घरजग्गा र सम्पत्ति कर नतिर्ने ५२ करदाताको सूची सार्वजनिक

काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदाताको नाम सार्वजनिक गरेको छ । महानगरअन्तर्गत राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाएमा कानुनी...

सम्बन्धित सामग्री

कामपाको ध्यान, घरजग्गा र सम्पत्ति कर असुलतर्फ

काठमाडौं । अवैध रुपमा निर्माण भएका संरचना भत्काउने काममा लागिरहेको काठमाडौं महानगरपालिकाको ध्यान अब लामो समयदेखि उठ्न नसकेको घरजग्गा र सम्पत्ति कर उठाउनेतिर पनि मोडिएको छ । विगत २९ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातालाई फेरि ताकेता गरी यसअघि असुलउपर गर्नुपर्ने सम्पूर्ण बक्यौता रकम लिने तयारीमा कामपा लागिपरेको छ । ९ वर्षको अवधिमा […]

कामपाको ध्यान घरजग्गा र सम्पत्ति कर असुलतर्फ पनि

अवैधरूपमा निर्माण भएका संरचना भत्काउने काममा लागिरहेको काठमाडौँ महानगरपालिकाको ध्यान अब लामो समयदेखि उठ्न नसकेको घरजग्गा र सम्पत्ति कर उठाउनेतिर पनि मोडिएको छ । विगत २९ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातालाई फेरि ताकेता गरी यसअघि असुलउपर गर्नुपर्ने सम्पूर्ण बक्यौता रकम लिने तयारीमा कामपा लागिपरेको छ । उनान्तीस वर्षको अवधिमा घरजग्गा र सम्पत्ति …

बालेनको नजर अब घरजग्गा र सम्पत्ति कर असुलतर्फ

काठमाडौँ-  अवैधरूपमा निर्माण भएका संरचना भत्काउने काममा लागिरहेको काठमाडौँ महानगरपालिकाको ध्यान अब लामो समयदेखि उठ्न नसकेको घरजग्गा र सम्पत्ति कर उठाउनेतिर पनि मोडिएको छ ।      विगत २९ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातालाई फेरि ताकेता गरी यसअघि असुलउपर गर्नुपर्ने सम्पूर्ण बक्यौता ...

काठमाडौँ महानगरको ध्यान घरजग्गा र सम्पत्ति कर असुलतर्फ

काठमाडौँ- अवैध रूपमा निर्माण भएका संरचना भत्काउने काममा लागिरहेको काठमाडौँ महानगरपालिकाको ध्यान अब लामो समयदेखि उठ्न नसकेको घरजग्गा र सम्पत्ति कर उठाउनेतिर पनि मोडिएको छ । विगत २९ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातालाई फेरि ताकेता गरी यसअघि असुलउपर गर्नुपर्ने सम्पूर्ण बक्यौता रकम लिने तयारीमा कामपा लागिपरेको छ ।  उनन्तीस वर्षको अवधिमा घरजग्गा […]

काठमाडौँ महानगरको नयाँ कार्यक्रम- कर नबुझाउनेको घरमा पञ्चेबाजासहित नाचगान

काठमाडौं महानगरपालिकाले कर नबुझाउनेको घर-घरमा पुगेर पञ्चेबाजासहित नाचगान गरेको छ। महानगरले घरजग्गा सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने करदातालाई कर तिर्न रचनात्मक दबाब दिने उदेश्यले घर आँगन र कार्यालय परिसरमा...

कर नतिर्नेको घर-आँगन र कार्यालयमा पञ्चेबाजासहित नाचगान गरिने

७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाउने भएको छ । महानगरपालिकाले यसअघि नै घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरिसकेको छ । यसअघि २० जना करदाताको नाम सार्वजनिक गरेको थियो । तीमध्ये कर तिर्ने गरी प्रक्रियामा नआउने करदाताको कार्यालय […]

कर असुल गर्न पञ्चेबाजासहित टोलटोलमा पुग्दै काठमाण्डाै महानगर

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट असुल गर्न पञ्चेबाजासहित टोलटोलमा जाने भएको छ । बक्यौता रकम असुल गर्न महानगरले पटक पटक सार्वजनिक सूचना जारी गर्दासमेत सम्बन्ध भएका निकाय सम्पर्कमा नआउँदा यस किसिमको तयारी थालेको हो । आउँदाे बुधवारदेखि महानगरले पञ्चेबाजासहित कर असुलसम्बन्धी लोक तथा दोहोरी गीत बजाएर घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातासमक्ष पुग्ने र गीतमार्फत कर नतिर्ने करदाताका बारेमा जानकारी गराउने जनाएको छ । यसअघि महानगरपालिकाले गएकाे असार १६ गत...

कर बुझाउन ५२ करदाताको नाममा ३० दिने सूचना जारी

समयमा कर नबुझाउने ५२ करदाताको नाममा काठमाडौं महानगरपालिकाले ३० दिने सूचना जारी गरेको छ । महानगरपालिकालाई तिर्नुपर्ने घरजग्गा÷सम्पत्ति कर पटक पटक पत्राचार गर्दा समेत बुझाउन अटेरी गरेपछि महानगरपालिकाले आइतबार सार्वजनिक सूचना गरी ताकेता गरेको छ । ३० दिनभित्र कर नबुझाएमा कर दाताहरूको सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्ने लगायतका कार्य गरी तिर्न बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गर्न कानुनी प्रक्रिया अगाडि बढाउने उल्लेख गरिएको छ । ‘महानगरपालिकालाई तिर्न/बुझाउनपर्ने घरजग्गा/स

घरजग्गा तथा सम्पत्ति कर बुझाउन महानगरको ताकेता

काठमाडौं । महानगरभित्रका २० ठूला करदातालाई घरजग्गा तथा सम्पत्ति कर बुझाउन काठमाडौं महानगरपालिकाले ताकेता गरेको छ । घरजग्गा तथा सम्पत्ति कर नबुझाउने करदाताको कार्यालयमै गएर महानगरपालिकाले माइकिङ गर्न थालेको हो । असार १६ गते ३० दिने सार्वजनिक सूचना जारी गरिए पनि करदाताहरू सम्पर्कमै नआएपछि माङकिङ शुरू गरिएको महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए । उनका अनुसार तोकिएको अवधिमा कर तिर्न नआए घर, पसल र व्यवसायमा शिल गर्ने तथा बाँकी राजस्व असुली गर्न कानूनी उपचार खोज्ने महानगरपालिकाको तयारी छ । ‘धेरै प्रयास गर्दा पनि करदाता सम्पर्कमै नआएकाले बाध्य भएर माइकिङ गर्दै सूचना टाँस्दै हिँडेका हौं,’ उनले भने । नाम सार्वजनिक गरिएका २० करदातामध्ये अहिलेसम्म वडा नं ११ मा रहेको एनआरटी क्लब र वडा नं १३ मा रहेको काठमाडौं इञ्जिनियरिङ कलेज मात्र सम्पर्कमा आएका छन् । २० करदाताबाट मात्रै करीब ७० करोड रुपैयाँभन्दा बढी राजस्व उठ्न बाँकी रहेको महानगरपालिकाले बताएको छ । राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा नगर प्रहरीसहित गएको टोलीले बुधवार वडा नं ११ मा रहेको एनआरटी क्लब र युनाइटेड वल्र्ड ट्रेड सेन्टर, वडा नं १२ मा रहेको बागमती च्याम्बर, बुद्धबारी कम्प्लेक्स र वडा नं १३ मा रहेको काठमाडौं इञ्जिनियरिङ कलेज र नेपाल रेडक्रस सोसाइटीमा माइकिङ गर्दै सूचना टाँसेको थियो । महानगरलाई करको विवरणसमेत नबुझाउने अन्य करदातामा वडा नं १४ मा रहेका आदर कम्प्लेक्स, कृषि सामग्री संस्थान, एलआरआई स्कूल, वडा नं १५ मा रहेको मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा नं ३ स्थित कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल रहेको महानगरपालिकाको कार्यालयले बताएको छ । यसैगरी वडा नं २२ मा रहेको आरबी कम्प्लेक्स, वडा नं २४ को सुरज आर्केट, वडा नं २९ को शुभश्री कोअपरेटिभ लिमिटेड, वडा नं २८ का काठमाडौं प्लाजा र नेपाल शेयर मार्केटका साथै वडा नं ३० का गोपालजी प्रपर्टिज प्रालि र स्टार मल छन् । यी करदातालाई कर तिर्न दिएको म्याद साउन १५ गते सकिने र सो अवधिमा कर दाखिला नगरे कानूनी उपचार खोज्ने तयारी महानगरको छ ।