तालिबानले घोषणा गर्‍यो अन्तरिम सरकार, कट्टरपन्थीलाई महत्वपूर्ण जिम्मेवारी

तालिबानले अफगानिस्तानमा आफ्नो नेतृत्वमा अन्तरिम सरकारको घोषणा गरेका छन् । तालिबानले अफगानिस्तानलाई ‘इस्लामिक इमिरेट्स’ पनि घोषित गरेको छ । नयाँ मन्त्रीपरिषदका सबै सदस्य पुरुष छन् । मन्त्रीपरिषदमा रहेका सदस्यहरु तालिबान शीर्ष नेताहरु हुन् । मन्त्रीपरिषदमा सामेल हुनेमा अमेरिकाको दुई दशक लामो सैन्य अभियानको क्रममा उनीहरुमाथि आक्रमण गर्ने वा योजना बनाउने कुख्यात आक्रमणकारी पनि छन् । […]

सम्बन्धित सामग्री

धितोपत्रमा लगानी गर्दै हुनुहुन्छ ?,नियामक निकायको यी कुराहरूमा ध्यान दिनुहोला

काठमाडौं। धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरूलाई महत्वपूर्ण सुझाबहरू दिएको छ । बोर्डले सूचनानै जारी गरेर धितोपत्रमा लगानी गर्नुअघि लगानीकर्ताले के कस्ता कुरामा ध्यान दिनुपर्छ भन्नेमा प्रष्ट पारेको हो । बोर्डले निम्न कुराहरूमा ध्यान दिएर मात्र लगानी गर्न बोर्डले आग्रह गरेको हो । ध्यान दिनुपर्ने कुराहरू धितोपत्रको मूल्यमा समय समयमा उतारचढाव आउन सक्ने भएकाले धितोपत्रमा लगानी गर्दा मूल्य उतारचढाव सम्बन्धी उपयुक्त सूचना लिई संयमित र विवेकशील भएर मात्र लगानीको निर्णय लिनुपर्नेछ । धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला , अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउमा नलागी बजार तथा कम्पनीको बास्तविक बस्तु स्थिति बुझेर आफ्नो स्वविवेकमानै लगानी सम्बन्धी निर्णय लिनुपर्नेछ । साथै आफ्नो जोखिम बहन गर्न सक्ने क्षमताको मूल्याकन समेत गर्नुपर्नेछ । धितोपत्रको प्राथमिक बजारमा निष्कासन गरिने धितोपत्रमा लगानी गर्नुअघि धितोपत्र निष्कासनकर्ता कम्पनीको आव्हानपत्र तथा विवरणपत्र मार्फत प्रवाहित जानकारीहरू मुख्यतया कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति (नेटवर्थ, नाफानोक्सान स्थिति, आदि), लगानी योजना, जोखिम पक्ष, क्रेडिट रेटिङको स्तर जस्ता कुराहरूको विश्लेषण गनुपर्नेछ । नेपाल धितोपत्र बोर्डमा दर्ता भएको तथा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत धितोपत्रमा मात्र लगानी गर्नुपर्नेछ । धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सम्बन्धित कम्पनीको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना जस्तै लाभांश घोषणा, हकप्रद शेयरको घोषणा, व्यवस्थापनमा परिवर्तन, भावी योजनाहरू, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरू (प्रति शेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रतिशेयर नेटवर्थ ,पूँजी कोष अनुपात, निष्क्रिय कर्जा अनुपात), धितोपत्रको मूल्य प्रवृति, कम्पनीको साधारण सभाको निर्णय जस्ता महत्वपूर्ण कुराहरूको अध्ययन गर्नुपर्नेछ । दोस्रो बजारमा कारोबार गर्दा कारोबार भएको दिनको दुई दिन भित्रमा कारोबारको राफसाफ हुनुपर्ने कुराको जानकारी लिनुपर्नेछ । आफुसँग भएको धितोपत्रलाई कारोबार योग्य बनाउन बोर्डबाट अनुमति प्राप्त निक्षेप सदस्यामार्फत अभौतिकीकरण गर्नुपर्नेछ । प्राथमिक बजारमा लगानी गर्न निक्षेप सदस्याकोमा हितग्राही खाता खोली आफ्नो बैंक खाता रहेको बैंकबाट आस्बा वा सि–आस्बा रजिष्ट्रेशन नम्बर लिई अनलाईनबाट सहजरुपमा लगानी गर्नुपर्नेछ । धितोपत्र बजारमा लगानी गर्न हितग्राही खाता अनिवार्य गरिएको हुँदा, सिडिएस एण्ड क्लियरिङ लिमिटेडले तथा निक्षेप सदस्यहरूसँग सम्पर्क राखी बैंक खाता सहितको ग्राहक परिचय विवरण अनिवार्य रुपमा भरी हितग्राही खाता खोलेर धितोपत्र खरीद विक्री कारोबार गर्नुपर्नेछ । आफूले खरीद गरेको धितोपत्र समयमै आफ्नो खातामा जम्मा भए नभएको ध्यान दिनुपर्नेछ । धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनैतिक स्थितिले प्रत्यक्ष प्रभाव पार्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सहज रहनुपर्नेछ । धितोपत्र दोस्रो बजारबाट कारोबार गर्दा सिधै नेप्सेको विद्युतीय कारोबार प्रणाली वा बोर्डबाट अनुमति प्राप्त धितोपत्र दलाल तथा तिनको शाखा कार्यालयबाट मात्र गर्नुपर्नेछ । धितोपत्र कारोबारमा रकमको लेनदेन गर्दा बैंक तथा वित्तीय संथा मार्फत गर्नुपर्नेछ । लगानी विविधिकरण बाट लगानीमा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न सघाँउ पुग्ने हुँदा लगानी विविधिकरणमा ध्यान दिनुपर्नेछ । दीर्घकालीन रुपमा गरिने लगानीले जोखिमको सम्भावनालाई न्यून गराउने हुँदा लगानी गर्दा यस तथ्यलाई समेत मनन गर्नुपर्नेछ । पूँजी बजार सम्बन्धी नीति नियम तथा निर्देशनहरूले धितोपत्रको मूल्यमा असर पार्ने भएकाले सुसूचित निर्णयका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बीमा समितिको वेबसाइट हेर्ने गर्नुपर्नेछ । लगानीकर्ताहरूलाई पूँजीबजार सम्बन्धी साक्षर बनाउने उदेश्यले बोर्डले समय समयमा आफ््नो कार्यालयमा तथा विभिन्न जिल्लाहरूमा लगानीकर्ता सचेतनामुलक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएकोमा त्यस्तो कार्यक्रममा सहभागी हुनुपर्नेछ । बोर्डबाट रेडियो नेपालमार्फत प्रत्येक महिनाको पहिलो र तेस्रो शनिवार विहान ७:४० बजे देखि ७:५५ बजेसम्म सञ्चालन गरिने धितोपत्र तथा वस्तु विनिमय रेडियो कार्यक्रम सुनेर बजार सम्बन्धी जानकारी लिनुपर्नेछ । लगानीकर्ताको अधिकार तथा जिम्मेवारी सम्बन्धमा धितोपत्र सम्बन्धी ऐन नियम, कम्पनी ऐन तथा अन्य सम्बन्धित ऐत नियमहरूको साथै बोर्डबाट भएका व्यवस्थाबारे जानकारी राख्न धितोपत्र सम्बन्धी ऐन नियमहरू र अन्य व्यवस्थाको जानकारी बोर्डको वेवसाइट तथा बोर्डको सम्बन्धित प्रकाशनमार्फत समेत हेर्नुपर्नेछ । धितोपत्रमा लगानी सम्बन्धमा कुनै जिज्ञासा, गुनासा तथा उजुरीहरू भएमा बोर्डको वेवसाइटमा रहेको न्चष्भखबलअभ दगततयल मार्फत वा टोल फ्रि नम्बर १६६००१४४४३३ वा हटलाइन नम्बर ५५४४०७६ बोर्डको ठेगानामा पठाउनुपर्नेछ ।

१४ बुँदे घोषणापत्र जारी गर्दै धामी–झाँक्री सम्मेलन सम्पन्न

कैलालीको धनगढीमा मर्यादित महिनावारीका लागि तीन दिनदेखि सञ्चालित धामी झाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । सम्मेलनले मर्यादित महिनावारी वातावरण निर्माण गर्न धामी झाँक्रीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने तथ्यलाई मध्यनजर गरी महिनावारीमा भेदभाव गर्ने, छुवाछूत गर्ने कु–प्रथाको अन्त्य गरी महिनावारीलाई मर्यादित बनाउनुपर्ने घोषणा गरेको छ ।महिनावारीको रगत पवित्र र सृष्टिको आधार भएकाले यसलाई मर्यादित बनाउन सबैको जिम्मेवारी महत्वपूर्ण जनाउँदै धामी झाँक्रीले महिनावारी अव

चितवनमा नेकपा एसले बनाएका दुवै सहसचिवले गरे पद अश्वीकार, एमालेमै रहने घोषणा

चितवन। नेकपा (एकीकृत समाजवादी)को महत्वपूर्ण जिम्मेवारी दिएका दुई नेताले त्यसलाई अस्वीकार गर्दै एमालेमै रहने निर्णय गरेका छन्। नेकपा एसले चितवन जिल्ला कमिटी सहसचिव बनाएका दिव्या शर्मा र भरतपुर महानगर कमिटी सहसचिव शोभा पण्डितले एमाले छाड्न नसक्ने भन्दै आँफूहरुको नाम हटाउन आग्रह गरेका छन् । दुबै जना माधव नेपाल पक्षले बनाएको समानान्तर कमिटीमा सोही पदको जिम्मेवारीमा […]

बजेट सकारात्मक तर कार्यान्वयन चुनौतिपूर्ण : उद्योग परिसंघ

जेठ १६, काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले शनिवार प्रस्तुत गरेको बजेट सकारात्मक तर कार्यान्वयन चुनौतिपूर्ण रहेको बताएको छ । औद्योगिक वातावरण सुधार गर्ने उद्देश्य लिएको बजेटले कोभिड–१९ प्रभावित अर्थतन्त्रको शीघ्र पुनरोत्थान, औद्योगिक एवं व्यावसायिक वातावरणको सुधार एवं विस्तार तथा निजी क्षेत्रको लगानी वृद्धि भइ आर्थिक विकास र रोजगारी सृजनामा महत्वपूर्ण योगदान पुग्ने बताएको छ । परिसंघले आफ्नो मागअनुसार ह्विलिङ चार्ज तिरेर विद्युत् उत्पादकबाट उद्योगसम्म विद्युत् प्रसारण गर्ने अनुमतिदिने बजेटमार्फत स्वीकार भएको भन्दै यस्तो व्यवस्थाले उत्पादन लागत घट्ने र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने पनि बताएको छ । साथै उसले उद्योग, होटल तथा चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत् डिमान्ड शुल्क छूट दिने घोषणा सकारात्मक रहेको बताएको छ । विद्युत आयोजना, होटल, सिमेन्ट उद्योगका प्रवर्द्धकले आयोजना स्थलसम्म पहुँच मार्ग र प्रसारण लाइन निर्माण गरेमा लागतको ७५ प्रतिशत शोधभर्ना दिने व्यवस्था, पूर्वाधार निर्माणमा सार्वजनिक निजी साझेदारी र भायबिलिटी ग्याप फण्डिङको व्यवस्था,निर्माण व्यवसायीलाई चालूपूँजी व्यवस्थापनमा सहयोग पुर्‍याउन रिटेन्सन मनी बापतको ५० प्रतिशत रकम बराबरको बैंक ग्यारेण्टी राखीफिर्ता लिन पाउने व्यवस्था पनि सकारात्मक रहेको उसले बताएको छ ।  स्टार्टअपव्यवसायलाई कारोबार शुरु गरेको मितिले पाँच वर्षसम्म लाग्ने आयकरमा शतप्रतिशत छूट दिने व्यवस्था, निजी क्षेत्रकाउद्योग प्रतिष्ठानले बढीमा पाँचवटा स्टार्टअप व्यवसायलाई प्रतिव्यवसाय १ लाखसम्मको बीउपूँजी उपलब्ध गराएमा सो रकम करयोग्यआय गणना गर्दा कट्टीगर्न पाउने व्यवस्था र परियोजना धितो राखी एक प्रतिशत ब्याजदरमा २५ लाख रूपैयाँसम्म बीउपूँजी कर्जा उपलब्ध गराउने घोषणा बजेटबाट गरिएको भन्दै परिसंघले यस्तो व्यवस्था सकारात्मक भएतापनि पूँजी ५ करोड रूपैयाँको हुनु पर्नेमा पर्याप्त पूँजीको व्यवस्था भने नभएको परिसंघले बताएको छ ।  परिसंघले कोभिड– १९ प्रभावित बजेटमा उल्लेख गरिएका व्यवसायहरूलाई आगामीआर्थिक वर्षमा तिर्नुपर्ने नविकरण र इजाजत दस्तुर हटाउने घोषणा, होटल तथापर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योग सरहको सुविधा उपलब्ध गराइने घोषणा, यस्ता उद्योगको आयकर १ प्रतिशत र नोक्सानी सार्न मिल्ने अवधि १० वर्ष बनाई ट्राभल र ट्रेकिङको प्याकेजमा मूल्य अभिवृद्धि कर हटाउने निर्णय सकारात्मक रहेको बताएको छ । त्यसैगरी उसले पुनर्कर्जा सुविधाउपयोग गर्न पाउने व्यवसायको क्षेत्र र रकमको सीमा विस्तार गर्ने घोषणा सकारात्मक भएता पनि यसलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सबै किसिमका उद्योगले पुनर्कर्जा सुविधा उपयोग गर्ने वातावरण बनाउन आवश्यक भएको ठहर गरेको छ । कोभिड–१९ ले आर्थिक संकटमा परेका घरेलु, साना तथा मझौला उद्योगलाई बजेटले खासै सम्बोधन गर्न नसकेको भन्दै परिसंघले यस्ता उद्योगहरुलाई प्रत्यक्ष राहत पुग्ने गरी मौद्रिक नीतिले सम्बोधन गर्नु आवश्यक रहेको बताएको छ । सरकारले काठमाडौं उपत्यकामा सञ्चालमा रहेका उद्योगलाई स्थानान्तरण गरी काठमाडौंलाई स्वच्छ बनाउने योजना अघि बढाएको  तथा यो घोषणासँगै उद्योगलाई दिने सुविधासमेत बजेटबाट घोषणा भएकोमा उद्योगीहरुले उद्योगमा गरेको लगानी सुनिश्चितता नहुने देखिएकोले सरकार र उद्योगीबीच थप छलफल र गृहकार्यपछि मात्र स्वच्छिकरुपमा उद्योग स्थानान्तरण गर्न प्रोत्साहन गर्न आवश्यक रहेको पनि उसले बताएको छ । परिसंघले उठाउदै आएको माग डिजेल र एलपी ग्यासको खरीदमा तिरेको मूल्य अभिवृद्धि कर कट्टीगर्न पाउने व्यवस्था बजेटमार्फत घोषणा भएको भन्दै ढुवानी सेवा, ढुवानी साधनको भाडा, कार्गो सेवा, ई–लाइब्रेरी सेवा, निक्षेप सुरक्षण शुल्क, ट्रेकिङ तथा टुर प्याकेजको सेवा शुल्कमा मूल्य अभिवृद्धि कर छूट दिने घोषणा सकारात्मक रहेको उल्लेख गरेको छ । उसले वातावरणमैत्री यातायातका साधनको प्रयोगलाई बढावा दिन विद्युतीय सवारी साधनको आयातमा अन्तःशुल्क खारेज गरी भन्सार महसुल घटाउनर इन्डक्सन चुल्हो, रेफ्रिजेरेटर, ग्राइन्डर, राइसकुकर जस्ता विद्युतीय उपकरणमा अन्तःशुल्क हटाउने आफ्नो मागलाई बजेटमार्फत सम्बोधन हुनु सकारात्मक पक्ष भएको पनि उसले बताएको छ । यसैगरी उसले कृषिको व्यवसायिकरण, उत्पादनमा आधारित प्रोत्साहन अनुदान र रोजगारी वृद्धि गर्न व्यवसायिक कृषि आयमा लाग्ने करमा ५० प्रतिशत छूट दिने व्यवस्था सकारात्मक रहेको भनेको छ । यसैगरि उसले तोकिएको स्वास्थ्य संस्थालाई उपलब्ध गराएको कोभिड– १९ को उपचारसँग सम्बन्धित स्वास्थ्य उपकरण तथा सामग्रीमा भएको खर्च आयकर गणना प्रयोजनका लागि कट्टीगर्न दिने व्यवस्था भएता पनि औद्योगिक व्यवसाय ऐनले अनिवार्य गरेको तथा कर छूट पाउने भनि तोकिएको सामाजिक जिम्मेवारी बहन गरेको सम्पूर्ण रकममा कर छूट गर्न माग गरेको छ ।  पाँच वर्षकालागि आयात–निर्यात अनुमति नवीकरण हुने घोषणार कर प्रणाली पुनरावलोकन उच्चस्तरीय आयोग गठन गरिने घोषणा बजेटको सकारात्मक पक्ष रहेको भन्दै उसले  विदेशी मुद्रा आर्जन हुने सम्पूर्ण निर्यातमा नगद अनुदान दिने विषय परिसंघले उठाउदै आएकोमा जुत्ता तथा सिमेन्ट थप भएको छ भने अन्यमा बजेट मौन रहेको उल्लेख गरेको छ ।  निर्यातकालागि मूल्य अभिवृद्धिको न्यूनतम मापदण्ड पुरा गरेका वस्तुको निर्यातमा भारतसहित तेस्रो मुलुकमा हुने सम्पूर्ण वस्तुको निर्यातमा मूल्य अभिवृद्धिका आधारमा नगद अनुदानको व्यवस्था गर्न परिसंघले माग गरेको छ । अन्तःशुल्क लाग्ने बस्तुमा प्लास्टिकजन्य वस्तुको संख्या वृद्धि भएको भन्दै परिसंघले मदिरामा बढेको अन्तःशुल्कले चोरी पैठारीमा बल पुग्ने र स्वदेशी उद्योग धरासायी हुने जोखिम बढेको बताएको छ । परिसंघले कोभिड–१९ को संकट बीच मुद्रास्फितीलाई वान्छित सीमामा राख्दै ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नु चुनौतिपूर्ण हुने बताएको छ ।

सिमानामा सीसीटीभीबाट निगरानी

सशस्त्र प्रहरीले नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय सिमानामा सीसीटीभी क्यामरा जडान गरी निगरानी बढाउने महत्वाकाङ्क्षी योजनासहित भाबी कार्ययोजना सार्वजनिक गरेको छ। २०५८ सालमा स्थापना भएको सशस्त्र प्रहरी बललाई सीमा सुरक्षा, आतङ्कवादी क्रियाकलाप नियन्त्रण, ऐतिहासिक तथा महत्वपूर्ण संरचना र राजस्व कार्यालय सुरक्षालगायत विभिन्न १२ वटा जिम्मेवारी तोकिएको छ। सशस्त्र प्रहरीले यसै हप्ता प्रतिआतङ्कवाद एकाइ गठन गरी झापा, बारा, दाङ, बर्दिया र दार्चुलालगायतका जिल्लामा थप २१ वटा सीमा सुरक्षा बल (बीओपी) स्थापना गरेको छ। योसँगै बीओपीको सङ्ख्या २४९ पुगेको छ। सशस्त्र प्रहरी मुख्यालय हलचोकमा सोमबार पत्रकार सम्मेलन गरी सशस्त्रले सीमा सुरक्षा र विपत् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने घोषणा गरेको हो।

किमले पूर्व प्रेमिकालाई दिए महत्वपूर्ण जिम्मेवारी

परमाणु हतियारसम्बन्धी अमेरिकासँगै दिनहुँ विवाद बढ्दै जाँदा उत्तर कोरियाली नेता किम जोन उनले आफ्नो मजदूर पार्टीमा नयाँ व्यक्तिहरूलाई महत्वपूर्ण जिम्मेवारीको घोषणा गरेका छन्।