्धान्त छ । तर, तिहारलगत्तै खुलेको बजार सोमबार जम्मा १ अंक मात्रै बढेकोमा मंगलबार भने सेयर बजार उच्च अंकले घटेको […]

हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

काठमाडौँ,२५ पुष । चिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर मिनपचासमा विद्यालय बन्द गरेका हुन् । सदरमुकाम आसपासका अधिकांश विद्यालयले फागुनपछि मात्रै वार्षिक परीक्षा सम्पन्न गरेर नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने भएका छन् । बन्द भएका विद्यालय अब फागुनमा मात्र खुल्ने छन् । हिउँदमा […]

हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

२५ पुस, सिमकोट। चिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर मीन पचासमा विद्यालय बन्द गरेका हुन् । सदरमुकाम आसपासका अधिकांश विद्यालयले फागुनपछि मात्रै वार्षिक परीक्षा सम्पन्न गरेर नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने भएका छन् । बन्द भएका विद्यालय अब फागुनमा मात्र खुल्ने छन् । […]

मौन अवधिभर नाइट क्लबमा पनि मदिरा बिक्री–वितरण निषेध

स्थानीय तह निर्वाचनको मौन अवधी शुरु भएसँगै स्थानिय प्रशासनले मदिरा बेच्न रोक लगाएको छ । वैशाख २७ को मध्यरातबाट मदिरा बिक्री वितरण तथा सेवन नगर्न काठमाडौं जिल्ला प्रशासनसहित अधिकांश जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेका छन् ।मौन अवधिमा काठमाडौं उपत्यकाका नाइट क्लवहरु बन्द हुँदैनन् । क्लब खुल्ने भएपनि मदिरा बेच्न र सेवन गर्न जिल्ला प्रशासन कार्यालयले निषेध गरेको छ । मौन अवधिमा रात्रि क्लबहरूमा मदिरा बेच्न र सेवन गर्न रोक लगाइएको काठमाडौंको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । रा

मौसम आजदेखि खुल्ने

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शनिबार पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरूमा हल्का वर्षा भएको थियो।काठमाडौँ उपत्यकामा पनि बिहानैदेखि बदली रहनुका साथै कतिपय स्थानमा हल्का वर्षासमेत भएको थियो । शनिबार अपराह्नपछि […]

फागुपूर्णिमाबाट भारतमा हल खुल्ने आशा

मुम्बई । कोरोनाको महामारीसँगै भारतमा दुई साताअघिबाट धमाधम लकडाउन हुन थालेपछि अधिकांश राज्यका सिनेमा हल बन्द अवस्थामा छन् । जसका कारण यो जनवरी र फेब्रेुअरीमा रिलिज हुने भनिएका बलिउड फिल्मको रिलिज स्थगित गरिएको छ । आगामी मार्चको दोस्रो साता अर्थात् फागुपूर्णिमाबाट भारतमा कोरोना मत्थर हुने र हल खुल्ने विश्वास बलिउडकर्मीको छ । सोहीकारण त्यसअघि रिलिज […] The post फागुपूर्णिमाबाट भारतमा हल खुल्ने आशा appeared first on राजधानी राष्ट्रिय दैनिक.

कुश्मामा असोज १ गतेदेखि विद्यालय खुल्ने

कुश्मा नगरपालिकाले सबै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्ने भएको छ । कोरोना सङ्क्रमण नियन्त्रण हुन थालेपछि आइतबार बसेको नगर शिक्षा समितिको बैठकले बन्द रहेका विद्यालय खोल्ने निर्णय गरेको हो । नगरप्रमुख रामचन्द्र जोशीले आगामी असोज १ गतेबाट सबै विद्यालय खोल्ने निर्णय भएको जानकारी दिए।      नगरपालिकामा सङ्क्रमणको दोस्रो लहरपश्चात् वैशाखदेखि भौतिक उपस्थितिमा हुने पठनपाठन रोकिएको थियो । केही विद्यालयले अनलाइनमार्फत पढाइ सञ्चालन गरे पनि ग्रामीण क्षेत्रका अधिकांश विद्यालयले इन्टरनेटको असुविधाका क...

दश महिनापछि खुल्दै देशभरका नाटकघरहरू, कता छन् कस्ता कार्यक्रम?

काठमाडौं : आउँदो माघ १ गतेबाट नेपालका अधिकांश नाटकघर खुल्ने भएका छन्। नाटकघरहरूको साझा संगठन थिएटर हबले विज्ञप्ती जारी गर्दै खबर पुष्टि गरेको हो। कोभिड-१९ महामारी र संक्रमण नियन्त्रणका लागि भएको लकडाउनको प्रभाव रङ्गमञ्चमा पनि परेको छ। उद्योग, व्यापवार तथा व्यवसायसँगै कला र मनोरञ्जनको माध्यम रङ्गमञ्च शिथिल रह्यो। नाटकघरहरू बन्द…

माघदेखि काठमाडौं उपत्यकाका विद्यालय पनि खुल्ने

प्रकाश सिलवाल,काठमाडौं । कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन् । गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित यहाँका विद्यालयले सम्बन्धित निकायको समन्वयमा प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेका हुन् । अनलाइन तथा रेडियो÷टेलिभिजनमा आधारित वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएकाले पनि विद्यालय खोल्न दबाब परेको हो । कोरोना जोखिम कम भएका काठमाडौँ उपत्यका बाहिरका अधिकांश स्थानका विद्यालय गत मङ्सिरदेखि स्थानीय तहको अनुमतिमा सञ्चालनमा आएका थिए । ती विद्यालयमा सङ्क्रमित शिक्षक वा विद्यार्थी देखिए केही साता बन्दपछि पुनः सञ्चालनको प्रयोग पनि गरिएको छ । हाल देशभर दैनिक करीब ५०० र काठमाडौँमा २०० को हाराहारीमा सङ्क्रमित देखिएका छन् । काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका अधिकृत ९आठौँ० मोती भट्टराईले जिल्ला कोभिड–१९ को समन्वय र सुझावमा अन्य क्षेत्र पनि खोल्ने तयारीसँगै जनस्वास्थ्यका मापदण्ड पालना गरी क्रमशः विद्यालय खोल्न सकिने बताउनुभयो । उहाँले गाडीको प्रयोग नगरी माथिल्लो कक्षाबाट दिनमा तीन/चार घण्टाका दरले प्रयोगका रुपमा विद्यालय खोल्न सकिने राससलाई जनाउनुभयो । काठमाडौँमा ९२ सामुदायिक र ६४५ निजी ९संस्थागत० विद्यालय छन् । यसैगरी सामुदायिकमा ४३ हजार र निजीमा एक लाख १० हजार विद्यार्थी छन् । कोभिड–१९ को केन्द्रीय संयोजक समितिले विद्यालयलगायत विभिन्न क्षेत्र खुलाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । काठमाडौँको डिल्लीबजारस्थित विजयस्मारक माविका प्रधानाध्यापक डिल्ली शर्माले सामाजिक दूरीसहित कक्षा ११ र १२ को परीक्षा सफलतापूवर्क सम्पन्न गरे पनि आफूहरुलाई विद्यालय खोल्न आत्मबल बढेकाले अब क्रमशः विद्यालय खोल्ने तयारीमा रहेको बताउनुभयो । भक्तपुर र ललितपुरका कतिपय विद्यालय यसअघि नै सञ्चालनमा आएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु भएको थियो । विद्यालय खोल्नपूर्व अनिवार्यरुपमा निर्मलीकरण गर्र्नुपर्नेछ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्थानीय तहको समन्वयमा विद्यालय खोल्न सकिने आधार यसअघिकै कार्यविधिले दिइसकेको ...