भदौ ३१ यता सरकारी ढुकुटीबाट रकम खर्चिन नपाएको सरकारले संसद्बबाट विनियोजन विधेयक पारित गर्ने तयारी थालेको छ । सरकारले विनियोजन विधेयकलाई छिटो पारित गरेर खर्च गर्ने बाटो खोल्ने तयारी गरेसँगै संसद्ले पनि सोहीअनुसार अगाडि बढ्ने तयारी गरेको हो । ‘बजेट सटडाउन’ हुँदा कर्मचारी, सांसद, मन्त्री, प्रधानमन्त्रीहरुको तलबका साथै विकास आयोजनालगायतको भुक्तानीसमेत रोकिएको छ ।