कोरोना महामारीले बढे मानसिक रोगी

ललितपुरको सानेपा बस्दै आएका प्रमोद पाण्डे (नाम परिर्वतन) गते चैतको अन्तिम साता दुई हप्तासम्मको उपचार पछि कोरोना सङ्क्रमणमुक्त भए । ३१ वर्षीय पाण्डे सङ्क्रमण मुक्त भएपछि पनि धेरै रातहरू ननिदाइ काटे । उनले निद्राको मात्र समस्या नभएर शरीर गल्ने, डर लाग्ने, थाहा भएका कुरा झट्ट भन्न खोज्दा याद नआउने समस्या महसुस गर्न थाले । यो समस्या करिब डेढ महिनासम्म देखिएपछि उनी अस्पताल पुगे । अस्पतालले पोष्ट कोभिडको आशङ्कामा त्रिवि शिक्षण अस्पतालको मानसिक विभागमा देखाउन सुझाव दिए । विभागका चिकित्सकले उनलाई ए