मनाङ (ख) बाट सर्वसम्मत निर्वाचित स्वतन्त्र सांसद एवं गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।सोमबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबाट अविर र माला लगाएर उनी पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेशसँगै उनले भनेका छन्, ‘राजनीति कमाउनका लागि होइन । सेवाभावले निस्वार्थ रुपले जनताप्रति समर्पित भएर गरिने कार्य हो । यसलाई विकृत हुनबाट जोगाउनु आजको आवश्यक्ता हो ।’ उनले त्यस पार्टीमा स्वच्छ छवी भएका नेता रहेकाले सोही पार्टीको सिद्धा