तनहुँको व्यास नगरपालिकाले ४९ विद्यालयलाई एक लाखका दरले रकम उपलब्ध गराउने

तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रतिविद्यालय एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ ।  नगरपालिकाको मंगलवार बसेको कार्यपालिकाको बैठकले प्रतिविद्यालय एक लाखका दरले ४९ लाख उपलब्ध गराउने निर्णय गरेको हो ।  प्रविधिमैत्री कार्यका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । उक्त रकमबाट विद्यालयले आवश्यक प्रविधि खरिद गर्नेछन् ।