युनिक नेपाल लघुवित्त वित्तीय संस्था सम्मानित

बाँकेको कोहलपुर स्थित युनिक नेपाल लघुवित्त वित्तीय संस्था ग्राहक सदस्य सुरक्षणमा अब्बल संस्थाको रुपमा सुचिकृत भएको छ ।स्मार्ट क्याम्पियनले निर्धारण गरेका ग्राहक सुरक्षणका सात सिद्धान्त र १९२ मानकहरु यस वित्तीय संस्थाले पूर्णरुपमा पालना गरेको भनी स्मार्ट सर्टिफिकेट (प्रमाणपत्र) बाट सम्मानित भएको हो । यसबाट युनिक नेपाल लघुवित्त वित्तीय संस्था अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पूरा गरेका विश्वका […]

सम्बन्धित सामग्री

युनिक लघुवित्तका शाखा व्यवस्थापकलाई क्षमता विकास तालिम

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा व्यवस्थापकलाई एकदिने क्षमता विकास तालिम दिएको छ । संस्थाले कोहलपुरमा आयोजना गरेको तालिममा समसामयिक विषयवस्तु, एनपिएल र जोखिम कर्जा असुलीका रणनीतिक उपाय तथा विधि, वित्तीय...

जेठ ११ गतेदेखि एफपीओ निष्कासन गर्दै युनिक नेपाल लघुवित्त

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) विक्री खुला गर्दै छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । साविक युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्थासँग मर्ज भई बनेको यस कम्पनीमा संस्थापकतर्फ ९४ दशमलव शून्य १ प्रतिशत र सर्वसाधारणतर्फ ५ दशमलव ९९ प्रतिशत शेयर स्वामित्व रहेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिनेका लागि अन्तिम स्वीकृतिपत्र प्रदान गर्दा दिएको निर्देशनबमोजिम कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो ।  कम्पनीको एफपीओ विक्री अवधि जेठ १६ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा जेठ २५ गतेसम्म विक्री समय लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूणर् कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । एफपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ ।  हाल कम्पनीको चुक्तापूँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ रहेको छ । एफपीओ बाँडफाँटपश्चात् लघुवित्तको चुक्तापूँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । एफपीओपछि कम्पनीको संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत स्वामित्व कायम हुनेछ । गत आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरणअनुसार ७ करोड ६७ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ३२१ दशमलव २३ रहेको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनी ५ करोड ९८ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

एफपीओ निष्कासन गर्न लागेको युनिक नेपाल लघुवित्त रू. ५ करोड ९८ लाख नोक्सानीमा

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनी चालू आवको तेस्रो त्रैमाससम्म  रू. ५ करोड ९८ लाख नोक्सानीमा छ । गत आवको तेस्रो त्रैमाससम्म भने कम्पनी रू. ७ करोड २७ लाख नाफामा थियो ।  चालू आवमा कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थामा धेरै रकम छुट्याउँदा नोक्सानीमा गएको हो । गत आवमा कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थामा रू. ७ करोड ७५ लाख छुट्याएकोमा चालू आवमा रू. १८ करोड ६० लाख छुट्याएको छ । त्यस्तै गरी कम्पनीको खुद ब्याज आम्दानी पनि  गत आवको तुलनामा चालू आवमा १९ प्रतिशत घटेको छ । गत आवमा रू. २० करोड ६२ लाख खुद ब्याज आम्दानी गरेको कम्पनीले चालू आवमा रू. १६ करोड ६४ लाख मात्र कमाएको हो ।  त्यस्तै गत आवमा ३ दशमलव ९३ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा चालू आवमा १० दशमलव २९ प्रतिशत पुगेको छ । चुक्तापूँजी रू. ११ करोड ६ लाख रहेको कम्पनीले जगेडामा रू. १७ करोड ७० लाख सञ्चित गरेको छ । कम्पनी नोक्सानी रहेसँगै प्रतिशेयर आम्दानी ५७ रुपैयाँ ५३ पैसा ऋणात्मक छ । त्यस्तै तरलता अनुपात १० दशमलव शून्य ६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ३३४ दशमलव १८ रहेको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट थप सार्वजनिक निष्कासन (एफपीओ) का लागि स्वीकृति पाएको छ ।  स्वीकृति पाएसँगै कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्नेछ । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

युनिक नेपाल र घोडीघोडाको एकीकृत कारोबार सुरु

युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्च भएपछि आजदेखि एकीकृत कारोबार सुरु गरेका छन्। शुक्रबार कोहलपुरमा सम्पन्न भएको एकीकृत कारोबार घोषणा कार्यक्रममा दुवै वित्तीय संस्थाका अध्यक्षद्वय...

मर्जरपछि युनिक नेपाल र घोडीघोडा लघुवित्तको एकिकृत कारोबार मिति तय

युनिक नेपाल लघुवित्तले घोडीघोडा लघुवित्तलाई मर्जर गरे पश्चात पुस गते ३० शुक्रबारबाट एकिकृत कारोबार शुभारम्भ गर्ने भएको छ । युनिक नेपाल लघुवित्तको नामबाट एकिकृत कारोबार हुन लागेको हो। बाँके जिल्ला, कोहलपुर नगरपालिका, वडा नं. ११ न्युरोडमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले  कञ्चनपुर जिल्ला श्रीपुर बेलौरी नगरपालिका वडा नं. ४. बेलौरी मा केन्द्रीय कार्यालयरहेको घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्ज गरेको हो । युनिक नेपालको असोज ८ गतेको र घोडीघोडाको असोज १६ गतेको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेका थिए ।  नेपाल राष्ट्र बैंकले असोज २९ गते मर्जरको लागि अन्तिम स्वीकृत  प्रदान गरेको थियो।  त्यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले पुस २० गतेको पत्रबाट मर्जर हुने संस्था घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित खायित्वहरु प्राप्त गर्ने संस्था युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको लेखाङ्कन हिसावमा समायोजन गर्नु पर्ने गरी स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ ।  मर्जर पश्चात बन्ने युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय साविककै कोहलपुर नगरपालिका, वडा नं. ११ न्युरोड, बाँकेमा नै रहने छ । कारोबार शुभारम्भ हुने उल्लेखित दिनमा दुबै वित्तीय संस्थाका सम्पूर्ण कार्यालयहरुमा कार्य सञ्चालन बन्द हुने कम्पनीले जनाएको छ।

युनिक नेपाल लघुवित्तको तेस्रो वार्षिक साधारण सभा पुस १० गते

पुस २, काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा पुस १० गते गर्ने भएको छ । सभा बिहान १०:४५ बजे कोहलपुर न.पा. वडा नं ११ क्याक्स, होटल, बाँकेमा हुने कम्पनीले जानकारी गराएको हो । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

युनिक नेपालको साधारण सभा रोकियो

काठमाडौं, २४ बैशाख । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ गतेका लागि तय गरिएको साधारण सभा स्थगित भएको छ । कम्पनीले आज एक सुचना जारी गर्दै पहिलो विशेष सभा अध्यक्ष र कार्यकारी निर्देशक दुबैजना अस्वस्थ्य भएकोले पुर्वनिर्धारित विषयवस्तु यथावत रहने गरी सभा जेठ ४ गतेको लागि सारिएको जनाएको छ । अन्य वित्तीय सस्थासँग मर्जर […]

युनिक नेपाल लघुवित्तको निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका २७०००० कित्ता साधारण सेयर निष्काशन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।सो सेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका तर्फबाट कार्यकारी निर्देशक डा. गोपाल दहित र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले […]

युनिक नेपाल लघुवित्तको निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गर्न लागेको साधारण सेयरका लागि मुक्तिनाथ क्यापिटल