कर बुझाउन ५२ करदाताको नाममा ३० दिने सूचना जारी

समयमा कर नबुझाउने ५२ करदाताको नाममा काठमाडौं महानगरपालिकाले ३० दिने सूचना जारी गरेको छ । महानगरपालिकालाई तिर्नुपर्ने घरजग्गा÷सम्पत्ति कर पटक पटक पत्राचार गर्दा समेत बुझाउन अटेरी गरेपछि महानगरपालिकाले आइतबार सार्वजनिक सूचना गरी ताकेता गरेको छ । ३० दिनभित्र कर नबुझाएमा कर दाताहरूको सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्ने लगायतका कार्य गरी तिर्न बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गर्न कानुनी प्रक्रिया अगाडि बढाउने उल्लेख गरिएको छ । ‘महानगरपालिकालाई तिर्न/बुझाउनपर्ने घरजग्गा/स

सम्बन्धित सामग्री

सम्पत्ति कर बुझाउन ४१ वटा कम्पनीलाई महानगरपालिकाको १० दिने अल्टिमेटम (सूचीसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर बुझाउन जय नेपाल हललगायत विभिन्न व्यापारिक संस्थान र व्यक्तिहरुका नाममा १० दिने पत्र काटेको छ । महानगरपालिकाका विभागीय पमुख डा. शिवराज अधिकारीले पत्राचार गर्दै ति कम्पनीलाई १० दिन भित्र सम्बन्धित वडा कार्यालयमा गएर घरजग्गा सम्पत्ति कर बुझाउन पत्राचार गरेका हुन् । पत्राचार गरिए अनुसार महानगरपालिकाले करको जरिवाना, सम्पत्ति बहालमा […]

नेपाली सेना, प्रहरी र समाजकल्याणलाई बहाल कर बुझाउन महानगरको १० दिने अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली सेना, प्रहरी र समाज कल्याण परिषद्लाई घर बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ ।  महानगरपालिकाले नेपाली सेनाको केन्द्रीय कार्यालय थापाथली, समाज कल्याण परिषद लैनचौर र नेपाल प्रहरी प्रधान कार्यालय नक्साललाई बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको हो ।  उक्त कार्यालयले आफ्नो क्षेत्रभित्र बहाल लगाई...

सेना र प्रहरीलाई कर बुझाउन बालेनको दश दिने अल्टिमेटम

काठमाडौं महानगरपालिकाले नेपाल आर्मी र नेपाल प्रहरीलाई दश दिनभित्र बहाल कर तिर्न पत्र पठाएको छ । महानगर प्रमुख बालेन्द्र शाह बालेनको निर्देशनमा महानगरको राजश्व विभागका प्रमुख शिवराज अधिकारीले पत्र पठाएका...

१७ वटा संस्थालाई सम्पति कर बुझाउन काठमाडौं महानगरको दश दिने अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी र गैर सरकारी गरी १७ वटा संस्थालाई कर बुझाउन दश दिने अल्टिमेटम दिएको छ । महानगरपालिकाको राजस्व विभागले मंगलबार ती संस्थालाई पत्र लेख्दै कर सम्पति कर बुझाउन अल्टिमेटम दिएको हो । यसरी ताकेता गरिएका संस्थाहरुमा खाद्य संस्थान, नयाँबजारको हाइट फिल स्कूल, नयाँ सडकको रञ्जना ट्रेड सेन्टर, साझा भण्डार, राष्ट्रिय नाचघर, […]

बालेनद्वारा कुलमानलाई चुनौती, प्राधिकरणलाई सम्पत्ति कर बुझाउन दिए अल्टिमेटम

काठमाडौं, २१ भाद्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले एकपछि अर्को कडा कदम चाल्न थालेका छन् । उनले आज विभिन्न १७ वटा संस्थालाई सम्पत्ति कर बुझाउन अल्टिमेटम दिने गरी महानगरपालिकालाई विभागीय प्रमुखमार्फत् पत्र लेख्न लगाएका छन् । सम्पत्ति कर बुझाउन १० दिने अल्टिमेटम दिइएका संस्थाहरुमा नेपाल विद्युत प्राधिकरण पनि छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान […]

१७ वटा संस्थालाई कर बुझाउन काठमाडौं महानगरको १० दिने अल्टिमेटम

सम्पत्ति कर नबुझाएका विभिन्न कम्पनी तथा संस्थानहरूलाई काठमाडौं महानगरपालिकाले कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ । खाद्य संस्थान, नेसनल ट्रेडिङ कर्पोरेसन, विद्युत् प्राधिकरण, सिविक हस्पिटल, कर्मचारी सञ्चयकोष, ह्वाइट फिल स्कुल लगायत १७ वटा संस्थान तथा कम्पनीहरूलाई महानगरले अल्टिमेटम दिएको हो ।

काठमाडौँका १७ संस्थालाई कर बुझाउन महानगरको अल्टिमेटम (सूचीसहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १७ वटा विभिन्न संस्थालाई कर बुझाउन दस दिने अल्टिमेटम दिएको छ। महानगरपालिकाको राजस्व विभागले मंगलबार १७ वटा विभिन्न संस्थालाई पत्र लेख्दै कर बुझाउन दस दिने अल्टिमेटम दिएको हो। सम्पत्ति कर नबुझाएको भन्दै महानगरले पटक-पटक ताकेता गर्दा पनि कर नबुझाएको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए। उनका अनुसार पत्र प्राप्त भएको […]

कर तिर्ने जनतामाथि राज्य अत्याचारको नमूना हेर्न गुर्जुधारा जाऊँ [भिडियो]

राज्यबाट जनताले सेवासुविधा लिँदा अनेक सास्ती भोग्नुपर्छ तर गुर्जुधारास्थित यातायात कार्यालयमा जनताले कर तिर्नै लाग्दा पनि अत्याचार खेप्नुपर्छ । कर तिर्नैपर्ने भएकाले अत्याचार खेप्दाखेप्दै पनि दैनिकजसो सयौं मोटरसाइकल गुर्जुधारा पुग्छन्, जहाँ मोटरसाइकलको लाम देख्न सकिन्छ । एकातिर दशैंको चटारो, अर्काेतिर यातायात कार्यालयमा कर तिर्न आउनेले यातायात कार्यालयमा भोग्नुपरेको सास्ती । विद्युतीय शासन, सुशासन र जनतालाई छिटोछरितो सेवा दिने गफ दिन्छ सरकार तर सर्वसाधारण जनताले राज्यलाई कर बुझाउन पनि सास्ती भोग्नुपर्छ । राज्यलाई कर ति...

जनतामाथि 'राज्य अत्याचार'को नमूना हेर्न गुर्जुधारा जाऔं

यो तस्वीर कुनै ‘बाइक राइडिङ’ प्रतियोगिताको तयारीको होइन, राज्यलाई कर तिर्न लाइनमा बसेका सर्वसाधारण सवारीधनीको हो । विद्युतीय शासन, सुशासन र जनतालाई छिटोछरितो सेवा दिने डिङ हाँक्छ, सरकार । तर, सर्वसाधारण जनतालाई भने राज्यलाई कर बुझाउन पनि यस्तो सास्ती छ । यो तस्वीर गुर्जुधारास्थित यातायात कार्यालयको हो । जहाँ चर्को घाम र पानीमा भिजेर सर्वसाधारण कर तिर्न लाइनमा बसिरहेका छन् । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर ‘गाउँ–गाउँ’मा सिंहदरबार पुगेको भनिए पनि जनतालाई राज्यबाट लिने सेवा लिनका लागि पञ्चायतकालीन सास्ती बेह...

घरजग्गा तथा सम्पत्ति कर बुझाउन महानगरको ताकेता

काठमाडौं । महानगरभित्रका २० ठूला करदातालाई घरजग्गा तथा सम्पत्ति कर बुझाउन काठमाडौं महानगरपालिकाले ताकेता गरेको छ । घरजग्गा तथा सम्पत्ति कर नबुझाउने करदाताको कार्यालयमै गएर महानगरपालिकाले माइकिङ गर्न थालेको हो । असार १६ गते ३० दिने सार्वजनिक सूचना जारी गरिए पनि करदाताहरू सम्पर्कमै नआएपछि माङकिङ शुरू गरिएको महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए । उनका अनुसार तोकिएको अवधिमा कर तिर्न नआए घर, पसल र व्यवसायमा शिल गर्ने तथा बाँकी राजस्व असुली गर्न कानूनी उपचार खोज्ने महानगरपालिकाको तयारी छ । ‘धेरै प्रयास गर्दा पनि करदाता सम्पर्कमै नआएकाले बाध्य भएर माइकिङ गर्दै सूचना टाँस्दै हिँडेका हौं,’ उनले भने । नाम सार्वजनिक गरिएका २० करदातामध्ये अहिलेसम्म वडा नं ११ मा रहेको एनआरटी क्लब र वडा नं १३ मा रहेको काठमाडौं इञ्जिनियरिङ कलेज मात्र सम्पर्कमा आएका छन् । २० करदाताबाट मात्रै करीब ७० करोड रुपैयाँभन्दा बढी राजस्व उठ्न बाँकी रहेको महानगरपालिकाले बताएको छ । राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा नगर प्रहरीसहित गएको टोलीले बुधवार वडा नं ११ मा रहेको एनआरटी क्लब र युनाइटेड वल्र्ड ट्रेड सेन्टर, वडा नं १२ मा रहेको बागमती च्याम्बर, बुद्धबारी कम्प्लेक्स र वडा नं १३ मा रहेको काठमाडौं इञ्जिनियरिङ कलेज र नेपाल रेडक्रस सोसाइटीमा माइकिङ गर्दै सूचना टाँसेको थियो । महानगरलाई करको विवरणसमेत नबुझाउने अन्य करदातामा वडा नं १४ मा रहेका आदर कम्प्लेक्स, कृषि सामग्री संस्थान, एलआरआई स्कूल, वडा नं १५ मा रहेको मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा नं ३ स्थित कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल रहेको महानगरपालिकाको कार्यालयले बताएको छ । यसैगरी वडा नं २२ मा रहेको आरबी कम्प्लेक्स, वडा नं २४ को सुरज आर्केट, वडा नं २९ को शुभश्री कोअपरेटिभ लिमिटेड, वडा नं २८ का काठमाडौं प्लाजा र नेपाल शेयर मार्केटका साथै वडा नं ३० का गोपालजी प्रपर्टिज प्रालि र स्टार मल छन् । यी करदातालाई कर तिर्न दिएको म्याद साउन १५ गते सकिने र सो अवधिमा कर दाखिला नगरे कानूनी उपचार खोज्ने तयारी महानगरको छ ।