धान रोप्ने वेलामा चाहिने मल पाक्ने वेलामा आइपुग्यो

विनामल नै रोपाइँ सक्न बाध्य भएका किसानले धान पाकेर भित्र्याउने समयमा भने बल्ल मल पाउने भएका छन् । रोपाइँको समयमा दिनभर लाइन बसेर पनि मल पाउन नसक्दा विनामल नै धान रोप्न...

सम्बन्धित सामग्री

ओमनबाट मगाएको युरिया मल वीरगन्ज आइपुग्यो

वीरगन्ज । नेपाली किसानका लागि यो बर्षको मलको हाहाकार नहुने भएको छ । धान बालिका लागि चाहिने युरिया मल वीरगन्ज स्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयमा रेलको ¥याक मार्फत आउन थालेकोले यो बर्ष युरिया मलको हाहाकार नहुने भएको हो । कृषि सामग्री कम्पनीले ग्लोबल टेण्डर मार्फत मगाएको ६० हजार मेट्रिक टन मल पहिलो लटमा ३० हजार […] The post ओमनबाट मगाएको युरिया मल वीरगन्ज आइपुग्यो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बंगलादेशबाट आइपुग्यो सम्झौता अनुसारको युरिया मल

वीरगञ्ज । बंगलादेशबाट खरीद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकार (जीटुजी)मार्फत रासायनिक मल खरीद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेडका प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको हो । जीटुजी सम्झौताअनुसार बंगलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउने भए पनि थप २ हजार मेट्रिकटन गरी जम्मा ५२ हजार मेट्रिकटन सम्बन्धित कार्यालयमा आइपुगेको वीरगञ्ज कार्यालयका प्रदेश प्रबन्धक गोरखनाथ केसीले बताए । उनका अनुसार शुरूमा बंगलादेशले दिने ५० हजार मेट्रिकटन युरिया मलबाहेक थप २ हजार मेट्रिकटन मलसमेत दिने सम्झौता भएपछि जम्मा ५२ हजार मेट्रिकटन मल केही दिनअघि नेपाल भित्रिएको हो । दुवै देशका सरकारबीच भएको सम्झौताअनुसार नेपाल सरकारले साउनभित्र सबै मल प्राप्त गरिसक्नुपर्नेमा कोरोना संक्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन केही ढिलाइ भएको थियो । अहिले सबै मल आइसकेकाले किसानलाई मलको अभाव नहुने प्रबन्धक केसीले बताए । अघिल्लो वर्षसम्म मलको अभाव खेपिरहेका किसानले यस वर्ष समयमा मल पाएको र चाँडै रोपाइँ शुरू भएकाले धान उत्पादन ३० प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्साका बालीविज्ञ सुरेशप्रसाद चौरसियाले बताए । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा अहिले युरिया, डीएपी र पोटास मल मौज्दात अवस्थामा छ । उक्त मल पहिलो चरणको धान खेतीका लागि पर्याप्त भएको देखिन्छ । सो कार्यालयले आफ्ना १३१ जना थोक विक्रेतामार्फत सीधै किसानसम्म मल पु¥याउने गरेको छ । एकपटकमा एक थोक विक्रेतालाई बढीमा एक पटकका लागि १३० बोरासम्म मल दिने गरेको छ । सो मल विक्रेताले स्थानीय तहले तोकेको मूल्यमा मल बेच्नुपर्ने प्रावधान छ । कतिपय विक्रेताले मल ल्याउँदा ढुवानी खर्च बढी लाग्ने, बाटोमा प्रहरीले रकम माग्ने गरेकाले बढी खर्चको बहानामा किसानलाई चर्को मूल्यमा मल बेचेर कालोबजारी गर्ने गरेको किसानको आरोप छ ।  रासस

बंगलादेशबाट मगाइएको मल नेपाल आइपुग्यो, यो वर्ष हाहाकार नहुने

पर्सा : मनसुन सुरु भएसँगै नदी छेउका सर्वसाधारणलाई ज्यान जोगाउन र किसानलाई खेती गर्न भ्याइनभ्याई छ। यही समयमा कृषि सामग्री कम्पनीलाई भने यो सिजनको धानबालीका लागि किसानलाई चाहिने रासायनिक मल जोहो गर्न दबाब बढेको छ।गत वर्षझैँ मल नपाएर धान किसान हाहाकार भए फेरि कृषि सामग्री कम्पनीमाथि आक्षेप आउने डरले कम्पनीले यो वर्ष भने धमाधम रासायनिक मलको जोहो गरिरहेको हो। बंगलादेशबाट मगाइएको सबै मल नेपाल आइपुग्योनेपाल सरकारको मल आयात गर्ने आधिकारिक संस्था यो कम्पनीले तीन दिनदेखि थप १९ हजार ५ सय मेट्रिक