टि–२० विश्वकप क्रिकेटमा आज नेदरल्यान्ड्स र जिम्बाबे तथा भारत र बंगलादेश खेल्दै

काठमाण्डाै – टि–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज नेदरल्यान्ड्स र जिम्बाबे तथा भारत र बंगलादेशबीच खेल हुनेछ । सुपर १२ को समूह ‘२’ का यी खेल अस्ट्रेलियाको एडिलेडमा हुनेछन् । आजको पहिलो खेलमा बिहान पौने १० बजे नेदरल्यान्ड्स र जिम्बाबेबीच खेल हुनेछ । जिम्बाबेको तीन खेलमा तीन अंक छ । तर समान खेलमा नेदरल्यान्ड्सले अंक जोडेको छैन । जिम्बाबे चौथो र नेदरल्यान्ड्स पुछारमा छ । आजको दोस्रो खेल भारत र बंगलादेशबीच दिउँसो पौने २ बजे सुरु हुनेछ । भारत र बंगलादेशको तीन खे...