पौष्टिक तत्त्व मिसाइएको नौ हजार क्विन्टल चामल वितरण

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशका पाँच जिल्लामा नौ हजार क्विन्टल पौष्टिक तत्त्व मिसाइएको चामल (फोर्टीफाइड राइस) वितरण गरेको छ । विश्व खाद्य कार्यक्रमको प्राविधिक र आर्थिक सहयोगमा स्तरोन्नति गरिएको चामल उत्पादन गरी कम्पनीले कुपोषण बढी भएका कर्णाली प्रदेशका कालीकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा जिल्लामा वितरण गरिएको हो । सो चामलको प्रयोगले बाल मृत्युदर कम गर्ने अपेक्षा गरिएको छ । खाद्य कम्पनीका बिक्री प्रमुख भीम थापाले बजार मूल्यमा हालसम्म नौ हजार क्विन्टल फोर्टीफाइड राइस वितरण गरिसकेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ।

चीनकाे बाटाे हुँदै हिल्सा पुग्यो चार हजार क्विन्टल चामल

हुम्ला – काठमाण्डाैबाट केरुङ हुँदै हुम्लाका लागि आएको चामल हिल्सा आइपुगेको छ । चामल लोड भएका गाडीले केरुङबाट तिब्बती मार्ग हुँदै चीनको ताक्लाकोटबाट हिल्सा आइपुग्न तीन दिन लगाएका थिए ।हुम्लाका लागि चामल बोकेका ४० वटा गाडी हिल्सा आइपुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाले जनाएको छ । तीन दिन अगाडि चामल लोड भएका गाडी काठमाण्डाैबाट छुटेका थिए ।चामलकाे समस्या भएको बेला लिमिटेडले चार हजार क्विन्टल पैदल मार्गबाट पठाएको हो । जिल्लामा चामल समस्या देखिएका बेला केरुङ नाका हुँदै...

दुर्गम जिल्लामा थप सत्ताइस हजार क्विन्टल चामल पठाइँदै

काठमाडौं, जेठ २९ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थप माग आएका दुर्गम जिल्लामा २७ हजार क्विन्टल चामल ढुवानी गर्न लागेको छ । चालु आर्थिक वर्षका लागि स्वीकृत कोटाले अपुग भएपछि १२ जिल्लाबाट थप माग आएकामा कम्पनीले २६ हजार ९७० क्विन्टल चामल पठाउन लागेको हो । खाद्यान्न अभाव भएपछि ती जिल्लाबाट चामलको माग आएको […]

हुम्लामा खाद्यान्न अभाव, नेपालगन्जमै थन्कियो चामल

स्थलमार्गबाट हुम्ला पठाउनुपर्ने एक हजार दुई सय क्विन्टल चामल नेपालगन्जमा रोकिएको छ।  ढुवानीको जिम्मा पाएको एलवी सप्लायर्सले समयमा ढुवानी नगर्दा चामल नेपालगन्जमा रोकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जका प्रमुख रामशरण...

एक लाख ६२ हजार क्विन्टल चामल खरिद गर्दै खाद्य कम्पनी

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक लाख ६२ हजार ५ सय क्विन्टल चामल खरिद गर्ने भएको छ । लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि कम्पनीले चामल खरिद गर्न लागेको हो ।चामल खरिद गर्नका लागि कम्पनीले टेन्डर आह्वान गरेको छ । कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले भनिन्, “१ लाख ६२ हजार क्विन्टल चामल खरिदका […]

सहुलियत मूल्यको चामल बिक्री सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोड कार्यालयले चाडपर्व लक्षित गरेर सहुलियत मूल्यमा उपभोक्तालाई चामल बिक्री गर्न सुरु गरेको छ । कार्यालयले नौ हजार क्विन्टल चामल सहुलियत मूल्यमा बिक्रीका लागि राखेको कार्यालयमा प्रमुख देवेन्द्र राईले बताए । हालसम्म २३ क्विन्टल चालम बिक्री भइसकेको छ । उनका अनुसार सरकारले यसपटक चामलमा प्रतिकेजी रु पाँच अर्थात आठ प्रतिशत मात्र छुट दिएको छ ।

खाद्यान्न संकट टार्न रुकुम पूर्वलाई एक हजार क्विन्टल चामल स्वीकृत

रुकुम (पूर्व) : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रुकुम पूर्वका लागि एक हजार क्विन्टल चामल कोटा स्वीकृत गरेको छ। जिल्ला खाद्य व्यवस्थापन समिति रुकुम पश्चिमले माग गरे अनुसार उक्त कोटा स्वीकृत भएको हो।आर्थिक वर्ष २०७७/०७८ का लागि लिमिटेडको रुकुम पश्चिम शाखा कार्यालयले लिमिटेडको बिक्री वितरण विभागले प्रधान कार्यालय काठमाडौँमा अनुरोध गरेपछि उक्त परिमाणको चामलको कोटा स्वीकृत भएको हो। रुकुमपूर्वमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रत्येक वर्ष जिल्लाका रुकुमकोट र तक

हुम्लाका लागि सात हजार क्विन्टल चामल स्वीकृत

हुम्ला – सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत सात हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ । जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरेअनुसार उक्त कोटा स्वीकृत गरिएको लिमिटेड हुम्ला शाखाका नायब सुब्बा भरत अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७७/०७८ का लागि लिमिटेडको हुम्ला शाखाले गत फागुन २६ गते लिमिटेडको बिक्री वितरण विभाग, प्रधान कार्यालय काठमाडौँमा अनुरोध गरेपछि उक्त परिमाणको चामलको कोटा स्वीकृत भएको हो । “लिमिटेडले सिमकोट केन्द्रका लागि १४ हजार क्व...