सोलुखुम्बु । सोलुखुम्बुको दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्लाको पत्ताले र जोरबौद्धमा प्रहरीले चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरेको हो । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका ७ जोरबौद्धमा स्थापना गरिएको यात्रु सहायता कक्षको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी अनिल खनालले जिल्लामा भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि विशेष सुरक्षा योजना बनाइएको बताउनुभयो । […]