गहुँलाई मल छैन, धान किन्न पौने १२ अर्ब

काठमाडौं, पुस १४ । समयमै मल खरिद नहुँदा यो सिजनमा किसानले गहुँ बालीमा रासायनिक मलको अभाव झेले। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिले रासायनिक मल आपूर्तिमा कठिनाइ भएपछि किसानले पाएनन्। गहुँ बालीका लागि मल नपाएका किसानले आगामी सिजनको धानका लागि पाउने संकेत देखिएको छ। सरकारले आगामी सिजनको धानका लागि रासायनिक मल किन्न थप बजेट व्यवस्था गरेको […]

सम्बन्धित सामग्री

धान रोप्ने वेलामा चाहिने मल पाक्ने वेलामा आइपुग्यो

विनामल नै रोपाइँ सक्न बाध्य भएका किसानले धान पाकेर भित्र्याउने समयमा भने बल्ल मल पाउने भएका छन् । रोपाइँको समयमा दिनभर लाइन बसेर पनि मल पाउन नसक्दा विनामल नै धान रोप्न...

धान पसाउने वेलामा पनि पाइएन मल

प्रदेशले कोटाअनुसार दिएको मल स्थानीय तहहरूले नउठाउँदा केही स्थानमा मलको अभाव भएको छ : कृषि मन्त्रालय रासायनिक मलविनै धान रोप्न बाध्य भएका किसानहरूले धान पसाउने (टप ट्रेसिङ) वेलासम्म पनि मल पाउन सकेका...

ओखलढुंगाका किसानहरूले मल विना नै गरे रोपाइँ

काठमाडौं । यसवर्ष ओखलढुंगाका किसानले रासायनिक मल विना नै धान रोपाइँ गरेका छन् । धान खेतीका लागि आवश्यक मल नपाएपछि मल विना नै उनीहरूले रोपाइँ गरेका हुन् । मनसुन समयमै भित्रिए पनि मलका लागि भौतारिँदा समेत मल नपाइएको सिद्धिचरण नगरपालिका– ४ रुम्जाटारका किसान पशुपति गुरुङले बताउनुभयो । मल विना नै धान रोपाइँ गरेका किसानलाई यसवर्ष […]

किसानलाई मल छैन, मेशिनले मन्त्रीको धान रोपाइँ

काठमाडौँ : असार १५ गते राष्ट्रिय धान दिवस मनाइरहँदा भन्सारबाट बाहिरिएको तथ्य हो, झण्डै एक वर्षमा ४५ अर्बको चामल मात्रै आयात भयो । यो तथ्य त्यतिबेला बाहिरिएको हो, जतिबेला नेपालका कृषिमन्त्री महिन्द्रराय यादव मेशिनमाथि बसेर धान रोपाइँ गरिरहेका थिए । यादव तिनै मन्त्री हुन्, जसले केही समयअघि किसानका लागि रसायनिक मल किन्ने बेलामा आवश्यक सहमति […]

मलबिना धान राेप्दै किसान

दाङ- लमही नगरपालिका-१ सुन्डबरी निवासी किसान सरोज कुमालले यसपालि मल नछरी धान रोपेका छन्। सरकारले अनुदानमा उपलब्ध गराउने रासायनिक मल युरिया नपाएपछि उनले मलबिनै धान रोप्नुपरेको दुखेसो पोखे। ‘मलको लागि धेरै ठाउँ धाइयो, तर पाइएन। मल नपाए पनि खेती रोक्नु भएन’, उनले भने, ‘उब्जनी कस्तो हुने हो, यसपालि मलै नछरी धान रोपियो।’ धान खेती सुरु […]

मल नै नहाली धान रोप्दै म्याग्दीका किसान

गलेश्वर- मनसुन चाँडै सुरु भएर वर्षा हुन थालेपछि हिमाली जिल्ला म्याग्दीको लेकाली क्षेत्रमा धान रोपाइँ सुरु भएको छ । जिल्लाका मालिका, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण, धौलागिरि गाउँपालिकाका सबै ठाउँमा र बेनी नगरपालिकाका ज्यामरुककोट, गौश्वारा, बिमिराबोट, तमाने, भकिम्ली, पुलाचौर, घतानलगायत ठाउँमा यतिखेर धान रोपाइँ सुरु भएको हो । रासायनिक मल नपाएपछि मकै बालीमा पनि मल नहालेका यहाँका […]

खेतमा हाल्ने मल छैन, भक्तपुरका किसानलाई धान रोप्ने चटारो

यस वर्ष मनसुन चाँडै सुरु भएपछि भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ ।धानखेतीका लागि नभई नहुने रासायनिक मल अभाव खेपिरहे पनि खेतमा पानी भरिएपछि किसानलाई धान रोप्ने चटारो परेको हो । “पानी परेर खेतका गरा भरिएपछि मन थाम्न सकिएन, मल कुरेर बस्न सकिएन, धान रोप्न थाल्यौँ”, चाँगुनारायण नगरपालिका–४ छालिङमा खेतमा रोपाइँ गरिरहेका भक्तपुर नगरपालिकाका किसान कल्पना वासीले भनिन् ।विगतका वर्षमा असारको पह

कैलालीका किसानको गुनासो : बर्खा आयो, मल आएन

धान रोप्ने वेला कैलालीका किसानलाई मलको प्रतीक्षामा बस्नुपर्ने बाध्यता भएको छ । धान रोप्नका लागि बेर्ना तयार भए पनि रासायनिक मल नआएपछि रोपाइ गर्न ढिलाइ भएको किसानको गुनासो छ । ‘धान रोप्दा  डिएपी मल चाहिन्छ,’ धनगढीका पदम भण्डारीले भने, ‘तर अहिले सम्म मल पाइएको छैन, बेर्ना तयार भइसक्यो ।’ आफ्नो जमिन पानी जम्ने होचो स्थानमा रहेको बताउँदै उनले वर्षा सुरु हुनअघि नै रोपाई गरिनसके पछि खेत बाँझै राख्नुपर्ने अवस्था आउन सक्ने बताए । ‘वर्षा सुरु भएपछि खेतमा पानीको ताल

धान बालीका लागि चाहिने मल अभाव

वीरगञ्ज – धान बालीका लागि आवश्यक परेको बेलामा फेरि देशमा मलको अभाव भएको छ। बाला लाग्ने बेला भएको धानका लागि चाहिने समयमै फेरि मलको हाहाकार भएको हो। हरेक सिजन हरेक वर्षझँै यसपालि पनि चाहिएकै बेलामा मलको अभाव भएको छ। बर्सेनि मलको अभाव खेप्दै आएका किसानले मल अभावको पीडालाई नौलो कुराको रूपमा नलिए पनि अहिले धान […]

धान रोप्ने बेलामा मल अभाव नहुने दाबी

सरकारले यो वर्ष धान रोप्ने बेलामा बजारमा रासायनिक मल अभाव नहुने दाबी गरेको छ ।समयमै मलको आयात भई पर्याप्त मात्रामा मौज्दात गरेकाले पनि बजारमा मल अभाव नहुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । अघिल्लो वर्ष धान रोप्ने बेला मलको चरम अभाव भएको थियो । यो वर्ष बंगलादेशबाट र टेन्डर आह्वान गरेको मल समयमा […]