टि–२० क्रिकेटमा आज दुई खेल : सुपर १२ मा पुग्न श्रीलंकालाई जित्नैपर्ने दबाब

आईसीसी टि–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा श्रीलंका र नेदरल्यान्ड्सबीच जिलोङमा बिहान पौने १० बजे खेल हुँदैछ । विश्वकपको सुपर १२ मा पुग्न श्रीलंकालाई आजको खेल जित्नैपर्ने दबाब छ । नेदरल्यान्ड्स विजयी हुँदा समूह विजेताका साथ सुपर १२ मा पुग्नेछ । तालिकामा ४ अंकका साथ शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्स पराजित भएमा अन्य टोलीको नतिजामा निर्भर हुनेछ । श्रीलंका नामिबियासँग पराजित भएको थियो । आज हुने दोस्रो खेलमा नामिबिया र युएई खेल्दैछन् । नामिबिया र युएईबीचको खेल नेपाली समय अनु...

सम्बन्धित सामग्री

टि २० विश्वकप सेमिफाइनलको लागि रिजर्भ डे, सुपर ओभर पनि बराबर भए के हुन्छ ?

युएईमा जारी टि २० क्रिकेट विश्वकपको सुपर १२ चरणको खेल सकिएका छन् । यस संगै अब सेमिफाइनल पुग्ने ४ टोलीको टुंगो लागेको छ । ग्रुप १ बाट इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा पुगेका छन् भने ग्रुप २ बाट पाकिस्तान र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् । इंग्ल्यान्ड र अष्ट्रेलिया ५ मध्ये ४ मा जित निकाल्दै सेमिफाइनलमा पुगेका हुन् । साउथ अफ्रीकाले पनि ५ मध्ये ४ मा जित निकालेर समान ८ अंक जोडेपनि रनरेटको आधारमा पछि परेर सेमिफाइनल पुग्न सकेन । यस समुहबाट साउथ अफ्रीकासंगै श्रीलंका, वेस्ट इन्डिज, र बंगलादेश बाहिरिएका छन् । उता ग्रुप २ बाट ५ मध्ये ५ मै जित निकाल्दै पाकिस्तान १० अंक सहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो भने न्युजिल्यान्ड ५ मध्ये ४ मा जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । यस समुहबाट भारत, अफगानिस्तान, नामिबिया र स्कटल्याण्ड बाहिरिएका छन् । स्कटल्याण्डले १ खेल पनि जित्न सकेन भने, नामिबियाले २, र भारतले ३ खेल जित्यो । यस संगै अब सेमिफाइनलमा कार्तिक २४ गते बुधबार इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्ने छन् भने कार्तिक २५ गते बिहिबार पाकिस्तान र अष्ट्रेलिया भिड्ने छन् । दुवै खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुने छ । दुवै सेमिफाइनल खेलको लागि लागि रिजर्भ डे छुट्याईएको छ । यदि कुनै कारणवश तोकिएको दिनमा खेलको नतिजा आउँन नसके खेल रिजर्भ डेमा खेलाईने छ । तर सोहि दिन ५ ओभरको भएपनि खेल खेलाऐर भए पनि नतिजा निकाल्ने कोशिश रहने छ । यदि सो पनि सम्भव नभएमा रिजर्भ डे मा खेल हुने छ । जहाँ खेल रोकिएको हो , रिजर्भ डे मा सोहि ओभरबाट खेल सुरु हुने छ । सेमिफाइनल खेलमा दुवै टोलीले समान रन बनाएमा खेल सुपर ओभरबाट निर्धारण हुने छ । सुपर ओभर भन्नेले दुवै टोलीले १ ओभर ब्याटिंग गर्ने छन् र त्यो १ ओभरमा जसले धेरै रन बनाउछ , उ नै विजयी हुन्छ । यदि सुपर ओभरमा पनि रन बराबरी भएमा नतिजा नआउँदासम्म आवश्यक परेसम्म सुपर ओभर हुने छ । तर यदि मौसम वा लाइटका कारण सुपर ओभर हुन नसकी खेलको नतिजा आउँन नसकेमा स्पर १२ को खेलको समुहमा जुन टिम माथि थियो त्यो टिम नै फाइनल पुग्ने छ । यसो भएमा इंग्ल्यान्ड र पाकिस्तानलाई फाइदा हुने छ ।