टि–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हरायो

आईसीसी टि–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । आज भएको सुपर १२ समूह ‘बी’ को खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हरायो । जितका लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभरमा सबै विकेट गुमाएर १ सय ३५ रन मात्रै बनाउन सक्यो ।  नेदरल्यान्ड्सका कोलिन एकरमनले ६२ रनको अर्धशतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । बंगलादेशका तास्किन अहमदले चार तथा हसन मसुदले दुई विकेट लिए ।  होर्बाटमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले...

सम्बन्धित सामग्री

टि २० विश्वकप क्रिकेटमा भारतद्वारा बंगलादेश पराजित

काठमाडौँ- आईसीसी टि २० विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई पराजित गरेको छ । अष्ट्रेलियामा जारी विश्वकपमा भारतले बंगलादेशलाई डकवर्थ लेविस मेथडअनुसार ५ रनले पराजित गरेको हो । एडिलेड ओभलमा भएको खेलमा टस जितेर बंगलादेशले पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । भारतका लागि […]

टि-२० विश्वकप क्रिकेटमा नेदरल्यान्डसकाे पहिलो जित

काठमाडाैं । आईसीसी टि–२० विश्वकप क्रिकेटमा नेदरल्यान्डसले पहिलो जित निकालेको छ । अष्ट्रेलियाको एडिलेटमा आज बुधबार जिम्बावेलाई ५ विकेटले हराउँदै नेदरल्यान्डसले पहिलो जित निकालेको हो । जिम्बावेले दिएको १ सय १८ रनको लक्ष्य नेदरल्यान्डसले १७ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गरेकाे छ । नेदरल्यान्डसको जितमा म्याक्स ओडोडले ५२ रनको अर्धशतकीय इनिङ खेलेका छन् […]

टि–२० विश्वकप क्रिकेटमा आज नेदरल्यान्ड्स र जिम्बाबे तथा भारत र बंगलादेश खेल्दै

काठमाण्डाै – टि–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज नेदरल्यान्ड्स र जिम्बाबे तथा भारत र बंगलादेशबीच खेल हुनेछ । सुपर १२ को समूह ‘२’ का यी खेल अस्ट्रेलियाको एडिलेडमा हुनेछन् । आजको पहिलो खेलमा बिहान पौने १० बजे नेदरल्यान्ड्स र जिम्बाबेबीच खेल हुनेछ । जिम्बाबेको तीन खेलमा तीन अंक छ । तर समान खेलमा नेदरल्यान्ड्सले अंक जोडेको छैन । जिम्बाबे चौथो र नेदरल्यान्ड्स पुछारमा छ । आजको दोस्रो खेल भारत र बंगलादेशबीच दिउँसो पौने २ बजे सुरु हुनेछ । भारत र बंगलादेशको तीन खे...

समानुपातिकतर्फको बन्दसूचीको अन्तिम नामावली प्रकाशन

काठमाडौं। निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूचीको अन्तिम नामावली प्रकाशन गरेको छ। दैलेखमा लिङ्गे पिङबाट लडेर १८ वर्षीय युवकको मृत्यु भएको छ। टि -२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डमाथि आयरल्याण्डले ऐतिहासिक जित निकालेको छ। हेटौंडामा बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु मृत्यु भएको छ। उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुग्न सकेको छैन।

टि २० विश्वकप क्रिकेट : नेदरल्यान्ड्सलाई बंगलादेशको १ सय ४५ रनको लक्ष्य

आइसिसी टि २० विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्यान्ड्सलाई १ सय ४५ रनको लक्ष्य दिएको छ । होबार्टमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमउँदै १ सय ४४ रन बनायो । बंगलादेशका अफिफ हुसैनले सर्वाधिक ३८ रन बनाए । यस्तै, नाज्मुल हसन शान्टोले २५, मोसाद्देक हुसैनले २० , सोम्य सरकारले १४ र नुरुल हसनले १३ रन बनाए । नेदरल्यान्डस्का पाउल भान मार्केन र बास डि लिडेले  २–२ विकेट लिए । यस्तै,  फर्द क्लासेन, टिम प्रिंगल, शरिज अहमद र लोगन भान बीकले एक एक विकेट लिए । आइसिसी टि...

टि–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई हरायो

टि–२० विश्वकप क्रिकेटको सुपर १२ को खेलमा भारतले पाकिस्तानलाई ४ विकेटले पराजित गरेको छ । अष्ट्रेलियामा भएको खेलमा पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य भारतले ६ विकेट गुमाएर अन्तिम बलमा पुरा गर्याे । भारतका लागि विराट कोहली तथा हार्दिक पाण्ड्याले एक सय १३ रनको साझेदारी गरेका थिए । कोहली ५३ बलमा ८२ रनमा अविजित रहे । हार्दिक ले ३७ बलमा ४० रन बनाए । पाकिस्तानका लागि हरिस रउफले ४ ओभरमा ३६ रन दिएर २ विकेट लिए । नशिम शाहले ४ ओभरमा २३ रन दिएर १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाक...

विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै

अष्ट्रेलियामा जारी टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भारत र पाकिस्तान भिड्दै छन् । आजको खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुने छ । सुपर १२ को चरण अन्तर्गत समुह २ मा रहेका यी दुई टोली आमने सामने हुन लागेका हुन् । भारत रोहित शर्माको कप्तानीमा मैदान उत्रने छ भने पाकिस्तान बाबर आजमको कप्तानीमा अमिदन उत्रने छ ।  एक महिना अगाडी मात्र यी २ टिम एसिया कपमा २ पटक प्रतिस्पर्धा गरेका थिए । जसमा एउटा खेल भारतले २ बल बाँकि रहेंदा जितेको थियो भने अर्को खेल पाकिस्तानले १ बल बाँकि रहंदा जितेको थियो । भारत र पाकिस्तान रहेको समुहमा बंगलादेश,  साउथ अफ्रीका, नेदरल्याण्ड र जिम्बाबे पनि छन् । नेदरल्याण्ड र जिम्बाबे पहिलो राउण्डमा शिर्ष २ स्थानमा रहँदै सुपर १२ चरणमा प्रवेश गरेका हुन्  । यस समुहको शिर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छ ।त्यस्तै अर्को समुहमा अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्यान्ड, न्युजील्याण्ड, आयरल्याण्ड र श्रीलंका रहेक  छन् । आयरल्याण्ड र श्रीलंका  पहिलो राउण्डमा शिर्ष २ स्थानमा रहँदै सुपर १२ चरणमा प्रवेश गरेका हुन्  । यस समुहको शिर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छ ।पहिलो राउण्ड नै पार गर्न नसकेपछि यस पटकको सुपर १२ चरणमा वेस्ट इन्डिज समावेश छैन । वेस्ट इन्डिज २ पटक टि २० विश्वकपको उपाधि जितेर सर्वाधिक सफल टोलीको रुपमा रहेको छ ।

टि-२० विश्वकप क्रिकेटमा न्युजिल्याण्ड र इंग्ल्याण्ड विजयी

काठमाडौं । विश्वकप टि-२० क्रिकेटमा न्युजिल्याण्ड र इंग्ल्याण्ड विजयी भएका छन् । अष्ट्रेलियाको सिड्नीमा भएको सुपर १२ को खेलमा न्युजिल्याण्डले आयोजक टोली अष्ट्रेलियालाई ८९ रनले पराजित गरेकाे हाे। खेलमा पहिले व्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय रन जोडेकाे छ । उसका लागि डेभोन कोनवेले अविजित ९२ रनको योगदान दिएका छन् । […]

टि–२० क्रिकेटमा आज दुई खेल : सुपर १२ मा पुग्न श्रीलंकालाई जित्नैपर्ने दबाब

आईसीसी टि–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा श्रीलंका र नेदरल्यान्ड्सबीच जिलोङमा बिहान पौने १० बजे खेल हुँदैछ । विश्वकपको सुपर १२ मा पुग्न श्रीलंकालाई आजको खेल जित्नैपर्ने दबाब छ । नेदरल्यान्ड्स विजयी हुँदा समूह विजेताका साथ सुपर १२ मा पुग्नेछ । तालिकामा ४ अंकका साथ शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्स पराजित भएमा अन्य टोलीको नतिजामा निर्भर हुनेछ । श्रीलंका नामिबियासँग पराजित भएको थियो । आज हुने दोस्रो खेलमा नामिबिया र युएई खेल्दैछन् । नामिबिया र युएईबीचको खेल नेपाली समय अनु...