दराजले गर्‍यो प्राउडली नेपाली अभियानको घोषणा

नेपालको अग्रणी अनलाइन बजार दराजले प्राउडली नेपाली–प्रमोटिङ नेपाली ब्राण्ड नामक आफ्नो नयाँ अभियानको घोषणा गरेको छ।...

सम्बन्धित सामग्री

दराज नेपालले गर्‍यो ‘महाबचत बजार’को घोषणा

काठमाडौं । दराज नेपालले २०२३ को लागि वार्षिक अभियान ‘महाबचत बजार’ को औपचारिक घोषणा गरेको छ । अभियानमा दराजले ७० प्रतिशतसम्म छूटको मेगा डिल अफर ल्याएको जानकारी दिएको छ । अभियानमा अनलाइन सपिङमा अफरको साथ झन्झटरहित सपिङ, सामान डेलिभरी र अन्य थुप्रै सेवा प्रदान गरिने बताइएको छ । कम्पनीले ई–सेवा, आइएमई पे र अन्य बैंकमार्फत प्रि–पेमेन्टको व्यवस्था गरेको जानकारी दिएको छ, जसमा ग्राहकले १० प्रतिशत वा अधिकतम रू. १ हजार र १५ प्रतिशत वा अधिकतम रू. १५ सय प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, यस अभियानको गिभअवे प्राइजमा पानासोनिक २७० एल इन्भर्टर, पानासोनिक ५५ इन्च फोरके एचडीआर स्मार्ट एन्ड्रोेइड एलईडी टिभी र पानासोनिक ८ केजी फ्रन्ट लोड वासिङ मेसिन रहेको बताइएको छ । मेगा गिभअवे पुरस्कार जित्न ग्राहकले न्यूनतम रू. ३ हजार ५०० को प्रि–पेमेन्ट गर्नुपर्ने कम्पनीको भनाइ छ । ग्राहकले अन्य विभिन्न कम्पनीका सामानमा छूट पाउन सक्ने बताइएको छ । अभियानमा ग्राहकलाई छूट उपलब्ध गराउन विभिन्न बैंकहरूसँग साझेदारी गरेको समेत कम्पनीको भनाइ छ ।

न्यु जिल्याण्डमा मुसा आतंक, सरकारले सुरु गर्‍यो मुसा अन्त्य अभियान

हामीले आफ्नो घर, पसल तथा कार्यालय आदिमा दु:ख दिने मुसाहरु नियन्त्रण गर्न तथा मार्नका लागि अनेक उपाय अपनाउने गर्दछौँ । तर न्यु जिल्याण्डमा भने सरकार स्वयंले मानिसहरुलाई दुख दिने मुसा मार्नका लागि देशव्यापी अभियानको घोषणा गरेको छ । जस अनुसार देशभरका सबै मुसा मार्नका लागि सरकारले आदेश दिएको छ । न्यु जिल्याण्डमा वास्तवमा मुसाको संख्या […]

काङ्ग्रेसले घोषणा गर्‍यो ‘जनताको साथमा काङ्ग्रेस’ अभियान, तीन चरणमा सञ्चालन हुने

काठमाडौं : नेपाली काङ्ग्रेसले ‘जनताको साथमा काङ्ग्रेस’ अभियानको घोषणा गरेको छ। शनिवार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन लक्षित अभियानको घोषणा गरिएको हो। अभियान तीन चरणमा सञ्चालन हुने बताइएको छ। पहिलो चरण भदौ १० देखि वीपी जन्मजयन्ती भदौ २४ सम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरण प्रत्यक्षतर्फको…

बामदेवलाई निष्काशन गरेको समूहले घोषणा गर्‍यो समाजवादी केन्द्र अभियान

काठमाडौँ–बामदेब गौतमलाई निष्काशन गरेको राष्ट्रिय एकता अभियानका विभिन्न घटकले शुक्रबार समाजवादी केन्द्र नामक सामूहिक अभियानको औपचारिक घोषणा गरेको छ। काठमाडौँमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी समाजवादी केन्द्र अभियानको औपचारिक घोषणा गरेको केन्द्रका संयोजक युवराज सफलले जानकारी दिए। केन्द्रमा चार वटा साना राजनीतिक दल र अन्य विभिन्न समूहहरु आवद्ध छन्। नेकपा(समाजवादी), नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टी,आधुनिक […]

रुसले मारियुपोलमा गर्यो युद्धविरामको घोषणा

रुसको रक्षा मन्त्रालयले युक्रेनको तटीय शहर मारियुपोलमा युद्धविरामको घोषणा गरेको छ । यसको सुरुवात बिहिबार बिहानदेखि हुनेछ ताकि सर्वसाधारणलाई शहरबाहिर सुरक्षित निकाल्न सकियोस् ।समाचार एजेन्सी एएफपीले बुधबार मन्त्रालयलाई उद्धृत गर्दै लेख्यो, ‘यस मानवीय अभियानको सफलताका लागि, हामी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त र रेड क्रसको अन्तरराष्ट्रिय समितिको प्रत्यक्ष संलग्नता प्रस्ताव गर्दछौँ ।’मारियुपोलदेखि जपोरजियासम्म मानवीय करिडोर स्थानीय समयानुसार बिहान १० बजे खुल्नेछ ।

रुस, अमेरिका, बेलायत र चीन : कसले थिच्छ परमाणु हमलाको बटन ?

२४ फेब्रुअरी २०२२, रुसमा बिहानीको समय । राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको पूर्वी इलाकामा विशेष सैन्य अभियानको घोषणा गरेसँगै पहिलेदेखि नै सीमा क्षेत्रमा तैनाथ रुसी सेनाले युक्रेनमाथि आक्रमण सुरु गर्‍यो । क्षेत्रफलको हिसाबले रुस विश्वको सबैभन्दा ठूलो देश हो भने युक्रेन ४५औं । युक्रेन नेटोको सदस्य नबनोस् र पूर्वका मुलुकहरूमा नेटोका सेना तैनाथ नहुन् भन्ने रुस […]

तालिबानले घोषणा गर्‍यो अन्तरिम सरकार, कट्टरपन्थीलाई महत्वपूर्ण जिम्मेवारी

तालिबानले अफगानिस्तानमा आफ्नो नेतृत्वमा अन्तरिम सरकारको घोषणा गरेका छन् । तालिबानले अफगानिस्तानलाई ‘इस्लामिक इमिरेट्स’ पनि घोषित गरेको छ । नयाँ मन्त्रीपरिषदका सबै सदस्य पुरुष छन् । मन्त्रीपरिषदमा रहेका सदस्यहरु तालिबान शीर्ष नेताहरु हुन् । मन्त्रीपरिषदमा सामेल हुनेमा अमेरिकाको दुई दशक लामो सैन्य अभियानको क्रममा उनीहरुमाथि आक्रमण गर्ने वा योजना बनाउने कुख्यात आक्रमणकारी पनि छन् । […]