काठमाडौं : गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ) फिल्म ‘हात्तीछाप’ को निर्माताका रुपमा जोडिएका छन्। दयाहाङ राई र सौगात मल्ल मुख्य भूमिकामा देखिने फिल्ममा मनाङले लगानी गर्ने पक्का भएको हो।
हात्तीछापमा मनाङेले निर्माताका रुपमा जोडिन सम्झौता गरिसकेको प्रस्तुतकर्ता तथा निर्माता किरण नेपालीले जानकारी दिए। निर्माताको रुपमा हात्तीछाप मनाङेको चौथो 'प्रोजेक्ट' हो।…