मुचुल्काको भन्दा बढी मतपत्र फेला परेपछि फतुवा विजयपुरमा मतगणना स्थगित

रौतहटको फतुवा विजयपुर नगरपालिकामा मुचुल्काको भन्दा ४१ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ। बढी मतपत्र फेला परेपछि पुनस् मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले मतगणना स्थल बाहिर बिरोध प्रदर्शन गरेका छन् ।फतुवा विजयपुर नगरपालिका–३ को मेवा गाउँको बुथमा मतदान अधिकृतले मुचुल्का उठाएर पठाएको तथ्यांक भन्दा ४१ वटा बढी मतपत्र फेला परेको प्रमुख निर्वाचन अधिकृत नारायण प्रसाद वाग्लेले बताए ।निर्वाचन आयोगले बाकसमा खसेको मतलाई सदर मानेर गणना जारी राख्न निर्देशन दिएकाले आफूले मतगणन

सम्बन्धित सामग्री

३० मतपत्र बढी भेटिएपछि बाजुरामा मतगणना स्थगित

काठमाडौं, १६ मंसिर । बाजुरामा बिहीबारदेखि जारी सुरु भएको मतगणना पुनः रोकिएको छ । हिमाली गाउँपािलकाका चार वटा मतदान केन्द्रमा मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिपछि मतपत्र भेटिएपछि गणना स्थगित भएको हो । मतगणना गर्ने क्रममा ३० मतपत्र बढी भेटिएको हो । २३ सय १२ मतपत्र हुनुपर्नेमा गणनाका क्रममा २३ सय ४२ मतपत्र भेटिएपछि दलका […]

बाजुरामा फेरि लफडा, मतगणना स्थगित

बाजुरामा प्रतिनिधिसभाकाे मतगणना स्थगित भएकाे छ । गणनाका क्रममा मुचुल्कामा लेखिएकाे भन्दा बढी मतपत्र भेटिएपछि स्थगित भएकाे हाे ।

रुपन्देही–२ मा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि गणना स्थगित

बुटवल – रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा मुचुल्कामा भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको छ। मतदान केन्द्रबाट तयार पारिएको मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले विरोध गरेपछि मतगणना रोकिएको हो। मतगणना सुचारु गराउनका लागि प्रयास भइरहेको निर्वाचन अधिकृत उदवीर नेपालीले बताए। मतपेटिकामा मुचुल्कामा […]

हुम्लामा भेटियाे खसेकाे मतभन्दा बढी मतपत्र

हुम्लामा खसेकाे मतभन्दा बढी मतपत्र भेटिएकाे छ । जसकारण त्यहाँकाे प्रतिनिधि सभा सदस्यको मतगणना स्थगित भएको छ । एउटा मतदान केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएपछि मतगणना स्थगित भएको जिल्ला निर्वाचन कार्यलय हुम्लाले जनाएकाे छ । बिहीबार राति साढे १२ बजेदेखि रोकिएको मतगणना अहिलेसम्म सुरु हुन सकेको छैन ।

खसेको भन्दा धेरै मतपत्र भेटिएपछि हुम्लामा मतगणना स्थगित

९ मंसिर, हुम्ला । हुम्लामा प्रतिनिधि सभा सदस्यको मतगणना स्थगित भएको छ । एउटा मतदान केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएपछि मतगणना स्थगित भएको हो । हिमज्योती माध्यमिक विद्यालयको केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएको हो । १२ देखि १५ मतपत्र बढी देखिएको भन्दै एमालेले मत गणना रोक्न माग गरेको हो । बिहीबार राति साढे १२ बजेदेखि […]

खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि गणना स्थगित

मोरङको रंगेली नगरपालिकाको मतगणना शुक्रबार पुनः स्थगित भएको छ। खसेको मतभन्दा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित भएको हो।...

‘फर्जी मत’ भेटिएपछि नगराईन नगरपालिकाको मतगणना स्थगित

धनुषाको नगराईन नगरपालिकामा ३ वटा मतदान केन्द्रको मतगणना स्थगित गरिएको छ । नगराईन नगरपालिका–२ को राप्रवि जटही (क) र (ख) मतदान केन्द्रको गणना भइरहेको बेला मतदान अधिकृतको दस्तखत नभएको मतपत्र भेटिएको छ । दस्तखत बिनाको मतपत्र भेटिएपछि लोसपा नेपालका प्रमुख पदको उम्मेदवार राजेश चौधरी सहित ११ जनाले गणना रोक्न आग्रह गरेका थिए । उप–स्वास्थ्य  चौकी रामबाग (ख) को मत पेटिकामा पनि मतदाताको संख्याभन्दा बढी मतपत्र भेटिएको छ । मतदाताभन्दा धेरै मतपत्र भेटिएपछि  ‘हाललाई मतगणना कार्

धनुषाको नगराइन नगरपालिकाको मतगणना स्थगित

धनुषाको नगराइन नगरपालिकाको मतगणना स्थगित भएको छ ।  सो नगरपालिका वडा नम्बर २ को राष्ट्रिय प्रावि जटही (क) र (ख) मतदान केन्द्रको मतगणना कार्य भइरहेको अवस्थामा केही मतपत्रमा मतदान अधिकृतको दस्तखत  नभएपछि  लोसपा नेपालका प्रमुख पदको उम्मेदवार राजेश चौधरीसमेत ११ जनाले मतगणना स्थलमा निवेदन दिएका थिए । यस्तै उप स्वास्थ्य चौकी रामबाग (ख) को मतपेटिका मतदाताको संख्या भन्दा बढी मतपत्र रहेको देखिएको पनि निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोही विषयमा देखिएको समस्या समाधान गर्नका

धनुषाको धनौजीमा मतगणना स्थगित

धनुषाको धनौजी गाउँपालिकामा मतगणना स्थगित भएको छ । मतदान भएको मतभन्दा १५ वटा बढी मतपत्र मत पेटिकामा फेला परेपछि मतगणना स्थगित भएको हो । १५ मत बढी फेला परेपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए । उनले भने, ‘मत पेटिकामा खसेको मत भन्दा बढी मत फेला परेको छ । निर्वाचन सम्बन्धी ऐनले मतपेटिका मा रहेको मतलाई नै अन्तिम मत मान्ने अवस्था रहेपनि यसलाई बेवास्ता गरेपछि विवाद भएकाले तत्काल मतगणना स्थगित गरिएको हो ।’ धनौजी वडा नम्बर २ मा

काँग्रेस अधिवेशन : फर्जी मत खसेको भन्दै अछाम १ मा मतगणना स्थगित

फर्जी मत खसेको भन्दै अछाम १ मा काँग्रेस अधिवेशनको मतगणना स्थगित भएको छ । अछाम क्षेत्र १ मा मतदाताभन्दा १८ मत बढी भेटिएको भन्दै मतगणना कार्य स्थगित भएको हो । कुल मतदाता संख्या ७६४ रहेको क्षेत्र १ मा ७५७ मत खसेको निर्वाचन कमिटीले जनाएको थियो । मत गणनाको क्रममा ४१७ मतगणनापछि बाँकी रहेका मतपेटिका खोलेर जम्मा मतपत्र संख्या ७७५ पुगेको उम्मेदवारहरूले बताएका छन् ।