कर असुल गर्न पञ्चेबाजासहित टोलटोलमा पुग्दै काठमाण्डाै महानगर

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट असुल गर्न पञ्चेबाजासहित टोलटोलमा जाने भएको छ । बक्यौता रकम असुल गर्न महानगरले पटक पटक सार्वजनिक सूचना जारी गर्दासमेत सम्बन्ध भएका निकाय सम्पर्कमा नआउँदा यस किसिमको तयारी थालेको हो । आउँदाे बुधवारदेखि महानगरले पञ्चेबाजासहित कर असुलसम्बन्धी लोक तथा दोहोरी गीत बजाएर घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातासमक्ष पुग्ने र गीतमार्फत कर नतिर्ने करदाताका बारेमा जानकारी गराउने जनाएको छ । यसअघि महानगरपालिकाले गएकाे असार १६ गत...

सम्बन्धित सामग्री

घरबहाल कर र सेवा

काठमाडौं महानगरपालिकाले घरबहाल करलाई व्यवस्थित बनाउन घरबहाल व्यवस्था निर्देशिका, २०७९ लाई कार्यान्वयनमा ल्याएको छ । निर्देशिका कार्यान्वयनमा आएसँगै महानगरको आय बढ्न थालेको छ । घरबहालमा दिनेले अनिवार्य रूपमा वडा कार्यालयमा कर बुझाउनुपर्छ । सभ्य समाज र मुलुकमा कर तिर्नु हरेक नागरिकको दायित्वभित्र पर्छ । नागरिकले तिरेको करबाट नै राज्य सञ्चालन हुने भएकाले संसारभरि नै नागरिकले आफू बसेको मुलुकमा कर तिर्दा गर्व महसूस गर्ने गर्छन् । आयातमुखी करमा निर्भर नेपालको अर्थतन्त्र यतिखेर सन्तोषजनक छैन । राजस्व संकलनमा कमी आइरहेका बेला महानगरले कर वृद्धिका लागि अघि सारेको योजना ठीकै हो । कर तिरेपछि नागरिकको महानगरप्रति थप अपनत्व बढ्छ । तर, घरबहाल कर लिएपछि महानगरले कस्ता सेवा प्रदान गर्छ भन्ने कुरा करको दायरा विस्तारसँगै उठेको प्रश्न हो ।  कर मात्रै लिने तर प्रदान गर्ने सेवा कमसल हुने हो वा पहिले नै प्रदान गरिरहेका सेवा र गुणस्तर कायम हुने हो भने यसले जनतालाई निराश बनाउन सक्छ । महानगर जनताले खोजेको सेवासुविधा प्रदान गर्न सक्षम र सफल हुनुपर्छ । दक्षिण एशियाका अन्य देशको तुलनामा नेपालीले सरकारलाई बुझाउने कर बढी नै छ । त्यसैले अहिले कर वृद्धि गर्ने अवस्था छैन । तर, करको दायरा विस्तार गर्ने क्षेत्र भने थुप्रै हुन सक्छन् । महानगरपालिकाले घरबहाल कर लिने निर्देशिका कार्यान्वयन गर्नुले पनि करको दायरा विस्तार गर्न खोजेको रूपमा बुझ्न सकिन्छ । तीनओटै तहका सरकारले कर वृद्धिका थुप्रै क्षेत्रको पहिचान गर्न सक्छन् । तर, मुख्य कुरा आमनागरिकसँग कर असुल गरिसकेपछि सरकारले कस्ता सेवा प्रदान गर्छ भन्ने महत्त्वपूर्ण कुरा हो । अहिले थुप्रै स्थानीय तह तथा प्रदेश सरकारले बजेट जथाभावी खर्च गरिरहेको उदाहरण भेटिन्छन् । पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्षले मनलाग्दी तवरले सवारीसाधन खरीद गर्ने र त्यस्ता सवारीसाधन पालिकाको कामकाजमा भन्दा व्यक्तिगत लाभ र नातागोताका लागि प्रयोग गर्ने गरेको गुनासो पनि उत्तिकै छ । जनतासँग कर उठाइसकेपछि त्यो रकम जनताकै हितमा प्रयोग गर्न सकियो भने मात्र कर लिनुको औचित्य सिद्ध हुन्छ ।

काठमाडौँ महानगरभित्रका व्यवसाय महानगर मै दर्ता हुनुपर्ने, ३० दिनमा नगरे जरिवाना

काठमाडौँ महानगरपालिकाले दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। महानगरको राजश्व विभागलव सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्द  महानगरमा दर्ता गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको हो। सङ्घीय सरकार र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायहरू समेतले समेत महानगरपालिकामा व्यवसाय दर्ता गर्नु पर्ने र दर्ता नगरी व्यवसाय सञ्चालन गर्दै आएको पाइएकोले दर्ता गर्न महानगरले आग्रह गरेको हो। महानगरले ३० दिनभित्र आफ्नो नजिकको वडा कार्यालयमा गई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्न अनुरोध गरेको छ। महानगरपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौँ महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवाना समेत असुल गरिने महानगरले जनाएको छ। साथै महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची-७ को बुदा नं. ३ बमोजिम आर्थिक वर्ष २०७२।०७३ लाई आधार वर्षका रूपमा लिई व्यवसाय कर असुली गरिने समेत महानगरले जनाएको छ।

धमाधम उठ्न थाल्यो कर

काठमाडौँ महानगरपालिकाको पटक पटकको ताकेतापछि लामो समयदेखि ढुक्कले बसेका करदाता कर तिर्न थालेका छन्। महानगरको ताकेताका पछि अहिलेसम्म ८४ लाख ३४ हजार कर असुल भएको महानगर राजश्व विभागका प्रमुख डा.शिवराज अधिकारीले जानकारी दिए।...

कर असुल गर्न ठुला करदाताका आँगमा पञ्चेबाजासहित महानगर

काठमाडौँ महानगरपालिकाले विगत २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट असुल गर्न पञ्चेबाजासहित टोलटोलमा पुगेको छ । बक्यौता रकम असुल गर्न महानगरले पटकपटक सार्वजनिक सूचना जारी गर्दासमेत सम्बन्ध भएका ...