नवनिर्वाचित जनप्रतिनिधिलाई सुधारका काम गर्न प्रदीप पौडेलको सुझाव

१७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सुधारका काम गर्न सुझाव दिएका छन् । स्थानीय तह चुनावको नतिजाले संघ र प्रदेशमा कांग्रेसलाई जिताउन मतदाता आतुर रहेको देखिएको भन्दै उनले प्रदेश र संघीय निर्वाचनमा कांग्रेसलाई बलियो बनाउनका लागि जनप्रतिनिधिले सुधारका काम गर्नु पर्ने बताए । काठमाडौं क्षेत्र नम्बर ७ […]

सम्बन्धित सामग्री

यातायात सुधार सुझाव कार्यदलले एक वर्षपछि बुझायो प्रतिवेदन, कार्यान्वयन होला?

काठमडौँ : यातायात सुधार सुझाव कार्यदलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई प्रतिवेदन बुझाएको छ। बिहीवार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यदलले मन्त्री ज्वालालाई प्रतिवेदन बुझाएको हो। गत वर्ष माघ ११ गते मन्त्रीस्तरीय निर्णयबाट यातायात क्षेत्रका समस्या समाधानका लागि सुझाव दिन पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले एक वर्षपछि मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ।कार्यदलको प्रतिवेदन बुझ्दै भौतिक पूर्व

एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरु

काठमाडौं, ६ वैशाख। भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ। उनलार्य बुधवार बिहान श्री एयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो। नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुझाव दिएका थिए। राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा.निरज बम, परिवारका सदस्य र ७जना चिकित्सकको टोली छ।

प्रचण्डद्वारा पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी पार्टीका उपमहासचिव डा विजय पौडेलको स्वास्थ्य अवस्थाका वारेमा जानकारी लिएका छन् । शुक्रबार प्रचण्ड हृदयाघात भई गंगालालमा उपचारत पौडेललाई भेट्न बाँसबारी गएका थिए । पौडेलको स्वास्थ्य अवस्था ठीक भएपनि चिकित्सकले केही दिन निगरानी राख्नुपर्ने सुझाव दिएकाले अस्पतालमै छन् । आगामी आइतबार अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भई रहेको परिवार सदस्यले बताएका छन्।

पार्टीलाई एकताबद्ध बनाउन पौडेलको सुझाव

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका छन् ।पार्टीको १४औँ महाधिवेशनबाट नवनिर्वाचित उपसभापति धनराज गुरुङसँग बिहीबार भएको भेटमा उनले पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचन जित्नुपर्ने बताएका हुन् ।नवनिर्वाचित उपसभापति गुरुङलाई बधाई दिँदै वरिष्ठ नेता पौडेलले पार्टीलाई एकताबद्ध बनाउने र विधिसम्मत चलाउने काम गर्न सुझाव दिएका थिए । नेता पौडेलले आफू र […]

सभापतिमा पौडेलको दाबी, तर उम्मेदवार बन्ने टुंगो छैन

काठमाडौं।कांग्रेसको १४औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलको सभापतिको उम्मेदवार बन्ने कि नबन्ने भनेर टुंगो लागेको छैन।आफूनिकट नेताहरुसँग निरन्तर छलफलमा रहेका नेता पौडेललाई देउवाइतरको समूहलाई एकत्रित गर्ने चुनौति छ।त्यसैले सभापतिमा दाबी भएपनि उम्मेदवार हुने/नहुने भन्ने टुंगो नभएको पौडेलनिकट केन्द्रीय सदस्य बद्री पाण्डेले बताए।"छलफलमा छरिएर रहेका देउवाइतरका शक्तिलाई एक ठाउँमा ल्याउने र एक जनामात्रै उम्मेदवार बन्न सुझाव दिइरहेका छौं",केन्द्रीय सदस्य पाण्डेले भने।

प्रधानमन्त्री ओलीलाई पौडेलको सुझाव : राजीनामा दिनुहोस्, पार्टी एकता जोगाउनुहोस्

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन र पार्टी एकता जोगाउन सुझाव दिनुभएको छ । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा आफ्ना धारणा राख्दै नेतृ पौडेलले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर राजनीतिक स्थिरता बनाउन सुझाव दिनुभएको हो । नेकपा विभाजन र संसद विघटन गर्ने कदमका मुख्य जिम्मेवार प्रधानमन्त्री ओली भएको उहाँको भनाई थियो । देश र जनताको बृहत्तर हितका लागि प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गर्नुभयो । ‘नेकपा फुट र प्रतिनिधि सभा विघटन गर्ने काम गरेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ। राजीनामा दिएर पनि नेकपाभित्रको फुट र संसद विघटन गर्ने काममा मुख्यरुपले प्रधानमन्त्री ओली नै जिम्मेवार हुनुहुन्छ भन्ने कुरा प्रष्टै छ’, पौडेलले भन्नुभयो, ‘त्यसैले देश र जनताको बृहत्तर हीत तथा राजनीतिक स्थिरताको लागि पनि उहाँले राजीनामा दिनुपर्छ।’ राजमो उपाध्यक्षसमेत रहेकी पैडेलले संसदमा अब अराजनीतिक सौदावाजी र सिद्धान्तहिन चलखेल बढेर जाने भन्दै राजीनामा दिएर पार्टी एकता बचाउन ओलीलाई सुझाव दिनुभयो । ‘राजीनामा दिएर पार्टी एकीकरण वा संयुक्त सरकारका लागि मार्ग प्रशस्त गर्नको लागि हामी अनुरोध गर्दछौं। त्यसो भएमा एउटा स्थीर सरकारको गठन पनि हुनसक्नेछ। अन्यथा संसदमा अराजनीतिक प्रकारको सौदावाजी वा सिद्धान्तहीन चलखेल बढेर जानेछ। र त्यसका दुरगामी दुस्परिणामहरु हुनेछन्। यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’ पौडेलले भन्नुभयो । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिएपनि दुई पार्टी मिल्नुपर्ने उहाँले बताउनुभयो । यदि पार्टी मिल्नै नसकेको अवस्थामा संयुक्त मोर्चा बनाएर सरकार बनाउनुपर्ने उहाँको भनाई छ। ‘सर्वोच्च अदालतको फैसला अनुसार बेग्ला बेग्लै रुपमा अस्तित्वमा आएका नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता नै हो भन्ने हाम्रो निष्कर्ष छ’ उहाँले भन्नुभयो, ‘तर, एमालेभित्र नै पनि विभाजन देखिन थालेको छ। हाम्रो विचारमा उनीहरुको बीचमा नयाँ प्रकारले पार्टी एकता हुनुपर्छ । वा त्यो सम्भव नभए दुवैतर्फको संयुक्त मोर्चा बनाएर भएपनि सरकारको सञ्चालन गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौं ।’