रुसले मारियुपोलमा गर्यो युद्धविरामको घोषणा

 रुसको रक्षा मन्त्रालयले युक्रेनको तटीय शहर मारियुपोलमा युद्धविरामको घोषणा गरेको छ । यसको सुरुवात बिहिबार बिहानदेखि हुनेछ ताकि सर्वसाधारणलाई शहरबाहिर सुरक्षित निकाल्न सकियोस् ।समाचार एजेन्सी एएफपीले बुधबार मन्त्रालयलाई उद्धृत गर्दै लेख्यो, ‘यस मानवीय अभियानको सफलताका लागि, हामी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त र रेड क्रसको अन्तरराष्ट्रिय समितिको प्रत्यक्ष संलग्नता प्रस्ताव गर्दछौँ ।’मारियुपोलदेखि जपोरजियासम्म मानवीय करिडोर स्थानीय समयानुसार बिहान १० बजे खुल्नेछ ।

सम्बन्धित सामग्री

रूसी राष्ट्रपति पुटिनद्वारा ३६ घण्टे युद्धविरामको घोषणा : युक्रेनको अस्वीकार

युक्रेनमाथि आक्रमण सुरु गरेको १० महिनाभन्दा लामो समयपछि रुसले पहिलो पटक ३६ घण्टे युद्धविरामको घोषणा गरेको छ। ‘अर्थोडक्स’ इसाईहरुको क्रिसमस पर्वको अवसर पारेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आजदेखि लागू हुने गरी ३६ घण्टाका लागि युद्धविरामको घोषणा गर्नुभएको हो। जनवरी ७ तारिखमा ‘अर्थोडक्स’ क्रिसमस मनाइँदैछ । युक्रेनले अस्थायी युद्धविरामलाई अस्वीकार गरेको छ । युक्रेनी राष्ट्रपतिका सल्लाहकार माइखेलो पाडोल्याकले कब्जा गरेको युक्रेनी भूमि छाडेर रुसी सेना फिर्ता नभएसम्म कुनै पनि अस्थायी युद्धविराम...

रुसी राष्ट्रपतिले गरे ३६ घण्टे युद्धविराम घोषणा

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि ३६ घण्टा कुनै प्रकारको हमला नगर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् । ‘अर्थोडक्स क्रिसमस’ को पूर्व सन्ध्यामा रुसी राष्ट्रपतिले अल्पकालीन युद्धविरामको घोषणा गरेका हुन् । जनवरी ६

रुसले गर्‍यो मारियुपाेलमा युद्धविरामकाे घाेषणा

काठमाडौं । रुसले मारियुपोल शहरको अजोभस्टल स्टिल कारखाना वरिपरि युद्धविरामको घोषणा गरेको छ । साे क्षेत्रमा फसेका सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ जान सहयोग गर्न युद्धविराम घोषणा गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । एकतर्फी रूपमा युद्धविराम गरेको रुसी सेनाले सर्वसाधारणलाई बाहिर निकाल्ने मार्ग सुनिश्चित गर्ने बताइएको छ । प्रत्येक ३० मिनेटमा ‘रेडियो च्यानलहरू मार्फत’ अजोभस्टल भित्रका […]

युक्रेन संकट : रुसद्वारा मारियोपोलमा युद्धविरामको घोषणा

रुसले मारियोपोलमा नागरिकलाई युद्ध क्षेत्रबाट बाहिर निकाल्नका लागि युद्धविरामको घोषणा गरेको छ । यद्यपि, युक्रेनकी उप–प्रधानमन्त्री इरिना वेरेशचुकले  उद्धारका लागि अन्तर्राष्ट्रिय ग्यारेन्टी आवश्यक रहेको बताएकी छिन् ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस यसै साता युक्रेन भ्रमणमा जाने भएका छन् । यसैबीच, भिन्नेसियाका गभर्नर सेरही बोर्जोभले रुसले महत्वपूर्ण स्थानहरुलाई निशाना बनाएको र यसैका कारण मृत्यु भइरहेको बताएका छन् ।रुसको दोस्रो ठूलो सहर खार्किभ, पूर्वी डोनबास, पश्चिमी

रुसद्वारा युक्रेनको युद्धग्रस्त शहर मारियुपोलमा युद्धविरामको घोषणा

काठमाडौं । रुसले युक्रेनको युद्धग्रस्त दक्षिणी शहर मारियोपोलमा युद्ध विराम घोषणा गरेको छ । युद्धले क्षतविक्षत अवस्थामा रहेको शहरमा फसेका सर्वसाधारणको उद्धारका लागि भन्दै रुसले युद्धविराम घोषणा गरेको हो । साथै रुसले मारियोपोलबाट सर्वसाधारणको उद्धार तथा पुनर्स्थापना गर्न राष्ट्रसंघ र रेडक्रसलाई आग्रह समेत गरेको छ । उक्त शहरमा मात्रै ५ हजार सर्वसाधारणको ज्यान गएको अनुमान […]

रुसले दुई सहरमा गर्‍यो युद्धविरामको घोषणा

किभ । रुसले दुई सहरमा युद्धविरामको घोषणा गरेको छ। बीबीसी संवाददाता जेम्स वाटरहाउसले रुस र युक्रेनबीच जारी युद्धको दसौं दिनमा रसियाले युद्धविरामको घोषणा गरेको बताएका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले सो जानकारी दिएका हुन्। उनका अनुसार रूसी रक्षा मन्त्रालयले रूसी सेनाले मस्को समय १० बजे आक्रमण रोक्न बताएको छ। मानिसहरूलाई मद्दत गर्न मानवीय कोरिडोरहरू […]

रुसद्वारा युक्रेनमा युद्धविरामको घोषणा,फसेका मानिसहरूलाई बाहिर निकाल्ने निर्णय

एजेन्सी । रुसले युक्रेनमाथि हमला गरेको १० दिन पछि युद्धविरामको घोषणा गरेको छ । शनिबार रुसको तर्फबाट युद्धविरामको घोषण भएको हो । रुसले युद्धमा फसेका मानिसहरूको उद्धार गर्नका लागि अस्थायी युद्धविरामको निर्णय लिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । नेपाली समय अनुसार शनिबार विहान ११ बजेर १५ मिनेट जाँदा युद्धविरामको घोषण गरिएको हो । खासगरी मरिपोल […]

रुस–युक्रेन युद्ध : रुसले गर्यो २ शहरमा अस्थायी युद्धविराम

रुसले युक्रेनका दुई शहरमा अस्थायी युद्धविरामको घोषण गरेको छ । युक्रेनका मारियपोल र भोल्नोभाखामा रुसले अस्थायी युद्धविरामको घोषणा गरेको हो । मस्कोको स्थानीय समयअनुसार बिहान १० बजे युद्धविराम घोषणा गरिएको रुसी रक्षा मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यी दुई शहरमा अहिले सशस्त्र आक्रमण रोकिएको जनाइएको छ ।रुसी सरकारी सञ्चारमाध्याम स्पुतनिकका अनुसार युद्धविरामका बेला सर्वसाधारणहरुको सहयोगका लागि उनीहरुलाई मार्ग खोलिनेछ । ग्रीनवीच समयअनुसार बिहान ७ बजे मारियोपोल र भोल्नोभाखामा सर्वसाधारणका लाग

युक्रेनका दुईवटा सहरमा रुसले गर्‍यो अस्थायी युद्धविरामको घोषणा

रुस र युक्रेनबीच जारी युद्धको दशौं दिनमा रुसले युक्रेनी दुई सहरमा युद्धविराम घोषणा गरेको बताए । यो युद्धविराम मारिउपोल र वोल्नोवाकाको शहरहरु को लागी हुनेछ।   सामाजिक सञ्जालमा एक पोस्टमा, उनले भने  रूसी रक्षा मन्त्रालयले रुसी सेनाले मस्कोको समय 10.00 बजे यी शहरहरूमा आक्रमणहरू रोक्न भनेको छ ताकि मानिसहरूलाई मद्दत गर्न मानवीय कोरिडोरहरू खोल्न सकिन्छ। […]

युक्रेनका दुई सहरमा रुसद्वारा अस्थायी युद्धविरामको घोषणा

रुसले युक्रेनका दुई सहरमा मानवीय सहयोग मार्ग खुल्ला गर्न अस्थायी युद्धविरामको घोषणा गरेको छ। बिबिसीका अनुसार रुसी रक्षा मन्त्रालयले मारिओपो र भोल्नोभाखामा रुसी समयअनुसार शनिबार १० बजेदेखि मानवीय सहयोग मार्ग...