आईसीसी टि–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई दियो २ सय ६ रनको लक्ष्य

आईसीसी टि–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई २ सय ६ रनको लक्ष्य दिएको छ । सिड्नीमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रन बनायो । उसका राइली रुसोले १ सय ९ रनको शतकीय पारी खेले । टि–२० मा उनको यो दोस्रो शतक हो । उनी दक्षिण अफ्रिकाबाट टि–२० विश्वकपमा शतक हान्ने पहिलो खेलाडी समेत बनेका छन् । क्विन्टन डि कक ६३ रनमा आउट भए । बंगलादेशका सकिब अल हसनले २ विकेट लिए । तस्किन अहमद, हसन मोहम्मद र अफिफ हुसैनले एक/एक विकेट लिए ।&n...

सम्बन्धित सामग्री

टि २० विश्वकप क्रिकेटमा भारतद्वारा बंगलादेश पराजित

काठमाडौँ- आईसीसी टि २० विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई पराजित गरेको छ । अष्ट्रेलियामा जारी विश्वकपमा भारतले बंगलादेशलाई डकवर्थ लेविस मेथडअनुसार ५ रनले पराजित गरेको हो । एडिलेड ओभलमा भएको खेलमा टस जितेर बंगलादेशले पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । भारतका लागि […]

टि-२० विश्वकप क्रिकेटमा नेदरल्यान्डसकाे पहिलो जित

काठमाडाैं । आईसीसी टि–२० विश्वकप क्रिकेटमा नेदरल्यान्डसले पहिलो जित निकालेको छ । अष्ट्रेलियाको एडिलेटमा आज बुधबार जिम्बावेलाई ५ विकेटले हराउँदै नेदरल्यान्डसले पहिलो जित निकालेको हो । जिम्बावेले दिएको १ सय १८ रनको लक्ष्य नेदरल्यान्डसले १७ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गरेकाे छ । नेदरल्यान्डसको जितमा म्याक्स ओडोडले ५२ रनको अर्धशतकीय इनिङ खेलेका छन् […]

टी–२० विश्वकप क्रिकेटमा आयरल्यान्डले इंग्ल्याण्डलाई दियो १ सय ५८ रनको लक्ष्य

आईसीसी टि–२० विश्वकप क्रिकेट सुपर १२ मा अहिले इंग्ल्याण्ड र आयरल्यान्ड खेलिरहेका छन् । टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड १९ ओभर २ बलमा अलआउट भएको छ । उसले १ सय ५७ रन बनाएको छ । जितका लागि १ सय ५८ रनको लक्ष्य पाएको इंग्ल्याण्ड अहिले ब्याटिङ्ग गर्दैछ । मेलवर्नमा आजको पहिलो खेल सुरु हुनेवित्तिकै वर्षाले केही बेर प्रभावित भएको थियो । त्यस्तै दोस्रो खेलमा आज पौने दुई बजे अफगानिस्तान र न्युजिल्यान्डबिच खेल हुनेछ ।

टि–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हरायो

आईसीसी टि–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । आज भएको सुपर १२ समूह ‘बी’ को खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हरायो । जितका लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभरमा सबै विकेट गुमाएर १ सय ३५ रन मात्रै बनाउन सक्यो ।  नेदरल्यान्ड्सका कोलिन एकरमनले ६२ रनको अर्धशतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । बंगलादेशका तास्किन अहमदले चार तथा हसन मसुदले दुई विकेट लिए ।  होर्बाटमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले...

टि–२० क्रिकेटमा आज दुई खेल : सुपर १२ मा पुग्न श्रीलंकालाई जित्नैपर्ने दबाब

आईसीसी टि–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा श्रीलंका र नेदरल्यान्ड्सबीच जिलोङमा बिहान पौने १० बजे खेल हुँदैछ । विश्वकपको सुपर १२ मा पुग्न श्रीलंकालाई आजको खेल जित्नैपर्ने दबाब छ । नेदरल्यान्ड्स विजयी हुँदा समूह विजेताका साथ सुपर १२ मा पुग्नेछ । तालिकामा ४ अंकका साथ शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्स पराजित भएमा अन्य टोलीको नतिजामा निर्भर हुनेछ । श्रीलंका नामिबियासँग पराजित भएको थियो । आज हुने दोस्रो खेलमा नामिबिया र युएई खेल्दैछन् । नामिबिया र युएईबीचको खेल नेपाली समय अनु...