मल नै नहाली धान रोप्दै म्याग्दीका किसान

गलेश्वर- मनसुन चाँडै सुरु भएर वर्षा हुन थालेपछि हिमाली जिल्ला म्याग्दीको लेकाली क्षेत्रमा धान रोपाइँ सुरु भएको छ । जिल्लाका मालिका, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण, धौलागिरि गाउँपालिकाका सबै ठाउँमा र बेनी नगरपालिकाका ज्यामरुककोट, गौश्वारा, बिमिराबोट, तमाने, भकिम्ली, पुलाचौर, घतानलगायत ठाउँमा यतिखेर धान रोपाइँ सुरु भएको हो । रासायनिक मल नपाएपछि मकै बालीमा पनि मल नहालेका यहाँका […]

सम्बन्धित सामग्री

कोरोना संकटमा खेतीपातीमै व्यस्त म्याग्दीका किसान

म्याग्दी । बिहान ६ नबज्दै म्याग्दीको बेनी नगरपाकिला–२ बगरफाँटका किसान मकै गोड्न खेतमा पुगिसकेका हुन्छन् । मुखमा मास्क र हातमा कोदालोसहित खेतका गह्रामा मकै गोड्दै गरेका किसानलाई यतिबेला कोरोना संक्रमणको डरभन्दा बाली नसप्रिएको चिन्ताले पिरोल्न थालेको छ । जिल्लाका ग्रामिण क्षेत्रमा तीव्ररूपमा कोरोना संक्रमण फैलदै गएको भए पनि काम नगरी नहुने भएकाले आफूहरू सुरक्षा सावधानी अपनाउँदै खेतीपातीको काममा व्यस्त हुनुपरेको किसानहरूले बताएका छन् । अहिले गाउँमा मकै गोड्ने, धानको बीउ राख्ने र खेतबारीमा मल राख्ने समय भएको छ । खेतीपातीको काम समयमै गर्नुपर्ने भएकाले मास्क लगाएर सकेसम्म भौतिक दूरी कायम गरी मकै गोड्न थालेको बेनी नगरपालिका–२ बगरफाँटकी सावित्रा शाहले बताइन् । रोगभन्दा भोक टार्न समस्या हुने भएकाले जोखिम भए पनि  सावधानी अपनाएर काममा खटिनुपरेको अर्का कृषक टेकबहादुर कार्कीको भनाइ छ । ‘परिवारको दुई छाक टार्नै भए पनि खेती गर्नुपर्छ,’ उनले भने, ‘रोगसँग डराएर मात्र पनि त भएन नि ।’ शाह र कार्की मात्र होइन, अहिले धेरै कृषक खेतबारीमा व्यस्त छन् । ‘मानो रोपेर मुरी फलाउने बेला हुँदै छ, कोरोना रोगभन्दा हामीलाई परिवारको पेट भर्ने चिन्ताले पिरोल्छ,’ मंगला गाउँपालिका–३ का कृषक युमाकान्त सापकोटाले भने, ‘गाउँमा भने खेताला पनि पाइन्नन्, अर्मपर्म नगरीकन खेती लगाउनै सकिँदैन ।’ वर्षात्को खेती सिजन शुरू हुन लागेसँगै बजारवासीभन्दा गाउँका कृषकलाई बालीनाली लगाउन बढी चटारो छ । कृषिबाट जीविका चलाउने उनीहरूलाई यतिबेला फुर्सद नै छैन । केही अन्न जोहो नगरी बाँच्ने विकल्प नभएका किसान यतिबेला खेतबारीमा व्यस्त बनेको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । कोरोना भाइरसको दोस्रो लहर शुरू भएसँगै शहरबजार बस्नेहरू पनि धमाधम गाउँ फर्किएका छन् । खेतीपातीको सिजन शुरू भएकाले पनि गाउँ नै उत्तम विकल्प भएको उनीहरू बताउँछन । शहरभन्दा पनि गाउँघर नै सुरक्षित र उत्तम विकल्प भएको धवलागिरि गाउँपालिका–३ मुनाका पुर्म पुनले बताए । ‘कोरोनाले नानीहरूको स्कुल बिदा भयो, यो महामारीमा त गाउँमै काम र समय कटाउनु आराम छ, त्यसैले शहरबाट गाउँमा फर्किएका व्यक्ति पनि अहिले खेतीपातीको काममा व्यस्त भएका हुन् ।’ खेतीयोग्य जमिनमा वृद्धि, पर्याप्त सिँचाइ र रोग, किराको प्रकोप हटेपछि गतवर्ष म्याग्दीमा धान उत्पादन बढेको थियो । २ लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमा फैलिएको म्याग्दीमा ३० हजार ८५६ हेक्टर जमिन मात्र खेतीयोग्य रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले बताएको छ । १ लाख १३ हजार ६४१ जनसंख्या रहेको जिल्लाको ३२ प्रतिशत बासिन्दा पूर्णरूपमा कृषिमा आश्रित छन् । यद्यपि उनीहरूमध्ये अधिकांशले व्यावसायिक रूपमा कृषि उत्पादन गर्न सकेका छैनन् । ७ प्रतिशतले मात्रै व्यावसायिक रूपमा कृषि पेशा गर्दै आएका छन् । गोठेमलको प्रयोग र  यस वर्ष पर्याप्त वर्षात्ले सिँचाइ पुगेकाले पनि किसानलाई समयमै खेती लगाउन धेरै सहज भएको छ । समयमै मल आवश्यक पर्ने किसानलाई उपलब्ध गराउन कार्यालयले आवश्यक तयारी पनि गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले बताएको छ ।