बढेको बजारमा उत्पादन तथा प्रशोधन समूहका कम्पनीको शेयर मूल्य औसतमा करीब १९ % बढ्यो

काठमाडौं । गत मङ्सिर १९ गते १ हजार ८३० विन्दुसम्म झरेको नेपालको धितोपत्र दोस्रो बजार मङ्सिर २० गतेदेखि उकालो लागेको छ । त्यसपछिको १३ कारोबार दिनमा नेप्से परिसूचक तीन कारोबार दिन मात्र घटेको छ । मङ्सिर २० गतेपछि मङ्सिर २५ गते १५ दशमलव ४० अंकले घटेको बजार पछिल्लो कारोबार दिन पुस ५ गते ३२ दशमलव ७७ अंक र पुस ८ गते २१ दशमलव शून्य ३ अंकले घटेको छ । पछिल्लो कारोबार दिन नेप्से परिसूचक २ हजार ८८ दशमलव शून्य ७ विन्दुमा पुगेको छ । यो बीचमा बजार २ हजार १५४ दशमलव ५१ विन्दुसम्म पुगेको छ । बढेको बजारमा उत्पादन तथा प्रशोधन समूहका कम्पनीको शेयर मूल्य औसतमा १८ दशमलव ७७ प्रतिशत बढेको छ । धितोपत्र दोस्रो बजारमा हाल यो समूहअन्तर्गत आठ कम्पनीहरूको शेयर सूचीकृत छ । बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई), नेपाल ल्यूब आयल, युनिलिभर नेपाल, शिवम् सिमेन्ट, घोराही सिमेन्ट इन्डण्ट्री, सोनापुर मिनरल्स एण्ड आयल र हिमालय डिष्टिलरीको शेयर उत्पादन तथा प्रशोधन समूहअन्तर्गत सूचीकृत भएको हो । यीमध्ये नेपाल ल्यूब आयलको भने शेयर कारोबार भएको देखिँदैन । नेपाल ल्यूब आयलको पछिल्लो कारोबार दिनको अन्तिम मूल्य २८२ रुपैयाँ ४० पैसा कायम छ ।  यो समूह अन्तर्गतका कम्पनीमध्ये शेयर मूल्यका हिसाबमा सबैभन्दा बढी युनिलिभर नेपालको छ । युनिलिभर नेपालको शेयर मूल्य प्रतिकित्ता ४३ हजार १०० रुपैयाँ कायम छ । मङ्सिर १९ गते युनिलिभर नेपालको शेयर मूल्य प्रतिकित्ता ३९ हजार रुपैयाँ थियो । यो बीचमा युनिलिभर नेपालको शेयर मूल्य प्रतिकित्ता ४ हजार १०० रूपैयाँले बढेको छ । युनिलिभर नेपालले यस वर्ष हालसम्मकै सर्वाधिक लाभांश वितरण गरिसकेको छ । कम्पनीले प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले यस वर्ष नगद लाभांश वितरण गरेकोे हो । उत्पादन तथा प्रशोधन समूह अन्तर्गतका अधिकांश कम्पनीहरूले यो वर्ष लाभांश वितरण गर्न लागेका छन् । शिवम् सिमेन्टले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश, घोराही सिमेन्टले १५ प्रतिशत बोनस शेयर, हिमालयन डिष्टिलरीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १५ प्रतिशत नगद लाभांश, नेपाल ल्यूब आयलले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश, बोटलर्स नेपाल (तराई)ले ६० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । बोटलर्स नेपाल (बालाजु)ले यस वर्ष लगानीकर्ताको हात खाली बनाएको छ भने असोजमा २४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको सोनापुर मिनरल्सले लाभांशसम्बन्धी कुनै पनि जानकारी सार्वजनिक गरेको छैन । यस वर्ष धेरै कम्पनीले लाभांश वितरण नगर्ने घोषणा गरेका छन् । उत्पादन तथा प्रशोधन समूहका अधिकांश कम्पनीले भने आकर्षक लाभांश घोषणा गरिसकेका छन् । बढेको बजारमा उत्पादन तथा प्रशोधन समूह अन्तर्गतका सबै कम्पनीको शेयर मूल्य बढेको छ । यसबीचमा नेपाल ल्यूब आयलको २५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ ।  स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

सम्बन्धित सामग्री

शेयर बजार आज उच्च अङ्कले बढ्यो - NepaliPatra

काठमाडौँ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ५८ अङ्कले बढेर २ हजार एक सय ११ दशमलव २४ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा बीमा समूह, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन, विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । […]

आज १० अंकले बढ्यो नेप्से

काठमाडौँ : गत साता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यो सातामा कारोबारको पहिलो दिन भने दोहोरो अंकको सुधार देखिएको छ। आज (आइतवार) नेप्से परिसूचक १० दशमलव ३७ अ्कले बढेर २ हजार ९४ दशमलव ४६ को बिन्दुमा कायम भएको छ।आज ३०६ कम्पनीका १ करोड ७ लाख ५१ हजार १६४ कित्ता शेयर १ लाख ७८२ पटक खरिद बिक्री हुँदा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रुपैयाँ बराबरको कारोबार भएको छ।आज बैंकिङ समूह शून्य दशमलव ०९, होटल तथा पर्यटन समूह १ दशमलव ८६, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४९ र म्

सात कारोबार दिनमा ९.५२ प्रतिशत बढ्यो नेप्से, ७ अर्बभन्दा बढीको शेयर कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचकसँगै कारोबार रकममा वृद्धि भएको छ । यस नेप्से परिसूचक १ दशमलव ६८ प्रतिशत अर्थात् ३५ दशमलव ३९ अंक बढेर २ हजार १४१ दशमलव ८७ विन्दुमा पुगेको हो । यससँगै नेप्से परिसूचक लगातार सात कारोबार दिन वृद्धि भएको हो । सात कारोबार दिनमा परिसूचक ९ दशमलव ५२ प्रतिशत वृद्धि भएको छ ।  राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत तुलनात्मकरूपमा केही लचिलो नीति लिएपछि शेयर बजारमा सकारात्मक माहोल देखिएको हो । राष्ट्र बैंकले शेयर धितो कर्जामा जोखिमभार घटाएको र ब्याजदर घटाउने नीति लिएकै कारण शेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको जानकार बताउँछन् ।  यसो त लामो समयदेखि घटेको बजारमा सूचीकृत कम्पनीहरूको शेयर मूल्य निकै तल्लो विन्दुमा रहेकाले पनि खरीदकर्ता आकर्षित भएको अनुमान लगाउन सकिन्छ ।  ३०६ धितोपत्रको १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता शेयर १ लाख ११ हजार ७२३ पटकमा रू. ७ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये ११ धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल, थ्री स्टार हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया, बिपिडब्लु लघुवित्त, बलेफी हाइड्रोपावर, युनाइटेड इदी मर्दी आरवि हाइड्रोपावर, लिवर्टी इनर्जी कम्पनी, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, हिमालयन डिष्टीलरी र बोटलर्स नेपाल बालाजुको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको हो ।  बुधवार सबैभन्दा बढी कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ३ दशमलव ८२ प्रतिशत घटेको छ । इकाई मूल्य रू. ८ दशमलव ५५ कायम भएको हो । दोस्रोमा नेरुडे लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ३ दशमलव ६५ प्रतिशत घटेर रू. ६६० मा झरेको हो । सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले अ‍ोटगेको छ । यस कम्पनीको रू. ३७ करोड ३४ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६१३ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोल्टी होटलको रू. २४ करोड ५३ लाख बराबरको भएको हो ।  यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये होटल तथा पर्यटन समूहको परिसूचक १ दशलमव ८९ प्रतिशत र निर्जीवन बीमा समूहको शून्य दशमलव ०८ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक ७ दशमलव १५ प्रतिशत वृद्धि भएको छ । त्यस्तै लगानी समूहको ६ दशमलव ९२ र व्यापार समूहको परिसूचक ६ दशमलव २० प्रतिशत वृद्धि भएको छ ।

शेयर बजार साढे ६ अङ्कले बढ्यो - NepaliPatra

काठमाडौँ। आज बिहीवार पनि शेयर बजार बढेको छ। हिजो बुधवार सामान्य बढेको शेयर बजार परिसूचक नेप्से आज छ दशमलव ५५ अङ्कले बढेर एक हजार नौ सय ९४ दशमलव ६० विन्दुमा पुगेको हो। आज बैंकिङ, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स र व्यापार बाहेक अरू समूहको शेयर बढेकोमा निर्जीवन बीमा, विकास बैंक, उत्पादन तथा प्रशोधन र हाइड्रोपावर समूहको […]

शेयर बजार सामान्य बढ्यो - NepaliPatra

काठमाडौँ। आज बुधबार शेयर बजार सामान्य बढेको छ। दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६० अङ्कले बढेर १ हजार ९ सय ८८ दशमलव ०४ विन्दुमा पुगेको छ। आज होटल तथा पर्यटन, बीमा र व्यापारबाहेक अरू समूहको शेयर बढेकोमा विकास बैंक, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ। […]

शेयर बजार दोहोरो अङ्कले बढ्यो - NepaliPatra

काठमाडौँ। आज बिहीबार शेयर बजार बढेको छ। बुधवार ३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ७३ अङ्कले बढेर १ हजार ८ सय ५२ दशमलव ७३ विन्दुमा पुगेको छ। आज व्यापारबाहेक सबै समूहको शेयर बढेको छ। आज बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो […]

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं : तिहार र छठपछि आज खुलेको शेयर बजारमा झिनो अङ्कको सुधार देखिएको छ। आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ अङ्कमा कायम भएको छ।आज दुई सय ८४ कम्पनीको ३३ लाख १९ हजार पाँच सय ५८ कित्ता शेयर ४४ हजार सात सय २७ पटक खरिद बिक्री हुँदा रू एक अर्ब नौ करोड ९३ लाख १८ हजार २९ बराबरको कारोबार भएको छ।आज होटल तथा पर्यटन समूह एक दशमलव ८३, उत्पादन तथा प्रशोधन समूह एक दशमलव ९१, लघुवित्त समूह एक दशमलव ४२ र अन्य समूह शून्य दशमलव १३ प्रतिशतले घटेको छ भने अरू सब

३.८० % बढ्यो नेप्से, ६ अर्ब ३२ करोड बराबरको शेयर खरीदविक्री

माघ १६, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक ३दशमलव ८० प्रतिशत अर्थात् १०५ दशलमव ५५ अंकले बढेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ८८५ दशमलव ५३ विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २३१ ओटा धितोपत्र १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर ८१ हजार ७०६ पटकमा रू. ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ दशमलव ५७ मा खरीदविक्री भएको छ ।  यो दिन कारोबारमा आएका ती धितोपत्रमध्ये पाँच ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था,लिवर्टी इनर्जी कम्पनी,शिवश्री हाइड्रोपावर,नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ९ दशलमव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  यो दिन मञ्जुश्री फाईनान्सको ९ दशमलव ५ प्रतिशत मञ्जुश्री फाईनान्स डिबेञ्चर २०८५ को मूल्य सबैभन्दा बढी ३ दशमलव २३ प्रतिशतले घटेको छ । डिबेञ्चर मूल्य प्रतिकित्ता रू. ९०० कायम भएको छ । त्यसैगरी दोस्रोमा एनआईसी एशिया सेलेक्ट फण्ड ३० को इकाई मूल्य २ दशमलव २३ प्रतिशतले घटेर प्रतिइकाई रू. ९ दशमलव १९ मा झरेको छ । यो दिन सर्वाधिक शेयर खरीदविक्री अपि पावर कम्पनीको भएको छ । कम्पनीको रू. २६ करोड १५ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५४६ कायम भएको छ ।  यसैगरी दोस्रोमा नेपाल दुरसञ्चार कम्पनीको रू. २३ करोड ६२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहकै परिसूचक समग्र बढेसँगै नेप्से परिसूचक बढेको छ । कारोबारमा आएका ती समूहमध्ये सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ६ दशमलव ५६ प्रतिशतले वृद्धि भएको छ ।  त्यसैगरी बैंकिङ समूहको परिसूचक २ दशमलव ६ प्रतिशत, व्यापार समूहको ४ दशमलव ९८ प्रतिशत,होटल एण्ड टुरिजम समूहको ४ दशमलव ५८ प्रतिशत,हाइड्रोपावर समूहको ५ दशमलव ६३ प्रतिशत,वित्त समूहको ६ दशमलव ३४ प्रतिशत,निर्जीवन बीमा समूहको ३ दशमलव ३६ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको २ दशमलव ७२ प्रतिशतले वृद्धि भएको छ ।  यस्तै अन्य समूहको ३ दशमलव ८७ प्रतिशत,लघुवित्त समूहको ३ दशमलव २५ प्रतिशत,जीवन बीमा समूहको ३ दशमलव ४ प्रतिशत र म्युुचुअल फण्ड समूहको परिसूचक १ दशमलव ७५ प्रतिशतका दरले वृद्धि भएको छ ।  स्थानिय निकायको निर्वाचन आगामी जेठ महीनाभित्रै सम्पन्न गर्न गठबन्धन समूहका दलहरु सहमत भएसँगै शेयर बजारमा सकारात्मक प्रभाव परेको जस्तो देखिएको छ । केहि दिनदेखि लगातार बजार घटेको र घटेको बजारमा खरीदकर्ता हाबी भएकाले पनि यो दिन बजार बढेको देखिन्छ । चुनावका बेला राजनीतिक गतिविधि बढ्दा खर्च बढ्ने भएकाले बजारमा तरलता बढ्ने अनुमानका आधारमा लगानीकर्ताहरु सक्रिय भएका कारण पनि यो दिन शेयर बजारमा सकारात्मक प्रभाव परेको जस्तो देखिएको छ ।

शेयर बजार ६९ अङ्कले बढ्यो : ९ अर्ब ६७ करोड रुपैयाँ भन्दा धेरैको कारोबार

काठमाण्डौ – कारोबार हुने हप्ताको पहिलो दिन आज शेयर बजार ६९ अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६९ अंकले बढेर दुई हजार ९ सय २६ दशमलव ७४ बिन्दुमा पुगेको हो ।  आज कारोबार भएका कम्पनीमध्ये एक सय ६७ वटाको मूल्य बढेको छ । १६ वटाको घटेको छ । ६ वटाको मूल्य स्थिर रह्रयो । आज उत्पादन तथा प्रशोधन समूहको सूचक ४ सय ९ अंकले, जीवन बीमा तीन सय ८९ र निर्जीवन बीमा दुई सय ६६ अंकले बढेको छ ।  त्यस्तै विकास बैंक समूह एक सय ४३ अंकले, ब्यापार समूह झण्डै ८० अंकले, जलविद्युत् ७५, फाइनान्स साढे ५६ अंकले, होट...

१२ अर्बको शेयर कारोबार भएको बजारमा विकास बैंक समूहको परिसूचक ९.२५ % ले बढ्यो

जेठ २५, काठमाडौं । मंगलवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ४४ दशमलव ७७ अंकले बढेर २ हजार ९५१ दशमलव ४६ विन्दुमा पुगेको छ ।  १ दशमलव ५४ प्रतिशतले बढेको बजारमा २१७ ओटा कम्पनीको रू. १२ अर्ब ३ करोड १ लाख २८ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारको तेस्रो घण्टामा ७ ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । ती कम्पनीहरुमा गोर्खाज फाइनान्स, जानकी फाइनान्स, श्री इन्भेष्टमेण्ट फाइनान्स, समृद्धि फाइनान्स, सांग्रिला डेभलपमेण्ट बैंक मुक्तिनाथ विकास बैंक र ग्रीन डेभलपमेण्ट बैंक रहेका छन् ।  तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, लघुवित्त र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ । जसमध्ये विकास बैंक समूहको परिसूचक सर्वाधिक ९ दशमलव २५ प्रतिशतले बढेको छ । यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ८७ करोड २७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ९८८ मा कारोबार भइरहेको छ । कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा रसुवागढी हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ५०९ मा रू. ३५ करोड ३४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।