घरजग्गा तथा सम्पत्ति कर बुझाउन महानगरको ताकेता

काठमाडौं । महानगरभित्रका २० ठूला करदातालाई घरजग्गा तथा सम्पत्ति कर बुझाउन काठमाडौं महानगरपालिकाले ताकेता गरेको छ । घरजग्गा तथा सम्पत्ति कर नबुझाउने करदाताको कार्यालयमै गएर महानगरपालिकाले माइकिङ गर्न थालेको हो । असार १६ गते ३० दिने सार्वजनिक सूचना जारी गरिए पनि करदाताहरू सम्पर्कमै नआएपछि माङकिङ शुरू गरिएको महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए । उनका अनुसार तोकिएको अवधिमा कर तिर्न नआए घर, पसल र व्यवसायमा शिल गर्ने तथा बाँकी राजस्व असुली गर्न कानूनी उपचार खोज्ने महानगरपालिकाको तयारी छ । ‘धेरै प्रयास गर्दा पनि करदाता सम्पर्कमै नआएकाले बाध्य भएर माइकिङ गर्दै सूचना टाँस्दै हिँडेका हौं,’ उनले भने । नाम सार्वजनिक गरिएका २० करदातामध्ये अहिलेसम्म वडा नं ११ मा रहेको एनआरटी क्लब र वडा नं १३ मा रहेको काठमाडौं इञ्जिनियरिङ कलेज मात्र सम्पर्कमा आएका छन् । २० करदाताबाट मात्रै करीब ७० करोड रुपैयाँभन्दा बढी राजस्व उठ्न बाँकी रहेको महानगरपालिकाले बताएको छ । राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा नगर प्रहरीसहित गएको टोलीले बुधवार वडा नं ११ मा रहेको एनआरटी क्लब र युनाइटेड वल्र्ड ट्रेड सेन्टर, वडा नं १२ मा रहेको बागमती च्याम्बर, बुद्धबारी कम्प्लेक्स र वडा नं १३ मा रहेको काठमाडौं इञ्जिनियरिङ कलेज र नेपाल रेडक्रस सोसाइटीमा माइकिङ गर्दै सूचना टाँसेको थियो । महानगरलाई करको विवरणसमेत नबुझाउने अन्य करदातामा वडा नं १४ मा रहेका आदर कम्प्लेक्स, कृषि सामग्री संस्थान, एलआरआई स्कूल, वडा नं १५ मा रहेको मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा नं ३ स्थित कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल रहेको महानगरपालिकाको कार्यालयले बताएको छ । यसैगरी वडा नं २२ मा रहेको आरबी कम्प्लेक्स, वडा नं २४ को सुरज आर्केट, वडा नं २९ को शुभश्री कोअपरेटिभ लिमिटेड, वडा नं २८ का काठमाडौं प्लाजा र नेपाल शेयर मार्केटका साथै वडा नं ३० का गोपालजी प्रपर्टिज प्रालि र स्टार मल छन् । यी करदातालाई कर तिर्न दिएको म्याद साउन १५ गते सकिने र सो अवधिमा कर दाखिला नगरे कानूनी उपचार खोज्ने तयारी महानगरको छ ।

सम्बन्धित सामग्री

विरोधपछि सिद्धार्थनगरले घटायो एकीकृत सम्पत्ति कर

२५ साउन, बुटवल । विरोध भएपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले एकीकृत सम्पत्ति कर घटाएको छ । नगरपालिकाले गत बर्ष भन्दा सात सय प्रतिशतदेखि बाह्रसय प्रतिशतसम्म वृद्धि गरेर चालु आर्थिक बर्षबाट एकीकृत सम्पत्ति कर लिन सुरु गरेपछि विभिन्न राजनीतिक दल, व्यवसायिक र सामाजिक संघ संगठनले विरोध जनाएका थिए । अस्वभाविकरुपमा कर बढाएको भन्दै उनीहरु पुरानै दर कायम […]

सम्पत्ति कर तिर्न १७ संस्थालाई काठमाडौं महानगरको ताकेता

काठमाडौं : काठमाडौं महानगरपालिकाले सम्पत्ति कर नतिरेका १७ संस्थालाई १० दिनभित्र बुझाउन ताकेता गरेको छ।महानगरले आज ती संस्थाहरूलाई पत्र लेखेर १० दिनभित्र सम्पत्ति कर र हालसम्मको जरिवाना बुझाउन निर्देशन दिएको हो।पटक पटक ताकेता गर्दा पनि ती संस्थाहरूले कर नबुझाएको महानगरपालिका कार्यालयले जनाएको छ। तोकिएको म्यादभित्र कर नबुझाए महानगरको राजस्व ऐन २०७५ बमोजिम सरकारी बाँकी सरह असुल उपर गरिने राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए। महानगरले खाद्य संस्थान, ह्वाइट फिल्ड स्कूल, रञ्जना

बालेनद्वारा कुलमानलाई चुनौती, प्राधिकरणलाई सम्पत्ति कर बुझाउन दिए अल्टिमेटम

काठमाडौं, २१ भाद्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले एकपछि अर्को कडा कदम चाल्न थालेका छन् । उनले आज विभिन्न १७ वटा संस्थालाई सम्पत्ति कर बुझाउन अल्टिमेटम दिने गरी महानगरपालिकालाई विभागीय प्रमुखमार्फत् पत्र लेख्न लगाएका छन् । सम्पत्ति कर बुझाउन १० दिने अल्टिमेटम दिइएका संस्थाहरुमा नेपाल विद्युत प्राधिकरण पनि छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान […]

महानगरले १७ संस्थालाई १० दिनभित्र सम्पत्ति कर तिर्न दियाे निर्देशन

मंगलबार महानगरपालिकाको राजस्व विभागले सरकारी तथा गैरसरकारी गरी १७ वटा संस्थालाई पत्रमार्फत १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिएको हो।...

यी तीन अस्पताललाई १० दिनभित्र सम्पत्ति कर तिर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले मनमोहन मेमोरियल कलेज, सिविक हस्पिटल र डेन्टल कलेज सामाखुसी, काठमाडौंलाई १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिएको छ।

काठमाडौँ महानगरको ध्यान घरजग्गा र सम्पत्ति कर असुलतर्फ

काठमाडौँ- अवैध रूपमा निर्माण भएका संरचना भत्काउने काममा लागिरहेको काठमाडौँ महानगरपालिकाको ध्यान अब लामो समयदेखि उठ्न नसकेको घरजग्गा र सम्पत्ति कर उठाउनेतिर पनि मोडिएको छ । विगत २९ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातालाई फेरि ताकेता गरी यसअघि असुलउपर गर्नुपर्ने सम्पूर्ण बक्यौता रकम लिने तयारीमा कामपा लागिपरेको छ ।  उनन्तीस वर्षको अवधिमा घरजग्गा […]

उद्योगमा सम्पत्ति कर नलिन वीरगञ्जका उद्योगीको माग

२ असार, वीरगञ्ज । वीरगञ्जका उद्योगीहरुले उद्योगसँग सम्पत्ति कर नलिन वीरगञ्ज महानगरपालिकासँग आग्रह गरेका छन् । महानगरपालिकालाई आगामी आर्थिक वर्ष ०७९/८० को बजेट तथा कर सम्बन्धमा सुझाव दिँदै उनीहरुले यस्तो आग्रह गरेका हुन् । वीरगञ्ज महानगरले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट तयार गरिरहेको छ । त्यसका लागि असार १० गते नगरसभा बैठक […]

घरजग्गा र सम्पत्ति कर नतिर्ने ५२ करदाताको सूची सार्वजनिक

काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदाताको नाम सार्वजनिक गरेको छ । महानगरअन्तर्गत राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाएमा कानुनी...