व्यास नगरपालिकाले ४९ विद्यालयलाई एक लाखका दरले रकम उपलब्ध गराउने

तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रति विद्यालय रु एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले प्रति विद्यालय रु एक लाखका दरले रु ४९ लाख उपलब्ध गराउने निर्णय गरेको हो । प्रविधिमैत्री कार्यका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । उक्त रकमबाट विद्यालयले आवश्यक प्रविधि खरिद गर्नेछन् । “उक्त कार्यका लागि विद्यालयलाई प्र

सम्बन्धित सामग्री

रत्ननगरमा इन्जिनियरिङ कलेज सञ्चालन गर्ने सहमति

भदौ २३, चितवन । चितवनको रत्ननगर नगरपालिकामा इन्जिनियरिङ कलेज खुल्ने भएको छ । पोखरा विश्व विद्यालयको आंगिक कलेजको रुपमा रत्ननगरमा इन्जिनियरिङ कलेज खुल्ने सैद्धान्तिक सहमति भएको हो ।  मंगलवार रत्ननगरमा भएको तेस्रो चरणको छलफल पछि रत्ननगर नगरपालिका वडा नम्बर १२ वागदेवी स्कुलको जग्गामा इन्जिनियरिङ कलेज खोल्ने पक्का भएको हो ।  पोखरा विश्व विद्यालयका उपकुलपति प्रेमनारायण आचार्य र रत्ननगरका मेयर नारायण वनकोको बीचमा इन्जिनियरिङ कलेज सञ्चालनको लागि प्रक्रिया अगाडि बढाउने भएका छन् । सहमतिमा रत्ननगर नगरपालिकाले इन्जिनियरिङ कलेजका लागि दुई विघा २ कठ्ठा जग्गा विश्व विद्यालयलाई उपलब्ध गराउने निर्णय गरिसकेको छ ।  इन्जिनियरिङ कलेज सञ्चालनको लागि एक हप्ता भित्र कार्यदल बनाउने र मन्त्रिपरिषद्बाट स्वीकृत गराउन सर्वपक्षिय पहल गर्ने निर्णय भएको मेयर वनले जानकारी दिए । रत्ननगरमा इन्जिनियरिङ कलेज खोल्ने विषयमा पहिलो चरणमा स्थलगत अवलोकन, दोस्रो र तेस्रो चरणमा प्रक्रिया र आर्थिक व्यवस्थापनको विषयमा छलफल भएको छ ।  मेयर वनले कलेज सञ्चालनको लागि क्षमता अनुसार आर्थिक व्यवस्थापनको पक्षमा आफू सकारात्मक रहेको बताए । वनले रत्ननगर नगरपालिकालाई शैक्षिक हब बनाउने योजनामा आफू रहेको बताए । ‘सामुदायिक विद्यालयहरुमा हामीले प्राविधिक शिक्षा शुरु गरिरहेको छौं उनले भने, अब इन्जिनियरिङ कलेज सञ्चालन भएपछि शिक्षाको विकासमा रत्ननगरले फड्को मार्ने छ ।’ उपकुलपति आचार्यले रत्ननगरमा कलेज सञ्चालनको लागि प्रक्रियागत रुपमा काम अगाडि बढाउने बताए । कलेज सञ्चालनको लागि ठूलो आर्थिक भार हुने भन्दै उनले नगरपालिकाले सञ्चालन मध्येको केही खर्च मात्र उपलब्ध गरे हुने उनले बताए ।  पूर्व शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारीले विश्वाविद्यालय, रत्ननगरका जनप्रतिनिधि, शिक्षा प्रेमीहरुको दिमाखमा इन्जिनियरिङ कलेज खुलिसकेको भन्दै प्रक्रिया मात्र अगाडि बढाउन बाँकी रहेको बताए । ‘अब रोकटोक हुने सम्भावना छैन उनले भने, सरकारी पहल हुन्छ र त्यो सफल पनि हुन्छ ।’  विश्व विद्यालयका रजिष्टार दीपक भण्डारीले विश्व विद्यालयको क्षेत्र विस्तारको लागि पनि रत्ननगरमा इन्जिनियरिङ कलेज सञ्चालन गर्न कुनै समस्या नहुने बताए । सञ्चालन गरिसकेपछि पछि भने अप्ठेरो पर्न सक्ने भन्दै  उनले यसका लागि अहिले नै आर्थिक तथा विद्यार्थीको व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।  रत्ननगरका शिक्षा समितिका सदस्य तथा पहलकर्ता विष्णु प्रसाद शर्माले प्रशासनिक भवन बनाउँदै गर्ने र अहिले रहेको विद्यालयको संरचनामा कलेज सञ्चालन गर्ने प्रस्ताव गरेका छन् । कार्यक्रममा उपमेयर विमला दुवाडी, विश्व विद्यालयका डिन दयाराज ढकाल, योजना महाशाखा प्रमुख डा.दीपकराज पौडेल लगायतको सहभागिता रहेको थियो ।

तनहुँको व्यास नगरपालिकाले ४९ विद्यालयलाई एक लाखका दरले रकम उपलब्ध गराउने

तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रतिविद्यालय एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ ।  नगरपालिकाको मंगलवार बसेको कार्यपालिकाको बैठकले प्रतिविद्यालय एक लाखका दरले ४९ लाख उपलब्ध गराउने निर्णय गरेको हो ।  प्रविधिमैत्री कार्यका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । उक्त रकमबाट विद्यालयले आवश्यक प्रविधि खरिद गर्नेछन् ।

४९ विद्यालयलाई एक लाखका दरले रकम उपलब्ध गराइने

तनहुँ- तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रतिविद्यालय रु एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले प्रतिविद्यालय रु एक लाखका दरले रु ४९ लाख उपलब्ध गराउने निर्णय गरेको हो ।  प्रविधिमैत्री कार्यका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको…

४९ विद्यालयलाई एक लाखका दरले रकम उपलब्ध गराइने

तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रतिविद्यालय एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ।

सुन्दरको विद्युतीय सवारी एसेम्बलिङ प्लान्ट स्थापनाका लागि टेन्डर आह्वान

काठमाडौं (अस) । बुटवलको सैनामैना नगरपालिकासँग जग्गा लिजमा लिई नेपालमै विद्युतीय गाडी एसेम्बिलिङको तयारी गरिरहेको सुन्दर यातायात प्रालिअन्तर्गतको सुन्दर अटो इन्जिनीयरिङले प्रक्रिया अघि बढाएको छ । कम्पनीले प्लान्टका लागि आवश्यक भवनसहित सबै संरचना निर्माणका लागि टेन्डर आ≈वान गरेको छ । सुन्दरले प्लान्ट स्थापनाका लागि नगरपालिकाबाट ८ बिगाहा १० कट्ठा जग्गा भाडामा लिएको छ । जग्गा उपलब्धताका लागि कम्पनीले निवेदन दिएकोमा नगरपालिकाले गत असार १६ गतेको नगरसभाबाट सुन्दरलाई प्लान्ट स्थापनाका लागि नगरपालिकाभित्रको सरकारी जग्गा भाडामा दिने निर्णय गरेको थियो । कम्पनीले आगामी १० सेप्टेम्बरसम्म टेन्डर हाल्ने समायवधि तोकेको छ । उक्त अवधिभित्र निर्माण क्षेत्रमा संलग्न जुनसुकै कम्पनीले टेन्डर हाल्न सक्ने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए । नेपालमा पहिलोपटक विद्युतीय बस सञ्चालन गरेको कम्पनीले आगामी १ वर्षभित्र एसेम्बिलिङ प्लान्ट स्थापना गरी त्यसको एक वर्षभित्र नेपालमै एसेम्बिलिङ गरिएका गाडी सार्वजनिक गर्ने लक्ष्य लिएको छ । कम्पनीले २०७६ मंसिरमा चीनको सिचुआन गुहाङ अटोमोबाइल र यूएईको सेक ग्रूपसँग लगानीका लागि सहमति गरेको थियो । तर, कोभिड महामारीका कारण काम अघि बढ्न नसकेको कम्पनीको भनाइ छ । यी दुई कम्पनीबीच लगानीका लागि सम्झौता भइसकेको बताउँदै कम्पनीका अध्यक्ष थापाले करीब रू. ३ अर्ब ६० करोड शुरुआती लगानीसहित एसेम्बलिङ प्लान्ट स्थापना गर्न लागिएको जानकारी दिए । नेपालको तर्फबाट कम्पनीको लगानी भने एकदमै न्यून रहनेछ । सुन्दर भगिनी संस्थाका रूपमा रहने भए पनि उद्योगमा सिचुआनको ४७ र सेकको ४६ प्रतिशत लगानी रहनेछ । कम्पनीका अध्यक्ष थापाले सुन्दरको तर्फबाट प्लान्टमा केबल ७ प्रतिशत लगानी रहने जानकारी दिए । कम्पनीले पहिलो वर्ष १ सयओटा गाडी एसेम्बल गर्ने तयारी गरेकोमा त्यसपछि लगानी थप्दै दोस्रो वर्ष ३ सय र तेस्रो वर्ष वार्षिक १ हजार गाडी एसेम्बल गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष थापाले बताए । नगरपालिकाले वार्षिक ६ लाख भाडामा कम्पनीलाई नगरपालिकाभित्रको खाली सरकारी जग्गा उपलब्ध गराएको हो । यसबाहेक पहिलो वर्ष एम्बुलेन्स, दोस्रो वर्ष फोहोर बोक्ने गाडी र हरेक वर्ष स्थानीय एक सामुदायिक विद्यालयलाई ३३ प्रतिशत छूटमा बस उपलब्ध गराउने सम्झौता नगरपालिकाले कम्पनीसँग गरेको छ ।