खसेको भन्दा धेरै मतपत्र भेटिएपछि हुम्लामा मतगणना स्थगित

९ मंसिर, हुम्ला । हुम्लामा प्रतिनिधि सभा सदस्यको मतगणना स्थगित भएको छ । एउटा मतदान केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएपछि मतगणना स्थगित भएको हो । हिमज्योती माध्यमिक विद्यालयको केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएको हो । १२ देखि १५ मतपत्र बढी देखिएको भन्दै एमालेले मत गणना रोक्न माग गरेको हो । बिहीबार राति साढे १२ बजेदेखि […]

सम्बन्धित सामग्री

रुपन्देही–२ को मतगणना अबरुद्ध

काठमाडौं, ९ मंसिर । रुपन्देही–२ मा मतगणना अबरुद्ध भएको छ । मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणना बढी मतपत्र भेटिएपछि सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले पुनः मतदानको माग गर्दै विरोध जनाएपछि मतगणना रोकिएको हो । ८१ हजार खसेको मतमध्ये ६ हजार मत गन्न बाँकी हुदा मतगणना अबरुद्ध भएको हो ।

खसेको भन्दा धेरै मतपत्र भेटिएपछि धादिङ–२ को प्रदेश सभा ‘ख’ मा मतगणना स्थगित

धादिङ - धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ को प्रदेश सभा ‘ख’ मा मतपत्र धेरै भेटिएपछि  गणना रोकिएको छ । खनियाँबास गाउँपालिका-४ गणेशकुण्ड मतदान केन्द्रको मतपेटिकाको दुई वटा सिल तोडिएको भन्दै राप्रपा र एमालेका कार्यकर्ताहरुले प्रदर्शन समेत गरेका छन् । चार वटा केन्द्रको खसेको मतमा ९२ मतपत्र धेरै भेटिएको छ । त्यहाँ १ हजार १ सय ९ मतदाताले मतदान गरेको मुचुल्का छ । तर मत गन्ने तयारी गर्दा १ हजार २ सय १ मतपत्र भेटिएको हो । पछिल्लो मतपरिणाम अनुसार प्रदेश सभा ‘ख’ का उम्मेदवार नेकपा म...

दाङमा सुरु भयो मतगणना

दाङ : दाङ क्षेत्र नं ३ को मतगणना सुरु भएको छ। बिहान साढे १० बजेदेखि मतगणना सुरु हुने भनिएता पनि निर्धारित समय भन्दा पौने दुई घण्टा ढिलो मतगणना सुरु भएको हो।भू–संरक्षण कार्यालय तुलसीपुरमा मतगणना भइरहेको छ। अपरान्ह १२ बजेदेखि मतगणना सुरु भएको हो। दाङ क्षेत्र नं. ३ मा १ लाख ४६ हजार ४ सय ७५ मतदाता रहेकोमा ९० हजार ५ सय २० मत खसेको थियो। अहिले मतपत्र पट्याउने काम भइरहेको छ। मतपत्र पट्याउने एक घण्टा लाग्न सक्ने मुख्य निर्वाचन कार्यालय तुलसीपुरले जनाएको छ

फरक मतपेटिकामा खसेको मत सदर हुन्छ : आयोग

काठमाडौं : निर्वाचन आयोगले फरक मतपेटिकामा परेको मतपत्र सदर हुने जनाएको छ।आइतबार साँझ पत्रकार सम्मेलन गर्दै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यसको मतगणना हुने जानकारी दिएका हुन्।‘सबै प्रकृतिका मत सगँसँगै मतगणना हुन्छ,जस्तो कुनै प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मत त्यहीँको समानुपातिकतर्फको बाकसमा खसाएको अवस्था भए ठाउँको ठाउँ जोड्न सकिने छ,सहमति कायम गरी मतगणना गरिनेछ’उनले भने।उनका अनुसार देशभर ६१ प्रतिशत मत खसेको छ। अहिले उनले मतपेटिका ढुवानी भइरहेको जानकारी द

मुचुल्काको भन्दा बढी मतपत्र फेला परेपछि फतुवा विजयपुरमा मतगणना स्थगित

रौतहटको फतुवा विजयपुर नगरपालिकामा मुचुल्काको भन्दा ४१ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ। बढी मतपत्र फेला परेपछि पुनस् मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले मतगणना स्थल बाहिर बिरोध प्रदर्शन गरेका छन् ।फतुवा विजयपुर नगरपालिका–३ को मेवा गाउँको बुथमा मतदान अधिकृतले मुचुल्का उठाएर पठाएको तथ्यांक भन्दा ४१ वटा बढी मतपत्र फेला परेको प्रमुख निर्वाचन अधिकृत नारायण प्रसाद वाग्लेले बताए ।निर्वाचन आयोगले बाकसमा खसेको मतलाई सदर मानेर गणना जारी राख्न निर्देशन दिएकाले आफूले मतगणन

खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि गणना स्थगित

मोरङको रंगेली नगरपालिकाको मतगणना शुक्रबार पुनः स्थगित भएको छ। खसेको मतभन्दा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित भएको हो।...

खसेको भन्दाबढी मतपत्र भेटिएपछि मतगणना स्थगित

काठमाडौँ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा खसेको भन्दाबढी मतपत्र भेटिएको भन्दै विवाद भएपछि गणना कार्य अवरुद्ध भएको छ। नगरपालिकास्थित निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेका अनुसार मतपत्र बढी भेटिएको भन्ने विषयमा विवाद भएपछि अहिलेलाई गणना कार्य अवरुद्ध भएको हो। मतगणनाका क्रममा खसेको मतपत्र भन्दा १ सय ७ वटा मतपत्र बढी भेटिएपछि विवाद सुरु […]

धनुषाको धनौजीमा मतगणना स्थगित

धनुषाको धनौजी गाउँपालिकामा मतगणना स्थगित भएको छ । मतदान भएको मतभन्दा १५ वटा बढी मतपत्र मत पेटिकामा फेला परेपछि मतगणना स्थगित भएको हो । १५ मत बढी फेला परेपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए । उनले भने, ‘मत पेटिकामा खसेको मत भन्दा बढी मत फेला परेको छ । निर्वाचन सम्बन्धी ऐनले मतपेटिका मा रहेको मतलाई नै अन्तिम मत मान्ने अवस्था रहेपनि यसलाई बेवास्ता गरेपछि विवाद भएकाले तत्काल मतगणना स्थगित गरिएको हो ।’ धनौजी वडा नम्बर २ मा

हस्ताक्षर नभएको मतपत्र भेटिएपछि महालक्ष्मी नगरपालिकामा तनाव

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको ४२ वटा मतपत्र भेटिएपछि मतगणना स्थलमा तनाव उत्पन्न भएको छ । मतगणना भइरहेको बेला वडा नम्बर १० को मतपेटिकामा ४२ वटा मतपत्रमा हस्ताक्षर नभएको भेटिएको हो । बिना हस्ताक्षरको मतपत्र भेटिएपछि मतगणना स्थलमा नाराबाजी भइरहेको छ । वडा नम्बर १० मा ८२६ मत खसेको थियो । […]

काँग्रेस अधिवेशन : फर्जी मत खसेको भन्दै अछाम १ मा मतगणना स्थगित

फर्जी मत खसेको भन्दै अछाम १ मा काँग्रेस अधिवेशनको मतगणना स्थगित भएको छ । अछाम क्षेत्र १ मा मतदाताभन्दा १८ मत बढी भेटिएको भन्दै मतगणना कार्य स्थगित भएको हो । कुल मतदाता संख्या ७६४ रहेको क्षेत्र १ मा ७५७ मत खसेको निर्वाचन कमिटीले जनाएको थियो । मत गणनाको क्रममा ४१७ मतगणनापछि बाँकी रहेका मतपेटिका खोलेर जम्मा मतपत्र संख्या ७७५ पुगेको उम्मेदवारहरूले बताएका छन् ।