बोटलर्स नेपाल तराई र सामुदायिक लघुवित्तको शेयरमूल्यमा सर्किट

कात्तिक १४, काठमाडौं । साताको पहिलो  कारोबार दिन आइतवार बजार खुलेको तीन घण्टाको अवधिमा बोटलर्स नेपाल तराई र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  बोटलर्स नेपाल तराईको शेयरमूल्य प्रतिकित्ता रू. ११ हजार ३३० र सामुदायिक लघुवित्तको शेयरमूल्य रू.१ हजार ५४४ पुगेको छ । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।    

सम्बन्धित सामग्री

पाँच वर्ष पुरानो लाभांश लिन बोटलर्स नेपाल तराई र बालाजुको अनुरोध

काठमाडौं । बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु)ले पाँच वर्ष पुरानो लाभांश बुझ्न सम्बन्धित शेयरधनीलाई आग्रह गरेका छन् ।  दुवै कम्पनीले सूचना जारी गरी आर्थिक वर्ष ०७४/७५ को मुनाफाबाट वितरण गर्ने निर्णय भएको नगद लाभांश बुझिलिन आग्रह गरेको हो । फागुन २१ गते सूचना जारी गर्दै दुवै कम्पनीले एक महीनाभित्र सम्पर्क गरी लाभांश भुक्तानी लिन भनेको हो ।  कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा सम्पर्क गर्न कम्पनीहरूले भनेका छन् । तोकिएको अवधिभित्र भुक्तानी लिन नआए बाँकी रहेको लाभांश रकम कम्पनी ऐन २०६३ बमोजिम स्थापित लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी समेत कम्पनीले दिएको छ ।

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रम सम्बन्धी सम्झौता सम्पन्न भएको छ।...

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच सम्झौता

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता भएको छ । सम्झौता कार्यान्वयन गर्नका लागि एक समझदारी पत्रमा त्रिपक्षीय हस्ताक्षर भएको हो । सम्झौताअनुसार बैंकले बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई)का उत्पादन खरिद गर्नका लागि आधिकारिक डिष्ट्रिब्युटर्सलाई आवश्यक चालुपुँजी प्रदान गर्न च्यानल फाइनान्सिङ सुविधा प्रदान […]

बोटलर्स नेपाल र बोटलर्स नेपाल तराईको लाभांश घोषणा

९ असोज, काठमाडौं । बोटलर्स नेपाल कम्पनी लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडले लाभांश घोषणा गरेका छन् । ६ असोज बिहीबार बसेको सञ्चलाक समितिको बैंठकले दुबै कम्पनीको लाभांश प्रस्ताव गरेको हो । बोटलर्स नेपालले सेयरधनी आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै बोटलर्स नेपाल तराईले […]

बोटलर्स नेपाल तराई र बालाजु कम्पनीले बोलाए वार्षिक साधारण सभा

पुस ४, काठमाडौं । बोटलर्स नेपाल तराई र बालाजु कम्पनीले साधारण सभा पुस २८ गते गर्ने भएका छन् ।  बोटलर्स नेपाल (बालाजु) ले ४३ औं वार्षिक साधारण सभा पुस २८ गते बेलुका ४ बजे होटल ¥याडिसन लाजिम्पाट, काठमाडौमा बोलाएको छ । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र एकजना स्वतन्त्र सञ्चालक र एक जना सर्वसाधारणको प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यसैगरी सभाले आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस २१ गते देखि २८ गतेसम्म बन्द रहने कम्पनीले बताएको छ । त्यसैगरी बोटलर्स नेपाल (तराई) कम्पनीले पनि ३५औं साधारण सभा पुस २८ गते बिहान होटल ¥याडिसन लाजिम्पाट काठमाडौंमा बोलाएको छ । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने,आव २०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र एक जना स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस २१ गते देखि २८ गतेसम्म बन्द गर्ने बताएको छ । ती दुबै कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छैनन् ।

बोटलर्स नेपाल (तराई) र मानुषी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

कात्तिक २८, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बोटलर्स नेपाल (तराई) र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सर्किट लागेको छ । बोटलर्स नेपाल (तराई) को शेयरमूल्य अघिलल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ दशलमव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । यी दुवै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । बोटलर्स नेपाल (तराई) को शेयरमूल्य प्रतिकित्ता रू. ११ हजार ८२५ र मानुषी लघुवित्त वित्तीय संस्थाको रू. १ हजार २१ दशमलव ५० पुगेको छ ।

बोटलर्स नेपाल लिमिटेड बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२० बाट सम्मानित

काठमाडौं, २३ भदौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान)ले बोटलर्स नेपाल (तराई) लिमिटेड (बीएनटीएल) लाई जेनेरल सेक्टर (अन्य) श्रेणी अन्तर्गत “बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२० अवार्ड”बाट सम्मानित गरेको छ । उत्कृष्ट प्रस्तुतीकरण, विस्तृत प्रकटीकरण र आर्थिक बर्ष २०७६/७७ को वार्षिक रिपोर्टको प्रस्तुतीमा उत्कृष्टताका लागी यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो । बोटलर्स नेपाल […]

वेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डबाट बोटलर्स नेपाल(तराई) सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल(आइक्यान) ले बोटलर्स नेपाल(तराई) लिमिटेडलाई जेनेरल सेक्टरअन्तर्गत ‘वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट २०२० अवार्ड’बाट सम्मानित गरेको छ । उत्कृष्ट प्रस्तुतीकरण, विस्तृत प्रकटीकरण र आर्थिक वर्ष ०७६/७७ को वार्षिक रिपोर्टको प्रस्तुतिमा उत्कृष्टताका लागि सम्मान प्रदान गरिएको हो । अघिल्लो वर्ष बोटलर्स नेपाल लिमिटेड त्यही श्रेणीमा उपविजेता भएको थियो । कर्पोरेट प्रशासन र अनुपालन बोटलर्स […]

बोटलर्स नेपाल (तराई) ले जित्यो बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) ले बोटलर्स नेपाल (तराई) लिमिटेडलाई जेनेरल सेक्टरअन्तर्गत ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट २०२० अवार्ड’बाट सम्मानित गरेको छ । उत्कृष्ट प्रस्तुतीकरण, विस्तृत प्रकटीकरण र आर्थिक वर्ष ०७६/७७...

१० प्रतिशत बढ्यो बोटलर्स नेपाल (तराई)को सेयर

काठमाडौं। बोटलर्स नेपाल (तराई)को सेयर मूल्य १० प्रतिशतले बढेको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ३७ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यो विवरण सर्वाजनिक भएपछि आज कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो। प्रतिकित्ता ९१५ रुपैयाँले बढ्दै आज कम्पनीको सेयर मूल्य १० हजार ६५ रुपैयाँ पुगेर रोकिएको छ।