दीपक मनाङे फेरि मन्त्री !

२७ वैशाख, पोखरा । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) यस्ता पात्र हुन्, जो अघिल्लो कार्यकालमै सरकार गिराउन र बनाउन निर्णयक बने । सत्ताको खेलमा चलाख निस्किएका उनी छोटो अवधिमा तीन पटक त मन्त्री नै बने । सर्वोच्च अदालतले २३ फागुन २०७७ मा एमाले र माओवादी ब्यूँताइदिएपछि मनाङेले सत्ता खेलको राजनीति देखाए । […]

सम्बन्धित सामग्री

मलाई मुख्यमन्त्री दिए पनि चलाउने अनुभव छैन : दीपक मनाङे

काठमाडौं : मनाङ प्रदेश सभा (ख)बाट निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङे) ले आफूले मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन्। नेकपा एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले पार्टी कार्यालयबाट पत्रकार सम्मेलन गर्दै पत्रकार सम्मेलनमार्फत आफूलाई मुख्यमन्त्री दिएर पनि काम नभएको बताएका हुन्। ‘मन्त्री ठूलो कुरा होइन। मलाई ठूलो मन्त्री अफर गरेको थियो। तर, मैले युवा तथा खेलकुद मन्त्रालय रोजेँ। म मुख्यमन्त्रीमा दाबी  गरेर काठमाडौं आएको होइन। मुख्यमन्त्री दिए पनि मलाई काम छैन। त्यसका ला

अहिलेसम्म कुन-कुन पार्टीमा प्रवेश गरे दीपक मनाङे ?

मनाङ (ख) बाट सर्वसम्मत निर्वाचित स्वतन्त्र सांसद एवं गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।सोमबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबाट अविर र माला लगाएर उनी पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेशसँगै उनले भनेका छन्, ‘राजनीति कमाउनका लागि होइन । सेवाभावले निस्वार्थ रुपले जनताप्रति समर्पित भएर गरिने कार्य हो । यसलाई विकृत हुनबाट जोगाउनु आजको आवश्यक्ता हो ।’ उनले त्यस पार्टीमा स्वच्छ छवी भएका नेता रहेकाले सोही पार्टीको सिद्धा

दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका हुन् । आफ्नो विचार र सिद्धान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उनले बताएका छन् ।पूर्व प्रदेश मन्त्री मनाङेले मनाङ–१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । अर्का उम्मेदवार दोर्जे लामा गुरुङले नाम फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएका थिए । नेकपा (एमाले),

दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा

काठमाडौँ- राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका हुन् । आफ्नो विचार र सिद्धान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उनले बताएका छन् । पूर्व प्रदेश मन्त्री मनाङेले मनाङ–१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए […]

दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश

काठमाडाैं । राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएकाे छ । गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाउनु भएकाे हाे। आफ्नो विचार र सिद्बान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उहाँले बताउनु भयाे । पूर्व प्रदेश मन्त्री मनाङेले मनाङ–१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिनु […]

४५ दिनमा तेस्रोपटक मन्त्री बने दीपक मनाङे, 'अब तरबारले होइन बुद्धिले लड्ने '

काठमाडौं: गण्डकी प्रदेश सभा सांसद राजीव गुरुङ (दीपक मनाङे) पछिल्लोपटक राजनीतिक क्षेत्रमा चर्चामा रहे। आफैँ मन्त्री रहेको सरकारलाई विश्वासको मत नदिइ विपक्षी गठबन्धनलाई साथ दिएका मनाङे गण्डकीमा सरकार परिवर्तन भएसँगै फेरि सत्ताको केन्द्रमा पुगेका छन्। पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि अहिले नेपाली कांग्रेस प्रदेश सभाका संसदीय दलका…

गण्डकीका खेलकुद मन्त्री दीपक मनाङे बर्खास्त, अब विपक्षी गठबन्धनलाई सहयोग गर्ने

काठमाण्डौ – गण्डकी प्रदेशको कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ 'दीपक मनाङे' लाई हटाउनुभएको छ । सरकारका बहालवाला मन्त्रीले नै सरकारलाई विश्वासको मत नदिएको भन्दै कामचलाउ मुख्यमन्त्री गुरुङले मनाङेलाई हटाउनुभएको हो ।  गुरुङले बिहीवार (हिजो) बेलुकी नै मनाङेलाई मन्त्रीबाट बर्खास्त गरेर प्रदेश प्रमुखलाई जानकारी गराइ सक्नुभएको छ । हिजो विश्वासको मत लिँदा मन्त्री मनाङे प्रदेश सभा बैठकमा अनुपस्थित हुनुभएको थियो । कामचलाउ मुख्यमन्त्री गुरुङकाे पत्र यस्तै मन्त्री प...

मन्त्री 'दीपक मनाङे' द्वारा शपथ ग्रहण

कास्की – गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुनुभएका 'दीपक मनाङे' भनेर चिनिने राजीव गुरुङले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । नवनियुक्त मन्त्री गुरुङले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ लिनुभएको हो । मनाङबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद मनाङेलाई केहीबेर अघि मात्रै पद तथा शपथ ग्रहण गराइएको हो । मन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएसँगै गण्डकी प्रदेशको मन्त्रिपरिषद् सदस्य सङ्ख्या आठ पुगेको छ । अविश्वासको प्रस्ताव 'फेस' गरिरहनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ...

सरकार टिकाउन पृथ्वीको एक्सन : गण्डकीमा दीपक मनाङे खेलकुद मन्त्री नियुक्त

काठमाडौं : गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरिएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन्। मनाङेको आजै पद तथा गोपनियताको सपथ लिएका छन्। प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव  छलफल चलिरहँदा  मन्त्रिमण्डल बिस्तार गरिएको हो। मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा…

गण्डकीमा मन्त्रिमण्डल विस्तार, खेलकुद मन्त्री बने राजीव गुरुङ(दीपक मनाङे)

पोखरा। गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गरेका छन्। आज स्वतन्त्र सांसद राजिव गुरुङ(दीपक मनाङे)लाई मुख्यमन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन्। अविश्वास प्रस्ताव आएका बेला मुख्यमन्त्री गुरुङले मन्त्रिमण्डल विस्तार गरेका हुन्। बुधबार बसेको प्रदेशसभा बैठकमा भने मनाङे उपस्थित भएका थिएनन्। उनी मनाङबाट बिजयी प्रदेश सांसद हुन्।