रत्ननगरमा इन्जिनियरिङ कलेज सञ्चालन गर्ने सहमति

भदौ २३, चितवन । चितवनको रत्ननगर नगरपालिकामा इन्जिनियरिङ कलेज खुल्ने भएको छ । पोखरा विश्व विद्यालयको आंगिक कलेजको रुपमा रत्ननगरमा इन्जिनियरिङ कलेज खुल्ने सैद्धान्तिक सहमति भएको हो ।  मंगलवार रत्ननगरमा भएको तेस्रो चरणको छलफल पछि रत्ननगर नगरपालिका वडा नम्बर १२ वागदेवी स्कुलको जग्गामा इन्जिनियरिङ कलेज खोल्ने पक्का भएको हो ।  पोखरा विश्व विद्यालयका उपकुलपति प्रेमनारायण आचार्य र रत्ननगरका मेयर नारायण वनकोको बीचमा इन्जिनियरिङ कलेज सञ्चालनको लागि प्रक्रिया अगाडि बढाउने भएका छन् । सहमतिमा रत्ननगर नगरपालिकाले इन्जिनियरिङ कलेजका लागि दुई विघा २ कठ्ठा जग्गा विश्व विद्यालयलाई उपलब्ध गराउने निर्णय गरिसकेको छ ।  इन्जिनियरिङ कलेज सञ्चालनको लागि एक हप्ता भित्र कार्यदल बनाउने र मन्त्रिपरिषद्बाट स्वीकृत गराउन सर्वपक्षिय पहल गर्ने निर्णय भएको मेयर वनले जानकारी दिए । रत्ननगरमा इन्जिनियरिङ कलेज खोल्ने विषयमा पहिलो चरणमा स्थलगत अवलोकन, दोस्रो र तेस्रो चरणमा प्रक्रिया र आर्थिक व्यवस्थापनको विषयमा छलफल भएको छ ।  मेयर वनले कलेज सञ्चालनको लागि क्षमता अनुसार आर्थिक व्यवस्थापनको पक्षमा आफू सकारात्मक रहेको बताए । वनले रत्ननगर नगरपालिकालाई शैक्षिक हब बनाउने योजनामा आफू रहेको बताए । ‘सामुदायिक विद्यालयहरुमा हामीले प्राविधिक शिक्षा शुरु गरिरहेको छौं उनले भने, अब इन्जिनियरिङ कलेज सञ्चालन भएपछि शिक्षाको विकासमा रत्ननगरले फड्को मार्ने छ ।’ उपकुलपति आचार्यले रत्ननगरमा कलेज सञ्चालनको लागि प्रक्रियागत रुपमा काम अगाडि बढाउने बताए । कलेज सञ्चालनको लागि ठूलो आर्थिक भार हुने भन्दै उनले नगरपालिकाले सञ्चालन मध्येको केही खर्च मात्र उपलब्ध गरे हुने उनले बताए ।  पूर्व शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारीले विश्वाविद्यालय, रत्ननगरका जनप्रतिनिधि, शिक्षा प्रेमीहरुको दिमाखमा इन्जिनियरिङ कलेज खुलिसकेको भन्दै प्रक्रिया मात्र अगाडि बढाउन बाँकी रहेको बताए । ‘अब रोकटोक हुने सम्भावना छैन उनले भने, सरकारी पहल हुन्छ र त्यो सफल पनि हुन्छ ।’  विश्व विद्यालयका रजिष्टार दीपक भण्डारीले विश्व विद्यालयको क्षेत्र विस्तारको लागि पनि रत्ननगरमा इन्जिनियरिङ कलेज सञ्चालन गर्न कुनै समस्या नहुने बताए । सञ्चालन गरिसकेपछि पछि भने अप्ठेरो पर्न सक्ने भन्दै  उनले यसका लागि अहिले नै आर्थिक तथा विद्यार्थीको व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।  रत्ननगरका शिक्षा समितिका सदस्य तथा पहलकर्ता विष्णु प्रसाद शर्माले प्रशासनिक भवन बनाउँदै गर्ने र अहिले रहेको विद्यालयको संरचनामा कलेज सञ्चालन गर्ने प्रस्ताव गरेका छन् । कार्यक्रममा उपमेयर विमला दुवाडी, विश्व विद्यालयका डिन दयाराज ढकाल, योजना महाशाखा प्रमुख डा.दीपकराज पौडेल लगायतको सहभागिता रहेको थियो । 

सम्बन्धित सामग्री

इन्जिनियरिङ कलेज ९ करोड ऋणमा

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ्ग अध्ययन संस्थान टाँट पल्टिने अवस्थामा पुगेको छ।...

नेपाल इन्जिनियरिङ कलेज विद्यार्थीले बनाए स्वचालित पर्दा र प्रोजेक्टर प्रणाली

भक्तपुर – सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरमा अभिभावक दिवसको अवसरमा आवश्यक स्वचालित पर्दा र प्रोजेक्टर प्रणालीको निर्माणमा तथा जडान नेपाल इन्जिनियरिङ कलेज(नेक)का विद्यार्थी सफल भएका छन्। कलेजबाट दिक्षित विद्यार्थी उत्सव खड्का, हाल अध्यनरत विधार्थीहरू राजु श्रेष्ठ, विवेककुमार गणेश तथा अन्य शैक्षिक सस्थामा आवद्ध विधार्थीहरू सेवन्त केसी र विजय श्रेष्ठले यो सफलता हासिल गरेका हुन्। सम्बन्धित […]

नेक र भारतको डेलनेटबीच समझदारी पत्रमा हस्ताक्षर

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुर र भारतको डेलनेट जेनु क्याम्पसबीच सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।...

दुई सय ९८ जना विद्यार्थी दीक्षित

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका दुई सय ९८ जना विद्यार्थी दीक्षित भएका छन्।...

इन्जिनियरिङ कलेज रकम हिनामिना प्रकरण: सात जनाविरुद्ध २४ करोड मागदाबी

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका सञ्चालकहरूले मिलेमतोमा कलेजको रकम हिनामिना गरेपछि उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दर्ता गरेको हो। इन्जिनियरिङ कलेज २०६० सालमा दर्ता भई भक्तपुरमा रहेको संस्था हो।...

सगरमाथा इन्जिनियरिङ कलेज ईयुटी प्लस एलायन्समा आवद्ध

सगरमाथा इन्जिनियरिङ कलेज, सानेपा, ललितपुर र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजी (ईयुटी) प्लस एलायन्समा आबद्ध आठ युरोपियन विश्वविद्यालयसँग द्विपक्षीय सम्झौता भएको छ । ‘इयुटी प्लस’ एलायन्समा आबद्ध ती सरकारी विश्वविद्यालयमा साइप्रस युनिभर्सिटी अफ टेक्नोजोली (साइप्रस), दार्मस्तात् युनिभर्सिटी अफ एप्लाइड साइन्स (जर्मनी), रिगा टेक्निकल युनिभर्सिटी (लाट्भिया), टेक्नोलोजिकल...

दुई सय १४ जना इन्जिनियरहरु दिक्षित

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण दुवाकोट भक्तपुरबाट स्नातक तहको पढाई पूरा गरेका दुई सय १४ जना इन्जिनियरहरु दिक्षित भएका छन्।...

नेपाल इन्जिनियरिङ कलेजको आइसोलेसन केन्द्रमा बिरामी राख्न सुरु

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको आइसोलेसन केन्द्रमा कोभिडका बिरामी वस्न सुरु गरेका छन्।

बनेन इन्जिनियरिङ कलेज

महोत्तरी ।भारतीय लगानीकर्ता रहेको मणिपाल समूहका सञ्चालकले जग्गा ओगटेको २४ वर्ष बितिसक्दा पनि महोत्तरीको सदरमुकाम जलेश्वरमा इन्जिनियरिङ कलेज बनाउन सकेका...