अर्थतन्त्रमाथि बोझ थप्ने र 'पपुलिस्ट' कार्यक्रम नल्याउन पूर्वअर्थमन्त्री पौडेलको सुझाव

काठमाण्डाै - नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अर्थतन्त्रमाथि बोझ थप्ने र 'पपुलिस्ट' कार्यक्रम नल्याउन सरकारलाई सुझाव दिनुभएकाे छ । प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री पाैडेलले यस्ताे बताउनु भएकाे हाे ।  पौडेलले सरकारको नीति तथा कार्यक्रमलाई दिशाहीन र उद्देश्यहीन रहेको टिप्पणी गर्नुभएकाे छ ।  यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा जार...